gufgaf

कपिलको सफलतासँगै आएका उतारचढाव

2019/04/03   गफगाफ
   

गफगाफ - भारतीय कमेडियन कपिल शर्माको नाम भारतमा मात्रै नभयर नेपालमा पनि उत्तिकै लोकप्रिय छ । नेपालमा पनि बालक देखि बृद्धासम्म उनका फ्यानहरु छन् । आफ्नो कमेडीबाट सबैलाई  प्रभावित बनाएका कपिलले २ मार्चमा ३७ औँ जन्मदिन मनाएका छन् ।

२ अप्रिल १९८२ मा अमृतसर पंजाबमा जन्मेका कपिललाई भारतीय टेलिभिजनको दुनियामा कमेडीका बादशाह  नै भनिन्छ । सफल कमेडीयनको रुपमा स्थापित भएका कपिलको जीवनमा विभिन्न उतारचढावहरु ऋाए कहिले उनको जीवनमा खुशीको पल आयो त कहिले विवादले तनाव दियो । आज हामी उनीसँग जोेडीएइका केही किस्साहरु यहाँ जोड्दैछौँ ।

जितको पैसाले बहिनीको विहे
कपिलको वास्तविक नाम शमशेर सिंह हो । उनले २०१२ मा लाफ्टर च्यालेन्ज सिजन ३ जितेर कमेडियनको यात्रा तय गरेका  थिए । करिअरको शुरुवातमा कपिललाई जब लाफ्टर च्यालेन्ज ३ मा अमृतसरले रिजेक्ट गरिदियो त्यसपछि उनी  दिल्ली गएर अडिशन दिएका थिए जसमा उनी सेलेक्ट भए र विजेता पनि बने । लाफ्टर च्यालेन्ज ३ जितेपछि उनले १० लाख नगद पुरस्कार पाएका थिए । कपिलले यो पैसा आफ्नो बहिनीको विवाहमा खर्चेका थिए । हिन्दी शोसँगै उनले केही पंजाबी शोहरुमा पनि काम गरेका छन् । कपिलले कुल ९ वटा लाफ्टर शोहरु जितेका छन् ।

आफ्नै नामले शो हिट
कपिल त्यस्ता व्यक्तिहरुम पर्छन् जसको शो उनकै नामले चर्चित भएको छ । कमेडी नाईट्स विद कपिल सञ्चालन गरेर चर्चा पाएका उनले त्यसपछि द कपिल शर्मा शो नाम राखे जसबाट कपिलको नामले नै शो शिट भयो । कपिलको शो हिट भएसँगै उनको नाम कार्यक्रमकै क्रियटिभ डिरेक्टर प्रिती सिमोनसँग जोडीयो । तर कपिलले विवाह भने आफ्नो प्रेमीका गिन्नी सँग गरे ।

दुर्व्यवहारको आरोप
एक मराठी अवार्ड फंशनमा मदिराले लठ्ठ कपिल शर्माले गायिका मोनाली ठाकुर र अभिनेत्री  तनिषा मुखर्जीमाथि दुर्व्यवहार गरेको आरोप लागेको थियो । यो कुरालाई कपिलले स्विकारेर माफी पनि मागेनन् र हैन पनि भन्न सकेनन् । यस्तै द कपिल शर्मा शो सिजन १ को समयमा उनले आफ्नै टिमका कलाकारहरुसँग पनि झगडा गरेका थिए । कलाकार सुनिल ग्रोभरमाथि त उनले हात पातनै गरेको कुरा सार्वजनिक भएको थियो । यो काण्डपछि नै कपिलको शोको क्रेज विस्तारै सेलाउँदै गयो । द कपिल शर्मा शो फ्ल्प भएपछि कपिल केही समय डिप्रेशनमा नै पुगे । तर बिस्तारै उनी ठिक भए र सिजन २ शुरु गरे । अहिले सिजन २ लाई पनि दर्शकले मन पराएका छन् ।

आफ्नो छविमा आफै दाग
कपिलको बानीले उनले कलाकारिता मार्पmत बनाएको छविमा पटक पटक दाग लागेको छ ।कपिलले बिएमसीका कार्यकर्तालाई भ्रष्टाचारको  आरोप  लगाउँदै प्रधानमन्त्री मोदीलाई ट्विटरमा ट्याग गरेका  थिए ।  त्यसपछि उनको ओशीवाडा अफिसमा भएको अवैध निर्माणको खुलासा भएको थियो । तर कपिलले भने विल्डीङको निर्माण स्किृती लिएरै गरको दाबी गरेका थिए ।

फोब्र्समा बनाए स्थान
सन् २०१३ मा कपिलले सिएनएन आईबिएन  ईण्डियन अफ द ईअरको अवार्ड जिते ।  यस श्रेणीको लागि दीपिका पादुकोण, शाहरुख खान, फरहान अख्तर जस्ता कलाकारहरु पनि नोमिनेट भएका थिए । तर अवार्ड भने कपिलले पाए । आफ्नो कमिक टाईमिङ र अन्दाजका कारण  कपिलको शो निकै नै चर्चित भयो । सफलतासँगै कपिल फोब्र्समा सबैभन्दा धनी  भारतीय टेलिभिजन सेलिब्रेटी २०१७ को सूचिमा परेका थिए ।  यस सूचिमा उनी १७ नम्बरमा थिए ।


ताजा समाचार
गौरवको ‘पसिना’ को ट्रेलर सार्वजनिक

गफगाफ - चलचित्र ‘पसिना’ को ट्रेलर सार्वजनिक गरिएको छ
पुरा पढ्नुहोस

फ्लाइङ्गमा रोमान्टिक सलिन र मलिका

गफगाफ - चैत्र २९ बाट प्रदर्शनरत फिल्म ‘यात्राः अ म्युजिकल भ्लग’
पुरा पढ्नुहोस

मुन्द्रेलाई मनपर्ने ५ गीत

गफगाफ - कलाकार जीतु नेपाल अहिले मुन्द्रेको कमेडी क्लब का
पुरा पढ्नुहोस

राष्ट्रिय साधना म्यूजिक अवार्ड २०७६ का लागि आवेदन खुल्ला

गफगाफ - सामना म्यूजिक क्रियसन प्रालीको आयोजनामा राष्ट्
पुरा पढ्नुहोस

नेपाली चलचित्रका लागि चैत्र महिना

गफगाफ - गत चैत्र महिनामा प्रदर्शनमा आएका नेपाली चलचित्
पुरा पढ्नुहोस