gufgaf

नेपालमा पब्जी खेल्न नपाइने

2019/04/12   गफगाफ
   

गफगाफ- बिकृति बढाएको भन्दै नेपालमा पब्जी खेलमा प्रतिबन्ध गरिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा पब्जी खेलमा प्रतिबन्ध लगाएको हो । पछिल्लो समय यो खेल अत्याधिक खेल्दा लत बसेको र प्रयोगकर्तामा मानिसक समस्या समेत देखा पर्न थालेका कारण  खेलमा प्रतिबन्ध लगाइएको प्राधिकरणले बताएको छ ।

पब्जी खेलका कारण विभिन्न विकृति आएको र  विभिन्न ठाँउहरुमा ज्यान समेत गएको घटनाहरु सार्वजनिक भइरहेका छन् । खासगरी बालबालिका र किशोर किशोरीहरुमा यो खेलका कारण परेको नकारात्मक असर तथा बसेको कुलतका कारण यो अनलाइन गेममाथि अन्य देशहरुमा पनि प्रतिबन्ध लाग्ने क्रम सुरू भएको छ । 

‘पब्जी प्रतिबन्ध गर्न प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, सञ्चार मन्त्रालय लगायतबाट प्राधिकरणलाई निर्देशन आएको थियो । साथै काठमाडौं जिल्ला अदालतको आदेश बमोजिम अपराध अनुसन्धान ब्यूरो सिआइबीले पब्जी प्रतिबन्ध आग्रह गरेको थियो । सबै इन्टरनेट सेवा प्रदायकहरुले समेत पब्जी खेललाई प्रतिबन्ध गराउन अनुरोध गरेको इन्टरनेट सेवा प्रदायक संघका अध्यक्ष भोजराज भट्टले जानकारी दिए ।

यो खेल सन २०१७ को मार्चमा रिलिज भएको थियो । रिलिज भएको दुई वर्ष नहुँदै यसका प्रयोगकर्ताको संख्या ५० करोड नाघिसकेको छ । ८ करोड ७० लाख मानिस दैनिक रुपमा पब्जी तथ्यांकले देखाएको छ । 
 


ताजा समाचार
रुखो जिवन भनेको के हो ??

शिक्षकले कक्षामा मानविय जिवनको विषयमा पढाईराख्नु भएको थियो..त्यतिकैमा  पुरा पढ्नुहोस

म तिमीलाई माग्न तिम्रो घरमा कहिले आउँ..???

ग्रलफ्रेन्ड र बोईफ्रेन्ड डेटिङ्मा बसिरहेका थिए त्यतिकैमा..


बोईफ्र
पुरा पढ्नुहोस

गौरवको ‘पसिना’ को ट्रेलर सार्वजनिक

गफगाफ - चलचित्र ‘पसिना’ को ट्रेलर सार्वजनिक गरिएको छ
पुरा पढ्नुहोस

फ्लाइङ्गमा रोमान्टिक सलिन र मलिका

गफगाफ - चैत्र २९ बाट प्रदर्शनरत फिल्म ‘यात्राः अ म्युजिकल भ्लग’
पुरा पढ्नुहोस

मुन्द्रेलाई मनपर्ने ५ गीत

गफगाफ - कलाकार जीतु नेपाल अहिले मुन्द्रेको कमेडी क्लब का
पुरा पढ्नुहोस