gufgaf

राजु मास्टरसँग फन्नी गफ

2019/04/07   गफगाफ
   

गफगाफ- हास्य टेलिश्रृंखला मेरीबास्सै बाट दर्शकमाझ चिनिएका हास्य कलाकार हुन् राजु पौडेल । मेरी बास्सैबाटै राजु मास्टरको रुपमा स्थापित भएका राजु केहि दिन अघि मात्रै हास्य टेलिश्रिंखला मेरीबास्सैबाट अलग भए ।  मेरी बास्सैबाट अलग भएपछि उनी यतिबेला आफ्नै लगानीमा नयाँ हास्य टेलिश्रिंखलाको तयारीमा जुटेका छन् । उनै हाँस्य कलाकार राजु पौडेल उर्फ राजु मास्टरसँग हामीले फन्नी गफ गरेका छौँ ।

नेपालमा चलचित्र तथा टेलिचलचित्र नभएको भए के हुन्थ्यो ?
हामी जस्ता कलाकारहरुमा भएको प्रतिभा मरेर जान्थ्यो । हामी अरु कुनै व्यवसायमा व्यस्त हुन्थ्यौँ होला । अथवा विदेश गइन्थ्यो होला । अहिले जस्तो सबै दर्शकले नचिने पनि ससुरालीले चै मज्जाले चिन्थे किन की म उट्पट्याङ गर्न माहिर छु ।

दाल भात तरकारी अचार रुखमै फल्न थाल्यो भने ?
ओहो अचम्मै हुन्थ्यो होला, त्यसै त नेपाली अल्छि छन् झन दाल भात तरकारी रुखैमा फल्न थाल्यो भने त आफ्नो सबै काम छाडेर अली गतिलो धेरै फल्ने रुख समाएर बस्थे होलान् । 

टाउकोमा उम्रिने कपाल निधारमा उम्रिन थाल्यो भने ?
एउटा त मानिसले टाउकोमा टिका लगाउन थाल्थे होलान् । अनि अर्को चै मनिसहरु पुरानै ढुंगे युगमै फकिन्थे होलान् । अब बादरको कपाल अहिले पनि निधारमै त हुन्छ नी हैन र ?

बिवाह पछि केटाले केटिको थर राख्नु पर्ने व्यवस्था भयो भने ?
अहिले त केटिले नै पनि केटाहरुको थर राख्न छाडिसके, अब त्यस्तो व्यवस्था सुरु भयो भने बिहे गरेर केटिको घर केटा जाने सिस्टम पनि सुरु हुन्छ होला । त्यस्तो सिस्टम सुरु भए मलाइ चै आनन्दै हुन्थ्यो, हाँसो ।

 आखाबाट आशुको साटो सुनको डल्ला खस्न थाले भने ?
नेपालमा भएका सबै गरीब दुखीहरु प्नि धनी हुन्थे होला । घर झगडा पनि  हुदैन थियो किन भने घरमा बुढिले सुन किन्देउ भनेर कच कच गर्दैनथे । आवस्यक पर्यो कि बसेर रुन थाली हाल्थे होला अनि बिस्तारै सुन भन्दा फलाम महंगो हुन्थ्यो ।

बिहान सुतेर बेलुका उठ्ने सिस्टम सुरु भयो भने ?
अहिले पनि त बेगारीहरुको सिस्टम त्यहि त छ नि दिन भरी सुत्यो रात परे पछि भट्टि तिर लाग्यो । रेस्टुरेन्ट, बार कता छ त्येतै गयो बाउ बाजेको पैशामा मोज गर्यो । 

मानिसहरु उड्न थाले भने ?
त्यो त असम्भव नै छैन केहि समय पछि नउड्लान भन्न सकिदैन । पखेटाले त उड्न नसक्लान तर प्रबिधीले त्यो नहोला भन्न सकिन्न । तर, अब पखेटै पलाएर उड्न थाल्यो भने चराहरु चै हिड्न थाल्थे होलान् ।

मोवाइलमा फोन आउदा पनि पैशा काट्न थाल्यो भने ?
त्यस्तो भयो भने अत्यावश्यक फोन मात्र उठाइन्थ्यो होला । अनि पछि भेटेर फोन किन नउठाको भनेर सोधे  बिजी थे भनेर टारिन्थ्यो होला । जे होस बाहानाको विकास हुन्थ्यो ।

कसैको कुरा काट्दा बिल उठ्ने सिस्टम सुरु भयो भने ?
यदि यति मात्रै गर्न सक्यो भने नेपाल धेरै विकसित हुन्थ्यो । अहिले कुरा काटेर समय बर्बात गर्नेहरुको मुख टालिन्थ्यो अनि उनीहरु पनि केहि न केहि काम गर्न थाल्थे र नेपाल छिटै विकसित हुन्थ्यो ।

 काठमाण्डौमा ट्राफिक पुलिस नहुने हो भने ?
काठमाण्डौमा ट्राफिक पुलिस नै नहुने हो भने भेडा बाख्राको ताल हुन्थ्यो होला । जता ततै भताभुंग  । अनि हिड्ने बानीको चै मज्जाले बिकास हुन्थ्यो । 


ताजा समाचार
रुखो जिवन भनेको के हो ??

शिक्षकले कक्षामा मानविय जिवनको विषयमा पढाईराख्नु भएको थियो..त्यतिकैमा  पुरा पढ्नुहोस

म तिमीलाई माग्न तिम्रो घरमा कहिले आउँ..???

ग्रलफ्रेन्ड र बोईफ्रेन्ड डेटिङ्मा बसिरहेका थिए त्यतिकैमा..


बोईफ्र
पुरा पढ्नुहोस

गौरवको ‘पसिना’ को ट्रेलर सार्वजनिक

गफगाफ - चलचित्र ‘पसिना’ को ट्रेलर सार्वजनिक गरिएको छ
पुरा पढ्नुहोस

फ्लाइङ्गमा रोमान्टिक सलिन र मलिका

गफगाफ - चैत्र २९ बाट प्रदर्शनरत फिल्म ‘यात्राः अ म्युजिकल भ्लग’
पुरा पढ्नुहोस

मुन्द्रेलाई मनपर्ने ५ गीत

गफगाफ - कलाकार जीतु नेपाल अहिले मुन्द्रेको कमेडी क्लब का
पुरा पढ्नुहोस