gufgaf

जो २०७५ सालमा विदा भए

2019/04/13   गफगाफ
   

गफगाफ- २०७५ साल सुरु भए सँगै  चलचित्र नगरी देखि सांंगीतिक बजारमा धेरै नयाँ अनुहार भित्रिएका छन् भने केहि अनुहार साधैका निम्ति विदा भएका छन् । २०७५ सालमा नेपाली कला क्षेत्रका केहि अग्रज व्यत्तित्वहरुलाई गुमाउनु पर्यो । चलचित्र नगरीका वरिष्ठ कलाकार भिम बहादुर थापा, चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटी, वरिष्ठ कलाकार गणेश मुनाल, बरिष्ठ कलाकार बि एस राणा, अग्रज संगीतकार तथा गायक कमल क्षेत्री २०७५ सालमा सधैका लागी बिदा भए। 

भिमबहादुर थापा
वरिष्ठ कलाकार भिमबहादुर थापाको निधन २०७५ जेष्ठ २९ गते मंगलबार राती २ बजे मैतिदेविस्थित आफ्नै निवासमा निधन भएको थियो । उनको ९२ वर्षको उमेरमा निधन भएको हो  । स्वर्गीय थापा निर्देशक दिपाश्री निरौलाका ‘धर्म पिता’ हुन् । सेनानी थापाको जन्म वि.सं १९८३ साल असार १३ गते खोटाङ जिल्लाको रावा, लामिडाँडामा भएको थियो । उनले सन् १९४२ मा वृटिश आर्मीमा भर्ना भइ सन् १९४५ को दोश्रो विश्वयुद्धमा समेत लडेका थिए । उनी दोश्रो विश्वयुद्धको समाप्तीपछि विरताको कदरस्वरुप प्रदान गरिएको डिफेन्स मेडल, जनरल सर्भिस, ब्रह्मास्टार जस्ता तक्मा छातीमा लगाएर त्यसबेलाको २–३ हजार भारु बोकेर गाउँ फर्किएका थिए ।

नेपाल आर्मीको मेजर सम्मको पदमा पुगेका स्वर्गीय थापाले उमेर हकका कारण वि.सं २०३९ सालमा जागिरबाट अवकाश पाएका थिए । उनको निधनमा नेपाली सेनाले सलामी दिदै सम्मान प्रकट गरेको थियो । थापाले वृटिश र नेपाल आर्मीको गरि १४ वटा मान पदक, गोरखा दक्षिणबाहु, त्रिशक्तिपट्ट जस्ता सम्मान प्राप्त गरेका थिए । उनले वि.सं २०४१ सालमा निर्माण भएको चलचित्र ‘के घर के डेरा’बाट नेपाली चलचित्रमा अभिनय थालेका थिए । उनले ६७ वटा चलचित्र, डेढ सय बढी टेलिफिल्म र ५० भन्दा बढी विज्ञापनमा काम गरेका थिए भने आधा दर्जन भन्दा बढी गीतमा स्वर समेत दिएका दिएका थिए  ।

रामकेशर बोगटी
यस्तै चलचित्र नगरीका लागी २०७५ असोज २३ गते मंगलवार कालो दिन बन्न पुग्यो । उक्त दिन चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटीलाई चलचित्र नगरीले सधैका लागी गुमाउनु पर्यो । ५८ वर्षिय बोगटीको बिजुलीको पोलले थिचेर निधन भएको हो । आफ्नै घर टिकाथली नजिकै रुख काटेको हेर्ने क्रममा विजुलीको पोलले लागेर उनको निधन भएको थियो । 

टिकाथलीस्थित आफ्नो घरबाट निस्किएका बोगटी घर नजिकै गाडी रोकेर रुख काटेको हेर्न पुगेका थिए । विपरित दिशातर्फ रुख ढल्दा छेउमै रहेको ट्रान्समिटर सहितको विजुलीको पोलमा रुख ढल्यो । रुखलाई विजुलीको पोलले धान्न नसकेपछि उक्त पोल पनि ढल्यो । ढलेको पोल र ट्रान्समिटरले उनको टाउको र पेटमा थिचेर उनि घाइते भएका थिए । उपचारका लागि बीएन्डबी अस्पतालमा लैजाँदै गर्दा बाटैमा उनको निधन भएको थियो ।

