gufgaf

वरुणकी फ्यानले दिईन् प्रेमिकालाई ज्यान मार्ने धम्की

2019/04/08   गफगाफ
   

गफगाफ- अभिनेता वरुण धवन लामो समय देखि नताशा दलालको प्रेममा छन् । उनीहरु  प्राय एकसाथ देखिन्छन् । उनीहरुको विवाहको प्रसंग पनि खुबै चर्चामा रहने गरेको छ । एकताका उनीहरु विवाह नगरी सँगै बस्न लागेको कुराले चर्चा पाएको थियो । अब भने उनीहरु केही समयममै विवाह गर्ने तयारीमा रहेको बुझिएको छ । वरुणको प्रेममा रमाईरहेकी नताशालाई हालै मात्र वरुणकी महिला फ्यानले  ज्यान मार्ने धम्की दिएकी छिन् । खासमा भएको के थियो भने वरुणलाई भेट्न उनको एकजना महिला फ्यान घरमै आईपुगिन् । तर सेक्युरिटी गार्डले वरुणले उनलाई भेट्न नसक्ने बताएपछि  उनले लफडा शुरु गर्न थालिन् ।

वरुणले आफूसँग भेट्न नभ्याउने कुरा थाहा पाउने बित्तिकै उनले रिसको झोकमा नताशालाई मार्ने धम्की दिएकी हुन् ।  जानकारी अनुसार उनी केही दिन देखि वरुणलाई भेट्न वरुणको घरको चक्कर लगाईरहेकी थिईन् ।  वरुणका सेक्युरिटी गार्डका अनुसार  यसरी वरुणसँग मिल्न फ्यानहरु आईरहन्छन् । तर यस पटक उक्त फिमेल फ्यानले भने सीमा पार गरेको बताए ।

झण्डै ४५ मिनेटसम्म उनले त्यहाँ लफडा गरेकी थिईन् । शुरुमा आफैलाई क्षति पुर्याउने धम्की दिईरहेकी उनले पछि नताशालाई मार्ने धम्की दिएको स्रोतले बताएको छ । उनले लामो समयसम्म लफडा गरेपछि सेक्युरिटी गार्डले पुलिसलाई बोलाउनु परेको थियो । यो मामिलाको बारेमा थाहा पाउनासाथ वरुणले पनि  सांताकु्रज पुलिस स्टेशनमा  उजुरी हालेका छन् ।


ताजा समाचार
गौरवको ‘पसिना’ को ट्रेलर सार्वजनिक

गफगाफ - चलचित्र ‘पसिना’ को ट्रेलर सार्वजनिक गरिएको छ
पुरा पढ्नुहोस

फ्लाइङ्गमा रोमान्टिक सलिन र मलिका

गफगाफ - चैत्र २९ बाट प्रदर्शनरत फिल्म ‘यात्राः अ म्युजिकल भ्लग’
पुरा पढ्नुहोस

मुन्द्रेलाई मनपर्ने ५ गीत

गफगाफ - कलाकार जीतु नेपाल अहिले मुन्द्रेको कमेडी क्लब का
पुरा पढ्नुहोस

राष्ट्रिय साधना म्यूजिक अवार्ड २०७६ का लागि आवेदन खुल्ला

गफगाफ - सामना म्यूजिक क्रियसन प्रालीको आयोजनामा राष्ट्
पुरा पढ्नुहोस

नेपाली चलचित्रका लागि चैत्र महिना

गफगाफ - गत चैत्र महिनामा प्रदर्शनमा आएका नेपाली चलचित्
पुरा पढ्नुहोस