gufgaf

लभस्टेशनको छायाँकनमा १५ टेकसम्म खाएँ—जसिता गुरुङ

2019/04/11   गफगाफ
   

गफगाफ- अभिनेत्री जसिता गुरुङ अभिनित चलचित्र लभस्टेशन अघिल्लो शुक्रवारबाट अल नेपाल प्रदर्शनमा आयो  । चलचित्रले व्यापारिक हिसावले पनि छाप छोड्न सफल भएको छ । यूकेमा हुर्किएर नेपाल आएकी अभिनेत्री गुरुङको अभिनयको खुलेर प्रसंसा हुने गरेको छ । गुडिया उपनाम पाएकी अभिनेत्री गुरुङसँग हामीले रमाइलो गफगाफ गरेका छौ । 
 
तपाइँ त बुवा आमासँग यूकेमा अध्ययन गरेर बसेको मान्छे अचानक नेपालमा त्यसमा पनि चलचित्र क्षेत्रमा कसरी ?
म अब नेपालमा बस्ने र चलचित्र क्षेत्रमा काम गर्ने इच्छा लिएर नेपालमा आएको हुँ । मेरो पुख्र्यौली घर पोखरामा छ र अहिले म त्यहीँ बस्दै आएकी छु ।
 
एउटा अविवाहित केटी जो चलचित्रमा राम्रो अभिनय गर्छन् तिनका बारेमा विभिन्न खालका हल्ला किन आउँछन होला ? त्यसबारेमा तपाइँलाई के लाग्छ ?
यस क्षेत्रमा लागेका हरेक कलाकारहरुको विषयमा यस्ता खालका अनावश्यक हल्ला आइरहेका हुन्छन् । कसैको वास्तविक हुनपनि सक्छ भने कसैको हुँदैन । सोच्नेले जे सोचे पनि हामी कलाकारले चलचित्रमा कथा अनुसार काम गर्ने हो । तर त्यसैलाई वास्तविक जीवनमा भएको घटना बनाइ दिँदा नरमाइलो लाग्छ । मेरो बारेमा पनि यस्ता हल्ला निस्के बजारमा । बुवा–आमा पनि यो कुरालाई लिएर अचम्भित भएर फोन पनि गर्नु भएको थियो । हामी यो के सुनिरहेका छौं के यो वास्तविक हो ? तर मैले भने यो सत्य होइन भनेर भनेको थिएँ । लिलिबिलिमा राम्रो जोडीका रुपमा देखिएको कारणले गर्दा नै यो हल्ला भएको हुन सक्छ ।
 
नायीका कस्तो हुनु पर्छ जस्तो लाग्छ ?
सबैभन्दा पहिला त व्यवहारिक हुन आबस्यक हुन्छ । अभिनयमा डुब्न सक्नु आवस्यक हुन्छ । शारिरीक रुपले पूmर्तिलो हुनु पर्छ । सुन्दर बन्न सके त झनै राम्रो हो नी
 
के तपाइँ लिलिबिली खेल्दा भन्दा अहिले दुब्लाएको हो ?
हो । त्यतिबेला म लगभग झण्डै ६८ केजी को थिएँ भने अहिले म जम्मा ५० केजीमा झरेको छु ।
 
चलचित्र लभ स्टेशनमा तपाइँलाई कुन कुराले छोएको छ ?
हुन त हरेक चलचित्र प्रेमसँग सम्बन्धित नै हुन्छन् । र यस चलचित्रमा आमाप्रति छोरीको माया यस्तोसम्म हुन्छ भनेर देखाउन खोजिएको विषयले नै मलाई छोएको हो । चलचित्र लिलिबिलीमा भन्दा लभ स्टेशनमा फरक खालको भुुमिकामा छु । लिलिबिलीमा एउटा केटाको लागिमात्र रुने खाले थियो भने यसमा सोझो खालको भुमिका निर्वाह गरेको छु । यसमा कथाले पनि सहयोग गरेको हुन सक्छ ।
 
