gufgaf

आलिया र रणबिरको गोप्य इन्गेजमेन्ट ?

2019/04/05   गफगाफ
   

गफगाफ -  बलिउड अभिनेता रणबिर कपूर र आलिया भट्टले गुपचुप रुपमा इन्गेजमेन्ट गरेको खबर यतिबेला चर्चामा छ । साथै आलिया र रणबिरले भारतमा नभइ स्वीट्जरल्याण्डमा इन्गेजमेन्ट गरेको बताइएको छ । रणबिर कपूरले आलियाका अगाडि घुँडा टेक्दै स्वीटजरल्याण्डको सेन्ट मोरिसमा प्रपोज गरेका चर्चा यतिबेला भइरहेको छ । 

रणबिर कपूरले हालै आयोजित एक अवार्ड शो मा आलियाका अगाडि घुँडा टेक्दै आफ्नो माया दर्शाएका थिए । भारतीय सञ्चारमाध्यमका अनुसार रणबिरले स्वीट्जरल्याण्डमा पनि त्यसरी नै घुँडा टेक्दै आलियालाई प्रपोज गरेको बताइएको छ । आलिया र रणबिरले आफ्ना नजिकका साथीहरुलाई इन्गेजमेन्ट पछि  भव्य पार्टी पनि आयोजना गरेको पनि चर्चा रहेको छ ।  

यस विषयमा आलिया र रणबिर वा उनीहरुका परिवारको तर्फबाट कुनै पनि बयान आएको छैन । तर रणबिरका बुवा ऋषि कपूर छिट्टै नै स्वास्थ्य उपचार पूरा गरेर अमेरिकाबाट भारत फर्कने तयारीमा छन् । ऋषि कपूर भारत फर्किएपछि आलिया र रणबिरको विवाह हुने चर्चा पनि  रहेको छ । 

आलिया र रणबिर पनि एकअर्काको प्रेममा रहेको कुरा सार्वजनिक रुपमै ब्यक्त गरिरहेका छन् । पछिल्लो समयमा कसैको प्रवाह नगरी सार्वजनिक रुपमै एकअर्कासँग हातमा हात राख्दै कार्यक्रममा उपस्थित हुनेदेखि लिएर स्टेजमा रोमान्टिक डान्स गर्दै रणबिर र आलियाले आफ्नो प्रेम दुनियाको अगाडि दर्शाइरहेका छन् ।  यस कुराबाट पनि अब उनीहरु छिट्टै नै विवाहको तयारीमा रहेको चर्चा भइरहेको छ ।


ताजा समाचार
गौरवको ‘पसिना’ को ट्रेलर सार्वजनिक

गफगाफ - चलचित्र ‘पसिना’ को ट्रेलर सार्वजनिक गरिएको छ
पुरा पढ्नुहोस

फ्लाइङ्गमा रोमान्टिक सलिन र मलिका

गफगाफ - चैत्र २९ बाट प्रदर्शनरत फिल्म ‘यात्राः अ म्युजिकल भ्लग’
पुरा पढ्नुहोस

मुन्द्रेलाई मनपर्ने ५ गीत

गफगाफ - कलाकार जीतु नेपाल अहिले मुन्द्रेको कमेडी क्लब का
पुरा पढ्नुहोस

राष्ट्रिय साधना म्यूजिक अवार्ड २०७६ का लागि आवेदन खुल्ला

गफगाफ - सामना म्यूजिक क्रियसन प्रालीको आयोजनामा राष्ट्
पुरा पढ्नुहोस

नेपाली चलचित्रका लागि चैत्र महिना

गफगाफ - गत चैत्र महिनामा प्रदर्शनमा आएका नेपाली चलचित्
पुरा पढ्नुहोस