gufgaf

एकिकृत माझी बस्तीलाई अझै आर्थिक अभाव

2019/04/09   गफगाफ
   

गफगाफ- २०७२ सालको भुकम्प पछि क्षति भएका विभिन्न स्थानहरुमा एकिकृत बस्ती निर्माण भए । धुर्मुस सुन्तली फाउण्डेशनले चार वटा एकिकृत बस्ती बनाईसकेका छन् । एकिकृत नमुना बस्ती काभ्रे, गिरानचौर एकिकृत नमुना बस्ती सिन्धुपाल्चोक, मुसहर बस्ती, सन्तपुर एकिकृत नमुना बस्ती धुर्मुस सुन्तली फाण्डेशनले निर्माण गरेका नमुना बस्तीहरु हुन् । 

कतिपय स्थानमा अझै पनि धमाधम एकिकृत बस्ती निर्माण भइरहेका छन् । निर्माणाधिन एकिकृत बस्ती मध्यको एक हो सिन्धुपाल्चोक जिल्लाको माझी बस्ती । निर्माणाधिन एकिकृत माझी बस्तीलाई अभिनेत्री श्वेता खड्काले श्वेताश्री फाउण्डेशनमार्फत निर्माण गरिरहेकी छिन् । 

माझी वस्तीका अगुवाहरु पनि श्वेतासँगै हातेमालो गरिरहेका छन् । एकीकृत माझी बस्ती निर्माणमा आर्थिक अभावका कारण केहि ढिलाई भए पनि निर्माण कार्य नरोकिएको अभिनेत्री खड्का बताउँछिन् । बस्ती निर्माणका मुख्य मुख्य कामहरु सम्पन्न भइसकेका भए पनि अझै केहि काम भने बाकी नै रहेको श्वेता बताउछिन् । नायिका खड्काले आफ्नो फेसबुकमा स्ट्याटस लेख्दै सबैलाई हातेमालो गरि बस्ती निर्माणमा सहयोग गर्न अनुरोध समेत गरेकी छिन ।

सिन्धुपाल्चोक स्थित भिमटारका माझी बस्तीका स्थानीयलाई लक्षित गरी श्वेता श्री फाउण्डेशनले ५३ घर निर्माण शुरु गरेको थियो । ४ सय ६५ वर्ग फिटमा निर्माण हुने घरको लागत प्रति घर करिव ७ लाख रुपैयाँ पर्ने अभिनेत्री खड्काको भनाई छ । 
 


ताजा समाचार
गौरवको ‘पसिना’ को ट्रेलर सार्वजनिक

गफगाफ - चलचित्र ‘पसिना’ को ट्रेलर सार्वजनिक गरिएको छ
पुरा पढ्नुहोस

फ्लाइङ्गमा रोमान्टिक सलिन र मलिका

गफगाफ - चैत्र २९ बाट प्रदर्शनरत फिल्म ‘यात्राः अ म्युजिकल भ्लग’
पुरा पढ्नुहोस

मुन्द्रेलाई मनपर्ने ५ गीत

गफगाफ - कलाकार जीतु नेपाल अहिले मुन्द्रेको कमेडी क्लब का
पुरा पढ्नुहोस

राष्ट्रिय साधना म्यूजिक अवार्ड २०७६ का लागि आवेदन खुल्ला

गफगाफ - सामना म्यूजिक क्रियसन प्रालीको आयोजनामा राष्ट्
पुरा पढ्नुहोस

नेपाली चलचित्रका लागि चैत्र महिना

गफगाफ - गत चैत्र महिनामा प्रदर्शनमा आएका नेपाली चलचित्
पुरा पढ्नुहोस