gufgaf

जज बन्न ८० करोड लिँदै करीना

2019/04/12   गफगाफ
   

गफगाफ- अभिनेत्री करीना कपूरलाई डान्स ईण्डिया डान्समा जजको लागि प्रस्ताव राखिएको छ । यतिबेला च्यानल र करीनाको टिमबीच यस विषयमा छलफल भईरहेको खबर भारतिय सञ्चार माध्ययमहरुले प्रकाशित गरेका छन् । यतिबेला करीनाले शोमा जज बनेवापत लिने पारश्रमिक, दिनमा काम गर्नु पर्ने समय र कुल एपिशोडका विषयमा कुरा भईरहेको छ । करीनालाई प्रस्ताव राखिएको भएपनि करीनाले यसमा काम गर्ने फाईनल भने गरेकी छैनन् ।

करीनाले प्रति एपिशोड साढे २ देखि ३ करोड सम्म पारिश्रमिकको माग गरेकी छिन् जुन पारिश्रमिक दिन च्यानललाई कुनै पनि आपक्ति छैन । तीन महिनासम्म फ्लोरमा रहने यस शोमा झण्डै २८ एपिशोड हुनेछन् । यस हिसाबले यदि करीनाले डान्स ईण्डिया डान्समा काम गरिन् भने उनको कुल पारिश्रमिक ८० करोड भारतिय रुपैयाँ पुग्नेछ ।

बलिवुड अभिनेत्रीले टेलिभिजन शोहरुमा मोटो रकम पारिश्रमिक लिएर काम गर्नु कुनै नौलो कुरा हैन । यस अघि पनि केही अभिनेत्रीहरुले डान्स रियालिटी शोहरुमा जज भएर काम गरिसकेका छन् । अभिनेत्री माधुरी दिक्षितले पछिल्लो समय डान्स दिवानेमा जजको रुपमा छिन् । माधुरीले डान्स दीवानेमार्फत प्रति एपिशोड एक करोड भारु पारिश्रमिक लिन्छिन् ।  

अभिनेत्री शोनाक्षी सिन्हाले नच बलिए  सिन ८ मा जजको भूमिका निर्वाह गरेकी थिईन् । नच बलिएमा जज बनेवापत शोनाक्षीले प्रति एपिशोड एक करोड भारु लिन्थिन् । उता अभिनेत्री ज्याकलिन फर्नान्डिज पनि झलक देखलाजा सिजन ९ मा जज बनिसकेकी छिन् । उनले प्रति एपिशोड १ करोड २५ लाख  भारु पारिश्रमिक लिएकी थिईन् । सुपर डान्सरमा जज बनेकी शिल्पा शेट्टीले एक सिजनको २५ करोड भारु लिने गरेकी छिन् ।
 


ताजा समाचार
गौरवको ‘पसिना’ को ट्रेलर सार्वजनिक

गफगाफ - चलचित्र ‘पसिना’ को ट्रेलर सार्वजनिक गरिएको छ
पुरा पढ्नुहोस

फ्लाइङ्गमा रोमान्टिक सलिन र मलिका

गफगाफ - चैत्र २९ बाट प्रदर्शनरत फिल्म ‘यात्राः अ म्युजिकल भ्लग’
पुरा पढ्नुहोस

मुन्द्रेलाई मनपर्ने ५ गीत

गफगाफ - कलाकार जीतु नेपाल अहिले मुन्द्रेको कमेडी क्लब का
पुरा पढ्नुहोस

राष्ट्रिय साधना म्यूजिक अवार्ड २०७६ का लागि आवेदन खुल्ला

गफगाफ - सामना म्यूजिक क्रियसन प्रालीको आयोजनामा राष्ट्
पुरा पढ्नुहोस

नेपाली चलचित्रका लागि चैत्र महिना

गफगाफ - गत चैत्र महिनामा प्रदर्शनमा आएका नेपाली चलचित्
पुरा पढ्नुहोस