gufgaf

राजेश हमालको बच्चा कहिले हुन्छ भनेर प्रश्न धरै आउछ—हरिहर

2019/04/03   गफगाफ
   

गफगाफ- ज्योतिषबाट परिचय कमाएका हरिहर अधिकारीले सिनेमा शुभलभ सँगै अभिनय यात्रा शुरु गरेका छन् । अधिकारी अभिनित सिनेमा चैत १५ गते शुक्रवारबाट प्रदर्शनमा आएको छ । यसै सिनेमा बाट नव अभिनेत्री क्रिष्टिन पौडेलले पनि सिनेमा नगरीमा डेव्यु गरेकी छन् । ज्योतिष र माँयाप्रेम को कथामा बनेको सिनेमाको ब्यापार औसत छ । यसै सेरोफेरोमा रहेर हामीले हरिहर अधिकारी सँग रमाइलो गफगाफ गरेका छौ

तपाईले क्रिश्टिनलाई गर्ने माया कस्तो किसिमको माया हो ?
यो सिनेमामा गर्ने माया हो ।

सिनेमा गर्दा गर्दै माया प्रेम आफै बस्छ होला ?
सिनेमामा काम गर्दा माया प्रेम बस्छ होला । तर हाम्रो चाहिँ बसेको छैन (हासोँ)

राजेश हमालको विवाह तपाईले गर्दा भयो भन्ने सनसनी खबर आयो अब केही छ त्यस्तो सनसनी खबर ?
(हासोँ) अहिले त त्यस्तो केही छैन । तर राजेश हमालको  बच्चा कहिले हुन्छ भन्ने प्रश्न आउँछ धेरै । यो प्रश्नमा म उहाँहरुले जहिले बच्चाको बारेमा सोच राख्नुहुन्छ त्यहीले भन्दिछु । यत्ति हो वहाँले चाहनु भयो भने मैले बच्चा जन्माउने राम्रो समय भने बताउन सक्छु ।

क्रिश्टिनको चाहि अहिलेसम्म के के हेरी दिनुभयो ?
उसको विवाह कहिले हुन्छ भनेर हेरिदिएको छु । (हासोँ) उसको विवाह चार पाँच वर्ष पछि हुन्छ ।

क्रिश्टिनको चलचित्र क्षेत्रमा भविष्य कस्तो छ ?
त्यो पनि राम्रो छ । चलचित्रमा लाग्नुप¥यो राम्रो हुन्छ । पढाई अहिलेको समयमा ठिकठाक छ । पढाई सिध्याउनु भयो भने  अझै राम्रो हन्छ ।

तपाईलाई चलचित्रमा आफ्नो मुुुख हेर्न मन लागेन भन्ने सुनेको थिएँ किन ?
हो (हासोँ) खै मलाई आफुलाई ठुलो पर्दामा हेर्न बितिक्कै कस्तो अनौठो लाग्यो । अलि कालो बनाई दिएछ तराई तिरको जस्तो  (लामो हासोँ) तर राम्रै हो उताको मान्छेहरुले पनि मलाई निकै माया गर्नुहुन्छ । अरु चिज ठिकै लाग्यो ।

नृत्य गर्दा कस्तो लाग्यो ?
रमाईलो महसुस भयो । मैले नाचिरहेको समयमा एक जनाले मलाई आश्चर्य भएर ओहो ! गुरु त नाच्न लाग्नु भएछ भन्नुभएको थियो । अनि चिना हर्नै प¥यो हतार छ भन्नुभयो । पछि हामी बसेको होटेलमा बसेर हेरेको थिएँ । 
चिना हेर्न काम सजिलो कि नृत्य गर्न ?
दुवै गाह्रो हुने रहेछ । चिना हेर्दा मान्छेको जिवनको बारेमा हेर्न प¥यो । केही गलत भयो भने उहाँहरुले त्यही पालना गर्नुहुन्छ । अनि नृत्यमा पनि एकदमै गाह्रो हुन्छ समय पनि धेरै लाग्दो रहेछ ।
 


ताजा समाचार
सर के लिनुहुन्छ...???

मुन्द्रे र उस्को बुबा एउटा होटलमा गएछन् 

वेटरःसर के लिनुहुन्छ...???


पुरा पढ्नुहोस

अँ भनन् बुढि के भन्न लाग्यौ ??

राजेन्द्र घरमा बसिरहेको थियो त्यतिकैमा त्याहाँ उस्को श्रीमति आएर...

श्
पुरा पढ्नुहोस

रङ्गशाला निर्माण सम्बन्धमा धुर्मुस सुन्तलीको अपिल : जस्ताको त्यस्तै

गफगाफ - सिताराम कट्टेल ‘धुर्मुस’ ले ‘गौतम बु
पुरा पढ्नुहोस

जहाँ सौगात त्यहि सृष्टि ?

गफगाफ - अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठ प्
पुरा पढ्नुहोस

‘हिरो नं वान’ छायांकनमा

गफगाफ - कलाकार तथा निर्देशक जय किशन बस्नेतले निर्माण गर
पुरा पढ्नुहोस