gufgaf

२६ औँ जन्मदिनमा वर्षा सिवाकोटीको शुभ काम

2019/04/07   गफगाफ
   

गफगाफ- अभिनेत्री वर्षा सिवाकोटी आज देखि २६ वर्षमा प्रवेश गरेकी छिन् । चैत्र २४ गते आफ्नो २६ औँ जन्मदिनको अवसरमा उनले बिहानै मन्दिर गएर पूजाआजा गर्दै त्यहाँ रहेका केही बृद्धाहरुलाई खाद्यान्न पनि विरतण गरेकी थिईन् । उनले सामाजिक सञ्जाल फेसबुकमा केही तस्बिरहरु सेयर गरेकी छिन् जसमा उनले गरेको शुभ काम देख्न सकिन्छ ।

प्राय जन्मदिनमा वर्षा केही शुभ काम गर्न रुचाउँछिन् । गत वर्षको जन्मदिनमा उनले धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गर्न लागेको अन्तरािष्ट्रय क्रिकेट स्टेडियमको लागि ५१ हजार सहयोग गरेकी थिईन् । यसपटक पनि उनले दिनको शुरुवात शुभकामबाटै गरेकी छिन् ।सिनेमा नाई नभन्नु ल २ मार्फत सिने नगरीमा पाईला टेकेकी वर्षा करियरमा भने अहिले पनि सफलताको खोजीमा छिन् । उनले काम गरेका सिनेमाको सङख्याले उनको चर्चा त भईरहन्छ । तर उनका सिनेमाले सफलताको स्वाद चाख्न भने पाएका छैनन् ।

वर्षाले नाई नभन्नु ल २ पछि पशुपति प्रसाद, लप्पन छप्पन, कारखाना, जय शम्भु, पुरानो बुलेट लगायतका सिनेमामा काम गरेकी छिन् । यी मध्ये सिनेमा पशुपति प्रसाद कारोबारमा सफल रहेको सिनेमा हो । तर सिनेमामा वर्षलाई शो पिसको रुपमा मात्रै राखिएको छ । कम सिनहरुमा उनी देखिएकी छिन् जसमा उनले एउटा पनि सम्वाद बोल्नु परेको छैन । त्यस पछि उनले मुख्य भूमिका निर्वाह गरेका अन्य सिनेमा कारोबारमा सफल रहन सकेनन् । आशा गरिएका सिनेमा मार्फत पनि सफलता नपाएकी वर्षालाई  आगामी सिनेमा वीर विक्रम २ बाट भने केही आशा छ । यस सिनेमाको प्रिक्वेल वीर विक्रम सफल भएका कारण पनि यो सिनेमाको कारोबार सुखद रहने अनुमान छ ।

यसका अलावा सिनेमामा अभिनेता पल शाहसँग उनको जोडी बाँधिएको छ जसलाई दर्शकले पनि रुचाएका छन् । यस कारण पनि सिनेमाको कारोबारलाई लिएर निर्माण पक्ष पनि आशावादी देखिएको छ । वर्षालाई जन्मदिनको शुभकामना दिँदै उनको आगामी सिनेमाको पनि सफलताको शुभकामना ।


ताजा समाचार
रुखो जिवन भनेको के हो ??

शिक्षकले कक्षामा मानविय जिवनको विषयमा पढाईराख्नु भएको थियो..त्यतिकैमा  पुरा पढ्नुहोस

म तिमीलाई माग्न तिम्रो घरमा कहिले आउँ..???

ग्रलफ्रेन्ड र बोईफ्रेन्ड डेटिङ्मा बसिरहेका थिए त्यतिकैमा..


बोईफ्र
पुरा पढ्नुहोस

गौरवको ‘पसिना’ को ट्रेलर सार्वजनिक

गफगाफ - चलचित्र ‘पसिना’ को ट्रेलर सार्वजनिक गरिएको छ
पुरा पढ्नुहोस

फ्लाइङ्गमा रोमान्टिक सलिन र मलिका

गफगाफ - चैत्र २९ बाट प्रदर्शनरत फिल्म ‘यात्राः अ म्युजिकल भ्लग’
पुरा पढ्नुहोस

मुन्द्रेलाई मनपर्ने ५ गीत

गफगाफ - कलाकार जीतु नेपाल अहिले मुन्द्रेको कमेडी क्लब का
पुरा पढ्नुहोस