gufgaf

‘इन्टु मिन्टु लण्डनमा’ का निर्माता र निर्देशक विहे गर्दै

2019/04/13   गफगाफ
   

 

गफगाफ-‘इन्टु मिन्टु लण्डनमा’ चलचित्रका निर्माता प्रज्वल शम्सेर राणा र निर्देशक तथा कोरियोग्राफर रेनशा वान्तवा राई बिवाह बन्धनमा बाधिने भएका छन् । रेनशाले प्रज्वलकै चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ बाट निर्देशनमा डेव्यु गरेकी थिइन् । उनीहरु लामो समय देखि एक अर्काको प्रेममा थिए । आउदो नयाँ वर्षको वैशाख २४ गते उनीहरुले विवाह गर्ने तय भएको बुझिएको छ । करिव ८ वर्षको प्रेम सम्वन्धलाई उनीहरुले विवाह बन्धनमा परिणत गर्न लागेका हुन् । 

प्रज्वल सुपरहिट नेपाली चलचित्र ‘मेरो एउटा साथी छ’ का निर्माता प्रभु शम्सेर राणाका छोरा हुन् । रेनशाले चलचित्र ‘मेरो एउटा साथी छ’ बाट कोरियोग्राफीको सुरुवात गरेकी थिइन् । रेनशाले पछिल्लो पटक चलचित्र क्याप्टेनमा समावेश गीत कर्ली कर्ली कपाल तिम्रो बोलको गीतलाई दर्शकले रुचाएका छन् । यतिबेला उनीहरु अर्को चलचित्रको तयारीमा जुटेका छन् । उनीहरुले आई एम ट्वान्टिवान’ नामक चलचित्र निर्माण गर्ने घोषणा गरिसकेका छन् । 

अब बैबाहिक बन्धनमा बाँधिएपछि उक्त चलचित्र निर्माणका लागि जुट्ने तयारी उनीहरु छन् । ‘आई एम ट्वान्टिवानलाई पनि रेनशाले नै निर्देशन गर्ने भएकी छिन् । यसमा ‘इन्टु मिन्टु लण्डनमा’ बाट डेब्यू गरेका अभिनेता धिरज मगर नै लिड रोलमा रहनेछन् । यतिबेला सिनेमाका लागि अभिनेत्रीहरुको खोजी भईरहेको छ । 
 


ताजा समाचार
गौरवको ‘पसिना’ को ट्रेलर सार्वजनिक

गफगाफ - चलचित्र ‘पसिना’ को ट्रेलर सार्वजनिक गरिएको छ
पुरा पढ्नुहोस

फ्लाइङ्गमा रोमान्टिक सलिन र मलिका

गफगाफ - चैत्र २९ बाट प्रदर्शनरत फिल्म ‘यात्राः अ म्युजिकल भ्लग’
पुरा पढ्नुहोस

मुन्द्रेलाई मनपर्ने ५ गीत

गफगाफ - कलाकार जीतु नेपाल अहिले मुन्द्रेको कमेडी क्लब का
पुरा पढ्नुहोस

राष्ट्रिय साधना म्यूजिक अवार्ड २०७६ का लागि आवेदन खुल्ला

गफगाफ - सामना म्यूजिक क्रियसन प्रालीको आयोजनामा राष्ट्
पुरा पढ्नुहोस

नेपाली चलचित्रका लागि चैत्र महिना

गफगाफ - गत चैत्र महिनामा प्रदर्शनमा आएका नेपाली चलचित्
पुरा पढ्नुहोस