Tuesday, 26 Oct
01:00:00

दीपक बिना दीपाको जन्मदिन, प्रियंकाको खास उपहार

2018/08/24   Tek

निर्देशक तथा कलाकार दीपाश्री निरौलाले बिहिबार ४४ औँ जन्मदिन मनाएकी छिन् । उनले ४४ औँ जन्मदिनको अवसरमा रेडियो अडियोले आयोजना गरेको विशेष कार्यक्रममा केक काटिन् ।  सिनेमा ‘छक्का पञ्जा ३’ को दोस्रो गीतको छायाकंनका लागि नवलपरासी पुगेकी दिन विहिबार नेपाल विज्ञापन एजेन्सीको आयोजनमा भएको कृत िअवाडृका लागि काठमाण्डौ आएकी थिईन् । यहि मेसोमा उनको जन्मदिन विशेष कार्यक्रमको आयोजना गरेको थियो रेडियो अडियोले । 


रेडियो अडियोको जन्मदिन विशेष कार्यक्रममा उनलाई शुभकामना दिनको लागि कलाकार जितु नेपाल, शिवहरि पौडेल, केदार घिमिरे, अभिनेत्री प्रियंका कार्की लगायतको उपस्थिती थियो । 


कार्यक्रममा अभिनेत्री प्रियंका कार्कीको दीपाश्री प्रति धेरै नै माया देखियो । प्रियंकाले दीपाको लागि एउटा केक आफै बोकेर आएकी थिईन् । 
प्रियंकाले ल्याएको केक खास थियो किनभने साकाहारी दीपाका लागि प्रियंकाले भेज केक ल्याएकी थिईन् ।


जन्मदिन विशेष कार्यक्रममा दीपालाई जन्मदिनको शुभकामना दिँदै जितु नेपालले दीपासँगको सहकार्यलाई सरसर्ती सम्झिए । कुरै कुरामा उनले दीपालाई आफूले नै बाईक चलाउन सिकाएको कुरा पनि सार्वजनिक गरे । यस्तै दीपासँगै कार्यक्रम गरेको पैसाले आफूले काठमाण्डौमा घडेरी जोडेको भन्दै उनले दीपासँगको आफ्नो सहकार्य सधैँ शुभ रहेको बताए । 


उता कलाकार शिवहरि पौडेल र केदार घिमिरेले पनि दीपालाई सफलताको शुभकामना दिए । केदारले दीपालाई शुभकामना दिने कुने शब्द नभएको बताए । 
विक्रम सावत २०४८ सालमा ‘अग्नीपथ’  टेलिफिल्मबाट कलाकारिताको आधिकारिक शुरुवात गरेकी दीपाले पहिलो सिरियलबाटै  बेस्ट डेब्यु अवार्ड पाएकी छिन् । त्यसपछि केही सिनेमामा काम गरेपछि दीपाले कलाकारितालाई रेडियो नाटक हुँदै तितो सत्यसम्म पुर्याईन् जसले उनलाई हाँस्यकलाकारको रुपमा स्थापित गराईदियो ।


दीपक बिना दीपाको जन्मदिन
दीपाको जन्मदिनमा उनका प्रिय मित्र दीपकराज गिरी भने उपस्थित थिएनन् । सिनेमा ‘छक्का पञ्जा ३’ को दोस्रो गीत छायाकंनको लागि नवलपरासीमा भएका कारण दीपक दीपाको जन्मदिनमा उपस्थित हुने नसकेका हुन् । तर उनले विहानै सामाजिक सञ्जालमार्फत शुभकामना दिएका थिए । यता दीपाले आफ्नो केकमा भएको तस्बिर देखाउँदै दीपक त्यहि तस्बिरको मुटुमा दीपक भएको बताईन् । 

 


ताजा समाचार

कस्लाई रोज्लान दर्शकले ?

गफगाफ - आउने शुक्रबार अर्थात चैत १५ पुरा पढ्नुहोस

सामाजिक सेवामा मिलन

गफगाफ - मिलन च्यारीटी फाउण्डेसनुले पुरा पढ्नुहोस

चलचित्र क्षत्रको अहित हुने काम गर्दिन — अध्यक्ष भट्टराई

गफगाफ - चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नि पुरा पढ्नुहोस

सिक्वेलको लहर

गफगाफ -  पछिल्लो समय नेपाली चलचित्र पुरा पढ्नुहोस

आईहाल्छ नि सर लास्टको आउँछ...भनौँ.सर..??

एकदिन कक्षामा सरले पढाईराख्नु भएको थियो त्यतीकैमा सरल पुरा पढ्नुहोस