gufgaf

पाँडे भन्छन् भद्रगोलको यूट्यूव भ्यूज चोरी भयो 

2019/04/04   गफगाफ
   

गफगाफ-  भद्रगोल टिमले आफ्नो यूट्यूव भ्यूज चोरी हुन थालेको बताएको छ । भद्रगोलका हरेकजसो एपिसोड यूट्यूवमा १ नम्बर ट्रेन्डिङमा आउने गरेका थिए । तर पछिल्ला केहि एपिसोड भने ट्रेन्डिङ १ मा आएका छैनन् । हरेक एपिसोडको भ्यूज घट्ने गरेको थाहा पाए पछि प्राविधिकहरुसँग यसका विषयमा सल्लाह लिदा भ्यूज चोरी भएको प्रमार्णित भएको भद्रगोलका निर्देशक तथा कलाकार अर्जुन घिमिरे पाँड ले बताए ।

यसै हप्ताको एपिसोडको भ्यूज आधा घन्टा अगाडि नौ लाख भन्दा माथी थियो तर आधाघन्टा पछि घटेर ७ लाख भयो । त्यस भन्दा अगाडिको एपिसोड पनि सुरुमा हेर्दा १४ लाख भ्यूज थियो पछि हेर्दा १४ लाख बाट घटेर ११ लाखमा झरेको थियो । त्यसैले भ्यूज घटेको विषयमा हामीले केहि प्राविधिकहरुसँग सल्लाह गरिउ । सल्लाह गर्दा उनिहरुले भ्यूज चोरि भएको हुन सक्ने बताए । यस्तो समस्या देखा परेको विषयमा हामीले यूट्यूवको अफिसियल कार्यलयमा पनि सम्पर्क गरेको तर त्यस विषयमा कुनै प्रतिकृया नआएको पाँडेले बताए ।

भ्यूज घटेपछि ट्रेन्डिङमा समेत असर गरेको उनले बताए ।  पाँडे भन्छन् हाम्रो ‘भ्यूज पक्का चोरी भएको छ, तर कसले चोरेको हो भन्ने यकिन गर्न सक्ने अवस्था छ्रैन । यस बिषयमा हामी अनुसन्धान गरिरहेका छौ ।  नेपाल टेलिभिजनबाट हरेक शुक्रबार प्रशारण हुने हास्य टेलिश्रृंखला ‘भद्रगोल’ निकै लोकप्रिय बन्दै गएको छ । विषेश टेलिश्रृंखलामा पात्रको चरित्रका कारण पनि दर्शकको रोजाइमा पर्ने गरेको छ । मिडिया हवको अफिसियल यूट्यूव च्यानलमा आउने भद्रगोलको हरेक एपिसोड ट्रेन्डिङ १ मा आउने गरेको छ । 


ताजा समाचार
गौरवको ‘पसिना’ को ट्रेलर सार्वजनिक

गफगाफ - चलचित्र ‘पसिना’ को ट्रेलर सार्वजनिक गरिएको छ
पुरा पढ्नुहोस

फ्लाइङ्गमा रोमान्टिक सलिन र मलिका

गफगाफ - चैत्र २९ बाट प्रदर्शनरत फिल्म ‘यात्राः अ म्युजिकल भ्लग’
पुरा पढ्नुहोस

मुन्द्रेलाई मनपर्ने ५ गीत

गफगाफ - कलाकार जीतु नेपाल अहिले मुन्द्रेको कमेडी क्लब का
पुरा पढ्नुहोस

राष्ट्रिय साधना म्यूजिक अवार्ड २०७६ का लागि आवेदन खुल्ला

गफगाफ - सामना म्यूजिक क्रियसन प्रालीको आयोजनामा राष्ट्
पुरा पढ्नुहोस

नेपाली चलचित्रका लागि चैत्र महिना

गफगाफ - गत चैत्र महिनामा प्रदर्शनमा आएका नेपाली चलचित्
पुरा पढ्नुहोस