gufgaf

अनमोलको सपना “ए मेरो हजुर ३”

2019/04/09   गफगाफ
   

गफगाफ- अभिनेत्री झरना थापाले निर्देशन गरेको चलचित्र “ए मेरो हजुर ३” मा अभिनेता अनमोल केसी एक रकस्टार गायकको भूमिकामा प्रस्तुत भएका छन् । यो चलचित्रमा गायक बनेका अभिनेता केसी चलचित्रमा आफ्नो भावना समेत जोडिएको बताउँछन् । अभिनेता केसीको भावना यो चलचित्रसँग जोडिनुको कारणलाई विशेष रुपमा हेरिएको छ । सानै देखि अभिनेता केसीले गायक बन्ने सपना बोकेका थिए । उनी पढाइमा भन्दा पनि गायनमा बढी अब्बल थिए ।

होस्टेल बसेर पढ्दा अनमोल केसीको एउटा व्याण्ड समेत थियो । सोहि व्याण्डमा रहेर उनी गीत गाउने गर्थे । उनले आफुलाई स्टार गायकका रुपमा स्थापित गर्ने सपना देखेका थिए । तर, उनी गायनमा अन्दा पहिले अभिनयका माध्यमबाट दर्शकमाझ चिनिए । उनी अभिनित पहिलो चलचित्रलाई दर्शकले रुचाए । जब उनको पहिलो चलचित्र सफल भयो,उनको सपनाले एका एक अर्कै मोड लियो ।गायक बन्ने सपना बोकेका अभिनेता केसी एका एक नायकका रुपमा स्थापित भए ।

चलचित्रमा स्थापित भए पनि गायनक्षत्रमा पनि आफुलाई रुचि रहेको अभिनेता केसी बताउछन् । तर, अब आफू सफल गायक भने बन्न नसक्ने उनको बुझाई छ । उनी भन्छन् “मेरो रियल सपनालाई मैले रिलमा भने पूरा गर्ने अवसर पाएको छु ।”  अभिनेता केसी नेपाली चलचित्रको पर्दामा भए पनि गायकको भूमिका गर्न चाहन्थे । अन्तत उनले आफ्नो करिअरको सातौ चलचित्रका “ए मेरो हजुर ३” मा उक्त सपना पूरा गरेका छन् । चलचित्रमा अभिनेता अनमोल केसी एक स्टार गायक र घनश्याम पात्रको भूमिकामा प्रस्तुत भएका छन् । यो चलचित्र चैत्र २९ गतेबाट अल नेपाल प्रदर्शनमा आउदै छ ।


ताजा समाचार
गौरवको ‘पसिना’ को ट्रेलर सार्वजनिक

गफगाफ - चलचित्र ‘पसिना’ को ट्रेलर सार्वजनिक गरिएको छ
पुरा पढ्नुहोस

फ्लाइङ्गमा रोमान्टिक सलिन र मलिका

गफगाफ - चैत्र २९ बाट प्रदर्शनरत फिल्म ‘यात्राः अ म्युजिकल भ्लग’
पुरा पढ्नुहोस

मुन्द्रेलाई मनपर्ने ५ गीत

गफगाफ - कलाकार जीतु नेपाल अहिले मुन्द्रेको कमेडी क्लब का
पुरा पढ्नुहोस

राष्ट्रिय साधना म्यूजिक अवार्ड २०७६ का लागि आवेदन खुल्ला

गफगाफ - सामना म्यूजिक क्रियसन प्रालीको आयोजनामा राष्ट्
पुरा पढ्नुहोस

नेपाली चलचित्रका लागि चैत्र महिना

गफगाफ - गत चैत्र महिनामा प्रदर्शनमा आएका नेपाली चलचित्
पुरा पढ्नुहोस