gufgaf

मुन्द्रेको कमेडी क्लवमा यात्रा टिम

2019/04/08   गफगाफ
   

गफगाफ- आउँदो चैत्र २९ गते प्रदर्शन हुने फिल्म ‘‘यात्रा स् अ म्युजिकल भ्लग’ युनिटले आफ्नो प्रचारप्रसारको क्रममा ‘मुन्द्रेको कमेडी क्लब’ ज्वाइन गरेको छ । टेलिभिजन शो मा दर्शक माँझ लोकप्रिय रहेको यस शो फिल्मका कलाकारहरु सलिनमान बनिया , सलोन बस्नेत र डेब्यु गर्ल मलिका महत पुगेकी हुन् । यिनले फिल्मको बारेमा कराकानी गर्दै उक्त कार्यक्रम मार्फत दर्शकलाई जानकारी गराएका छन् । सलिनको आफ्नो फिटनेस र फेशनको राज खोले भने मलिकाले आफ्नो ब्लाइन्डको भूमिका निभाउन गरेको दुखलाई सम्झिन ।


चैत्र २५ गते प्रशारण हुने शो मा सलोनले पनि फिल्मको बारेमा बोल्दै यात्रालाई स्मरण गरे । यी तिनैले ‘मुन्द्रेको कमेडी क्लब’ मा आफ्नो यात्रालाई पनि शेयर गरेका छन् । जितु नेपाल होस्ट रहेको कार्यक्रममा निर्देशक दीपाश्री निरौला अध्यक्ष छिन् । नेपाल टेलिभिजनसँगै युट्युबमा समेत आउने यो कार्यक्रम दर्शकमाँझ लोकप्रिय छ । सलिन अभिनित दोस्रो फिल्म हो यात्रा , जसमा उनि भ्लगरको भूमिकामा छन् । सम्राट शाक्यको डेब्यु निर्देशन रहेको फिल्ममा सलिन , सलोन र मलिकासँगै जान्वी बस्नेत , जय नन्द लामा , रेअर राई , प्रेक्षा बज्राचार्य , धिरेन शाक्य , राजाराम पौडेल , विशाल कटवाल , समृद्धि राई , योगेश जंग कुँवर , नानीकाजी डंगोल , राजेश बिसुराल , देशभक्त खनाल , कमल मैनाली , सौगात शर्मा लगायतको अभिनय रहेको छ । यसमा विदेशी कलाकारहरु चाइनाका जुन झाङ र केन्याका बबीको पनि अभिनय रहेकोछ ।


फिल्ममा बालकलाकारको रुपमा पछिल्लो समय युट्युबमा चर्चा रहेका अंकित संग्रौला र एन्जल राई रहेका छन् । कोटकी कालिका देवीफिल्म्स प्राइभेट लिमिटेड , क्रिएटिभ फिल्म प्रोडक्सन र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माण हुने फिल्ममा कलाकार केशव भट्टराईसँगै चिज कुमार श्रेष्ठ पनि प्रस्तुतकर्ता रहेको फिल्ममा बिक्रम पराजुली , मुक्ति तिम्सिना र राम शरण घिमिरे सह( निर्माता रहेका छन् । फिल्मका निर्माता सुशील पोखरेल हुन् भने यसको कार्यकारी निर्माता सर्जुमान लिगल रहेका छन् । फिल्ममा कथापनि सम्राटकै रहेको छ भने यसलाई उनिसँगै सुरेश न्यौपाने , प्रतिक पौडेल र शिशिर खातीले मिलेर लेखेका हुन् । फिल्मको मुख्य सहायक निर्देशक सुरेशनै रहेका छन् भने यसलाई संजय लामाले खिचेका हुन् ।


फिल्ममा प्रविन सिंहको कोरियोग्राफी , हिमाल केसीको द्वन्द , बनिश शाहको सम्पादन , आशिष पौडेलको कस्ट्युम डिजाइन , जटा शंकर गोसाईको आर्ट डिजाइन , निमा लामाको मेकअप र अरुण रेग्मीको प्रोडक्सन डिजाइन रहेकोछ । फिल्ममा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटाकोसँगै प्रतिक पौडेल र कोविद बज्रको संगीत रहेकोछ । फिल्ममा श्रीधर पौडेलको फोटोग्राफी रहेको छ भने यसमा पब्लिसिटी डिजाइनरको भूमिका टौवा क्रिएसनले निर्वाह गरेका छन् ।
 


ताजा समाचार
गौरवको ‘पसिना’ को ट्रेलर सार्वजनिक

गफगाफ - चलचित्र ‘पसिना’ को ट्रेलर सार्वजनिक गरिएको छ
पुरा पढ्नुहोस

फ्लाइङ्गमा रोमान्टिक सलिन र मलिका

गफगाफ - चैत्र २९ बाट प्रदर्शनरत फिल्म ‘यात्राः अ म्युजिकल भ्लग’
पुरा पढ्नुहोस

मुन्द्रेलाई मनपर्ने ५ गीत

गफगाफ - कलाकार जीतु नेपाल अहिले मुन्द्रेको कमेडी क्लब का
पुरा पढ्नुहोस

राष्ट्रिय साधना म्यूजिक अवार्ड २०७६ का लागि आवेदन खुल्ला

गफगाफ - सामना म्यूजिक क्रियसन प्रालीको आयोजनामा राष्ट्
पुरा पढ्नुहोस

नेपाली चलचित्रका लागि चैत्र महिना

गफगाफ - गत चैत्र महिनामा प्रदर्शनमा आएका नेपाली चलचित्
पुरा पढ्नुहोस