gufgaf

अग्रज संगीतकार कमल क्षेत्रीको निधन

2019/04/10   गफगाफ
   

गफगाफ- अग्रज संगीतकार तथा गायक कमल क्षेत्रीको ७७ वर्षको उमेरमा निधन भएको छ । लामो समय देखि बिरामी रहेका क्षेत्रीको गए राती करिव १२ बजे निधन भएको हो । संगीतविज्ञको परिचय बनाएका उनले शास्त्रीय संगीतमा ज्ञान हासिल गरेका थिए । उनी वि स २०२६ सालदेखि सांस्कृतिक संस्थानमा कार्यरत रहेका थिए । 

संगीतकार क्षेत्रीले  धेरै गीति नाटकमा संगीत गरेका छन् । उनीद्धारा संगीतवद्ध केहि गीति नाटक काठमाण्डौ स्थित राष्ट्रिय नाचघरमा हाल प्रदर्शन भइरहेका छन् । संगीतकार क्षेत्रीले लक्ष्मी प्रसाद देवकोटाद्धारा लिखित‘मुनामदन’ मा सहायक संगीत निर्देशन गरेका थिए । उक्त गीतमा उनको स्वर समेत सुन्न सकिन्छ । 

क्षेत्रीले शिव ताण्डव नृत्य नाटिकाको संगीत गर्नुका साथै गगन भरिको ताराको टिलपिल टिपेर, सुख खोजेर भेटिने भए चुपचाप मरिदिन्थे लगायत गीतमा संगीत भरेका भरेका छन् । संगीतकार क्षेत्रीले ‘रागहरुको साँचो’ नामक पुस्तक समेत प्रकाशन गरेका थिए । उक्त पुस्तकमा शास्त्रीय रागहरूको विषयमा चर्चा गरिएको छ ।


ताजा समाचार
गौरवको ‘पसिना’ को ट्रेलर सार्वजनिक

गफगाफ - चलचित्र ‘पसिना’ को ट्रेलर सार्वजनिक गरिएको छ
पुरा पढ्नुहोस

फ्लाइङ्गमा रोमान्टिक सलिन र मलिका

गफगाफ - चैत्र २९ बाट प्रदर्शनरत फिल्म ‘यात्राः अ म्युजिकल भ्लग’
पुरा पढ्नुहोस

मुन्द्रेलाई मनपर्ने ५ गीत

गफगाफ - कलाकार जीतु नेपाल अहिले मुन्द्रेको कमेडी क्लब का
पुरा पढ्नुहोस

राष्ट्रिय साधना म्यूजिक अवार्ड २०७६ का लागि आवेदन खुल्ला

गफगाफ - सामना म्यूजिक क्रियसन प्रालीको आयोजनामा राष्ट्
पुरा पढ्नुहोस

नेपाली चलचित्रका लागि चैत्र महिना

गफगाफ - गत चैत्र महिनामा प्रदर्शनमा आएका नेपाली चलचित्
पुरा पढ्नुहोस