gufgaf

रातामकै सँग फन्नी गफ

2019/04/09   गफगाफ
   

गफगाफ-  हास्य कलाकार किरण केसीलाई धेरैले रातामकै उपनामले चिन्ने गर्छन् । हास्य टेलिश्रिंखला जीरेखुर्सानीबाट रातामकै नामले चिनिएका कलाकार किरण केसी यतिबेला चलचित्र दाल भात तरकारीको प्रचारप्रसारका लागि देश दौडाहामा छन् । उनी महसञ्चारले निर्माण गरेको चलचित्र दाल भात तरकारीका प्रस्तुतकर्ता हुन् । यस चलचित्रमा उनको अभिनय समेत रहेको छ । उनै हास्य कलाकार किरण केसी उर्फ रातामकैसँग हामीले फन्नी गफ गरेका छौ ।

घाम किन पश्चिम बाट नउदाएको होला ?
यो त प्रकृतीको नियम नै हो । अब हामी खाना खादा किन भान्सामै खान्छौ त ट्वाइलेटमा खाँदा पनि हुन्छ नि हैन र ? बस किन गुड्छ ? प्लेन किन उड्छ ? यो सबैको आफ्नै आफ्नै विशेषता हुन्छ । प्रकृतीले घाम पूर्वबाट उदाउने नियम बनाए अब त्यसलाई चेन्ज गर्न त इन्द्रको बुबा चन्द्रले नि सक्दैन, की कसो ?

दाल भात तरकारी रुखमै फल्न थाल्यो भने ?
कस्तो रमाइलो हुन्थ्यो होला हाम्रो चलचित्रको प्रचार प्रसार गर्न पनि सजिलो हुन्थ्यो अरु केहि चाहिदैन थियो । जहाँ जहाँ जाँदा पनि त्येहि दाल भात तरकारी मज्जाले फलेको रुखको हाँगो बोक्यो  गयो, कति आनन्द ।

तपाईले एक हप्ताका लागि प्रधानमन्त्री बन्ने मौका पाउनु भयो भने ?
म एक हप्ताका लागि प्रधानमन्त्री बन्ने मौका पाएँ भने त्यहि मौका छोपेर चलचित्र दाल भात तरकारी हरेक नेपालीले एक पटक हेर्नै पर्ने नियम पारित गर्दिन्थे ।  नेपाली चलचित्रको विकास हुने निति पनि त्यहि मौकामा ल्याइहाल्थे ।

आँखाबाट आँशुको साटो सुनको डल्ला खस्न थाले भने ?
नेपालमा भएका सबै गरीब दुखीहरु धनी हुन्थे होला । आवश्यक पर्यो कि बसेर रुन थाली हाल्थे होला । अनि सुन भन्दा फलाम महंगो हुन्थ्यो किन भने सुनको महत्व हराई हाल्थ्यो । बाटो हिड्दा पनि लात्ताले हान्दै हिडिन्थ्यो होला हाँसो ।

जागिरका निम्ति जाँदा त्यस अफिसको हाकीम तपाईको दुश्मन रहेछ भने ?
बुढेसकालमा के को जागिर खानु र आनन्दले घरमै बस्थँे । अब खानै पर्ने भयो भने पनि कुनै न कुनै बहाना बनाएर फकाइन्थ्यो होला नी । अब आफूलाई परे पछि त केहि न केहि गर्नु परिहाल्यो नि ।

काठमाण्डौमा ट्राफिक पुलिस नहुने हो भने ?
राम राम राम ट्राफिक हुँदा त यो हालत छ झन नहुदा त के हुन्थ्यो होला ? सवारी साधनको प्रयोगमा कमी आउथ्यो । अब गाडी मै बानेश्वर बाट कोटेश्वर जानलाई ३ दिन अघि नै हिड्नु पथ्र्यो होला । तर ट्राफिक नभए उनीहरुको जिम्मेवारी अरु कसैले गरिरहेको हुन सक्थ्यो । जहाँ समस्या त्यहाँ उपाय भनिन्छ नि हैन र ?


ताजा समाचार
गौरवको ‘पसिना’ को ट्रेलर सार्वजनिक

गफगाफ - चलचित्र ‘पसिना’ को ट्रेलर सार्वजनिक गरिएको छ
पुरा पढ्नुहोस

फ्लाइङ्गमा रोमान्टिक सलिन र मलिका

गफगाफ - चैत्र २९ बाट प्रदर्शनरत फिल्म ‘यात्राः अ म्युजिकल भ्लग’
पुरा पढ्नुहोस

मुन्द्रेलाई मनपर्ने ५ गीत

गफगाफ - कलाकार जीतु नेपाल अहिले मुन्द्रेको कमेडी क्लब का
पुरा पढ्नुहोस

राष्ट्रिय साधना म्यूजिक अवार्ड २०७६ का लागि आवेदन खुल्ला

गफगाफ - सामना म्यूजिक क्रियसन प्रालीको आयोजनामा राष्ट्
पुरा पढ्नुहोस

नेपाली चलचित्रका लागि चैत्र महिना

गफगाफ - गत चैत्र महिनामा प्रदर्शनमा आएका नेपाली चलचित्
पुरा पढ्नुहोस