gufgaf

केदारलाई अन्य हाँस्य कलाकारको प्रशंसा 

2019/04/11   गफगाफ
   

गफगाफ- कलाकार केदार घिमिरे उर्फ माग्ने बुढाले आज ४५ औँ जन्मदिन मनाएका छन् । २०३२ साल चैत २८ गते मकवानपुरको ठिङगनामा जन्मेका केदार अहिले सबैको प्रिय र सफल कलाकार हुन् । लामो समयको संघर्षपछि सबैको प्रिय कलाकार बनेका केदार कलाकारबीच पनि उत्तिकै प्रिय छन् । आज हामीले उनको जन्मदिन पारेर केही हाँस्यकलाकारहरुलाई उहाँलाई कसरी चिन्नुहुन्छ ? भनेर प्रश्न गरेका छौँ । 

मनोज गजुरेल
केदार घिमिरे नेपाली हास्यव्यग्ंय क्षेत्रका एक अर्गानिक कलाकार हुन् । उनी स्टेज र पर्दा भन्दा बाहिर पनि राम्रो सेन्स अफ ह्युमर भएका व्यक्ति हुन् । मकवानपुरको एउटा आदिबासी वस्तीमा जन्मिएर हुर्किएको एउटा नेपाली माटो चिनेको कलाकार हुन् ।  आफ्नो क्षेत्रका सहयात्रीहरु र अग्रजहरु प्रति अत्यन्त सम्मान राख्ने आफूभन्दा जुनियरलाई प्रेम गर्ने  एक उदार कलाकार हुन् ।

विल्सन बिक्रम राई उर्फ तक्मे बुढा
सबै भन्दा महत्वपूर्ण कुरा माग्ने बुढा भनेको तक्मे बुढाको जन्मदाता हो  ।  यदि माग्नेबुढा हुँदैनथ्यो भने तोक्मे बुढाको जन्म असम्भव थियो । माग्नेबुढा थियो र तक्मे बुढालाई दर्शकले चिन्नुभयो । उहाँ नहुनु भएको भए सायद आज पनि म गाँउघरमा कुटो कोदालो मै रमाइरहेको हुन्थँे ।

विष्णु सापकोटा उर्फ हर्के हल्दार
केदार घिमिरे र म एउटै जिल्लाका हौँ । उमेरका हिसाबले उहाँ म भन्दा कान्छो हुनुहुन्छ तर कलाकारिताका हिसाबले हामीले उहाँबाट धेरै सिक्ने अवसर पाएका छौँ । छोटो समयमा दर्शकको मन मस्तिष्कमा बस्न सफल हुनुभएको छ । उहाँ मिलनसार हुनुहुन्छ । एकदमै स्पष्ट वक्ता हुनुहुन्छ । सबैको भलो चाहने एक प्रिय कलाकार हुनुहुन्छ । 

सुरेन्द्र केसी उर्फ मुलाको साग
हामीले केहि समय मेरीबास्सैमा सँगै काम गरेका छौँ । म केदार घिमिरेलाई नजिकबाट चिन्दछु । दुखमा परेकालाई साथ दिने, नजान्नेलाई सिकाउने, भएका कुरा बोल्न कहिले पनि नडराउने, एक असल व्यक्तिका रुपमा म केदार घिमिरेलाई चिन्दछु । लामो समय पछि म मेरीबास्सैमा पुन फर्किएको छु । तर केदार घिमिरे, सिताराम कट्टेल, कुन्जना घिमिरे लगायतका केहि कलाकारहरुको सधै अभाव खड्किदो रहेछ । 

निर्मल शर्मा उर्फ गैँडा 
केदार घिमिरे सबैको सर्वप्रिय हुुनुहुन्छ । म उहाँलाई धेरै पहिलाबाट नै चिन्छु । मेरीबास्सैमा काम गर्नु अघि उहाँले केहि एपिसोड तितोसत्यमा पनि काम गर्नुभएको थियो । केदार घिमिरेलाई नेपाली दर्शकले अत्यन्तै रुचाएका एक सर्वप्रिय कलाकारका रुपमा चिन्ने गर्छु ।

सुनिता गौतम उर्फ मैयाँ
केदार घिमिरे कामलाई पहिलो प्रथामितामा राख्नुपर्छ भन्ने मान्यता भएका कलाकार हुनुहुन्छ  । काम गर्ने जाँगर नभएका बेला हौसला प्रदान गरेर काम गर्न उत्साहित गर्ने, नेपाली कलाकार देखि दर्शकसम्म सबैको एकदमै सर्बप्रिय हुनुहुन्छ । मलाइ त धेरै दर्शकहरुले माग्ने बुढाकी मैया भनेर चिन्नु भएको छ । आज उहाँ मेरीबास्सैमा त हुनुहुन्न तर प्रत्येक पलमा हामीले उहाँलाई मिस गर्ने गर्छौ । झन मेरो त  धरै जस्तो छायाँकननै उहाँको साथमा हुने गथ्र्यो । आज पनि मेरीबास्सैको प्रत्येक सिनेको छायाँकनमा म उहाँलाई सम्झिने गर्छु । 

अर्जुन घिमिरे उर्फ पाँडे
केदार घिमिरे हाँस्य क्षेत्रका पछिल्लो पुस्ताका पिडीँहरुका लागि एउटा मार्गदर्शकको रुपमा हुनुहुन्छ । उहाँबाट हामीले धेरै सिकेका छौँ र आगामी दिनमा पनि धेरै सिक्दै अघि बढ्ने छौ । बोल्दा बिचार पुर्यायर बोल्नुहुन्छ । सकारात्मक कामका लागि सर सल्लाहा दिनुहुन्छ । मेरो नजरमा एकदम राम्रो कलाकार हुनुहुन्छ केदार घिमिरे ।


ताजा समाचार
गौरवको ‘पसिना’ को ट्रेलर सार्वजनिक

गफगाफ - चलचित्र ‘पसिना’ को ट्रेलर सार्वजनिक गरिएको छ
पुरा पढ्नुहोस

फ्लाइङ्गमा रोमान्टिक सलिन र मलिका

गफगाफ - चैत्र २९ बाट प्रदर्शनरत फिल्म ‘यात्राः अ म्युजिकल भ्लग’
पुरा पढ्नुहोस

मुन्द्रेलाई मनपर्ने ५ गीत

गफगाफ - कलाकार जीतु नेपाल अहिले मुन्द्रेको कमेडी क्लब का
पुरा पढ्नुहोस

राष्ट्रिय साधना म्यूजिक अवार्ड २०७६ का लागि आवेदन खुल्ला

गफगाफ - सामना म्यूजिक क्रियसन प्रालीको आयोजनामा राष्ट्
पुरा पढ्नुहोस

नेपाली चलचित्रका लागि चैत्र महिना

गफगाफ - गत चैत्र महिनामा प्रदर्शनमा आएका नेपाली चलचित्
पुरा पढ्नुहोस