gufgaf

प्रेमगीत ३ मा प्रदिपको जोडी निति ?

2019/04/10   गफगाफ
   

गफगाफ- निर्माता सन्तोष सेनले अभिनेता प्रदिप खड्कालाई लिएर चलचित्र प्रेमगीत ३ निर्माण गर्ने घोषणा गरेका छन् । हाल चलचित्रको कथामा काम भइरहेको छ । चलचित्रका लागि प्रदिप पक्का भए पनि उनको जोडीको रुपमा कुन अभिनेत्रीले काम गर्ने भन्ने फाइनल भएको छैन । यतिबेला प्रदर्शन भईरहेको सिनेमा लभ स्टेशनको प्रचारका क्रममा अभिनेत्री जसिता गुरुङलाई प्रेम गीत ३ मा काम गर्न लागेको प्रश्नले सताएको थियो । तर उनी सिनेमामा हुने कुरा भने छैन । 

तर पछिल्लो समय प्रकाशित भएका समाचारहरुलाई मान्ने हो भने  प्रेमगीत ३ मा अभिनेत्री निति शाहले काम गर्ने पक्का जस्तै छ । त्यसो त  अभिनेत्री शाहले पनि आफूलाई चलचित्रका लागि अफर आएको स्विकार गरेकी छन् । प्रदीपको चलचित्र लभ स्टेशन हेर्न हल पुगेकी नितिले  मिडियासँग कुरा गर्दै सिनेमामा काम गर्ने सम्भावना भएको तर अहिले फाईनल भने नभएको बताएकी छिन् । उनको कुरा सुन्दा उनी सिनमाको लागि लगभग फाईनल भएको बुझ्न सकिन्छ । 

यतिबेला स्कृप्टमा काम भइरहेको छ । मैल स्कृप्ट मागेको छु । यदि मनर्पयो भने अवस्य गर्नेछु,अभिनेत्री शाहले भनिन् ।  उनले आफूलाई अभिनेता प्रदीप खड्कासँग काम गर्ने इच्छा रहेको समेत बताएकी छन् । यस अघि अभिनेत्री शाह र अभिनेता खड्काले डिसहोमको एक विज्ञापनमा काम गरेका छन् । यसमा यी दुईको केमेस्ट्रीलाई दर्शकले रुचाएका थिए । नीति  मिस नेपाल २०१७ की सेकेण्ड रनरअप हुन् । उनले हालसम्म चलचित्रमा भने काम गरेकी छैनन् । 
 


ताजा समाचार
गौरवको ‘पसिना’ को ट्रेलर सार्वजनिक

गफगाफ - चलचित्र ‘पसिना’ को ट्रेलर सार्वजनिक गरिएको छ
पुरा पढ्नुहोस

फ्लाइङ्गमा रोमान्टिक सलिन र मलिका

गफगाफ - चैत्र २९ बाट प्रदर्शनरत फिल्म ‘यात्राः अ म्युजिकल भ्लग’
पुरा पढ्नुहोस

मुन्द्रेलाई मनपर्ने ५ गीत

गफगाफ - कलाकार जीतु नेपाल अहिले मुन्द्रेको कमेडी क्लब का
पुरा पढ्नुहोस

राष्ट्रिय साधना म्यूजिक अवार्ड २०७६ का लागि आवेदन खुल्ला

गफगाफ - सामना म्यूजिक क्रियसन प्रालीको आयोजनामा राष्ट्
पुरा पढ्नुहोस

नेपाली चलचित्रका लागि चैत्र महिना

गफगाफ - गत चैत्र महिनामा प्रदर्शनमा आएका नेपाली चलचित्
पुरा पढ्नुहोस