तपाइँले अभिनय गरेका चलचित्र हेर्दा लभ सम्बन्धि चलचित्र मात्र खेलेको देखिन्छ के तपाइँ यस्ता खालका चलचित्रमात्र रुचाउने नायीका हो भन्न मिल्छ ?
सायद मैले खेलेका र अफर आएका फिल्मको कथा यस्तै भएर होला तर यो वास्तविक होइन संयोग मात्र भने हुन्छ । फरक फरक खालको रोलमा खेल्न मन लाग्छ तर म अलि फरक खालको मान्छे हु । म अलि आत्तिने खालको पनि छु । पहिलो दिन नै म हतोत्साहि भए । डायलग कण्ठै भए पनि मुखबाट निस्कँदै ननिस्कने । तर, पनि मलाई वहाँले प्रोत्साहित नै गर्नु हुन्थ्यो । सुटिङको सिलसिलामा १५ टेक सम्म खाएको छु । लिलिबिलीमा गर्न नसकेको कुरा यस लभस्टेशन चलचित्रमा खेलेको छु खुशी लागेको छ । आशावादी छु डर पनि लागि रहेछ ।
 
चलचित्र राम्रो कि चलचित्रमा खेलिएको क्यारेक्टर राम्रो ?
कथा राम्रो हुन त आवश्यक नै हुन्छ । साथसाथै क्यारेक्टर पनि त्यत्तिकै राम्रो हुनु पर्छ चाहे त्यो सानो होस या ठूलो ।
 
तपाइँलाई खाली प्रदीप खड्कासँगमात्र खेल्छे भन्ने आरोप छ  तर तपाँलाई अभिनय गर्न मन लाग्ने कलाकारहरु को को हुनुहुन्छ ?
सौगात मल्ल, दयाह्याङ राई, अनमोल के.सी लगायतका कलाकारहरुसँग काम गर्ने धेरै रहर छ ।
 
छक्का पञ्जा ३ मा खेल्न अफर आएको थियो तर किन खेल्नु भएन ?
त्यो अफर आएको बेलामा म भद्रगोलमा खेलिरहेको थिएँ । तर त्यस लगत्तै मेरो एउटा विषयको परीक्षा दिन म यूके जानु पर्ने भएकोले यो कुराको जानकारी दिनलाई मैले २–३ जनालाई भनेको थिएँ  । ज–जसलाई भनेको थिएँ त्योे कुरा वाहाँहरुले जानकारी नगरिदिएका कारणले यस्तो हुन गएको हो । यस्तो राम्रो मौका पाउनु मेरो लागि भाग्यको कुरा थियो र म खुशी पनि थिएँ । वास्तवमा सिधै निर्माता टिमसँग कुरा गर्नु पर्नेमा म आफैलाई अप्ठ्यारो लागेकोले मैले सकिन । जे होस भाग्यमा जे छ त्यही हुने हो । अब फेरी पनि त्यसतो अफर आए खेर जान दिने छैन ।


ताजा समाचार
गौरवको ‘पसिना’ को ट्रेलर सार्वजनिक

गफगाफ - चलचित्र ‘पसिना’ को ट्रेलर सार्वजनिक गरिएको छ
पुरा पढ्नुहोस

फ्लाइङ्गमा रोमान्टिक सलिन र मलिका

गफगाफ - चैत्र २९ बाट प्रदर्शनरत फिल्म ‘यात्राः अ म्युजिकल भ्लग’
पुरा पढ्नुहोस

मुन्द्रेलाई मनपर्ने ५ गीत

गफगाफ - कलाकार जीतु नेपाल अहिले मुन्द्रेको कमेडी क्लब का
पुरा पढ्नुहोस

राष्ट्रिय साधना म्यूजिक अवार्ड २०७६ का लागि आवेदन खुल्ला

गफगाफ - सामना म्यूजिक क्रियसन प्रालीको आयोजनामा राष्ट्
पुरा पढ्नुहोस

नेपाली चलचित्रका लागि चैत्र महिना

गफगाफ - गत चैत्र महिनामा प्रदर्शनमा आएका नेपाली चलचित्
पुरा पढ्नुहोस