गणेश मुनाल
२०७५ सालमा चलचित्र नगरीले गुमाएका अर्का वरिष्ठ कलाकार हुन् स्वर्गीय गणेश मुनाल । उनको २०७५ माघ ७ गते सोमवार उपचारका क्रममा निधन भएको थियो । दम का कारण उनि विर अस्पतालमा उपचार रत थिए । उनि दमका कारण उनी लामो समयदेखि अस्वस्थ  थिए । मुनाल काठमाण्डौका स्थायी बासिन्दा थिए । उनले नेपाली चलचित्र लभ लभ लभ, एक पल, सेतो बाघ, शिरीषको फूल, दिदी भाई, मिस्टर डन लगायतका लगायतका चलचित्रहरुमा अभिनय गरेका थिए ।

उनी अभिनीत नयाँ चलचित्र गोपी यही माघ १८ गते अर्थात आजै बाट अल नेपाल प्रदर्शनमा आएको छ ।  उनले दिपक दिपाको हास्य टेलिश्रिंखला तितो सत्यमा लामो समय अभिनय गरेका थिए भने अन्य थुप्रै टेलिसिरियलमा पनि उनले अभिनय गरेका थिए । उनि आफ्नो आवाजका कारण पनि दर्शकमाझ थप प्यारो बनेका थिए । स्वर्गीय कलाकार मुनालका एक छोरा रहेका छन् ।

बि एस राणा
यस्तै २०७५ माघ १८ गते शुक्रवार पनि कला क्षेत्रले अर्को क्ष्यति व्येहोर्नु परेको छ । शुक्रवारका दिन बरिष्ठ कलाकार बि एस राणाको निधन भएको छ । स्वासप्रस्वासमा समस्या देखिएपछि उनलाई बिगत एक हप्ता देखि शिक्षण अस्पताल महाराजगंजमा भर्ना गरिएको थियो । उनको शुक्रबार बिहान अस्पतालमा नै निधन भएको थियो । उनी केही समयदेखि बिरामी थिए । ७८ बर्षको उमेरमा निधन भएका उनको उपचारको क्रममा मुटुमा पनि समस्या देखिएको थियो । 
 
विक्रम सम्वत २०४१ सालमा सिनेमा ‘अन्याय बाट सिनेमामा डेब्यु गरेका उनले ‘दक्षिणा, कोसेली, चिनो, दुई थोपा आँशु, नेपाली बाबु, करोडपति, दर्पण छाया २, सेतो बाघ, हवल्दार सुन्तली, काफल पाक्यो, सम्बोधन, साथी म तिम्रो, आई एम सरी, कसले चोर्यो मेरो मन, दासढुंगा, बसन्ती लगायत सय भन्दा बढी सिनेमामा काम गरेका छन् । यसका साथै उनले केही टेलिसिरियलहरुमा पनि अभिनय गरेका थिए ।

कमल क्षेत्री

यस्तै २०७५ साल चैत्र २६ गते अग्रज संगीतकार तथा गायक कमल क्षेत्रीको ७७ वर्षको उमेरमा निधन भयो । लामो समय देखी बरामी रहेका क्षेत्रीको मंगलवार राति करिव १२ बजे निधन भएको थियो । संगीतविज्ञको परिचय बनाएका उनले शास्त्रीय संगीतमा ज्ञान हासिल गरेका थिए । उनि वि स २०२६ सालदेखि सांस्कृतिक संस्थानमा कार्यरत रहेका थिए । संगीतकार क्षेत्रीको धेरै गीति नाटकमा संगीत गरेका छन् । उनीद्धारा संगीतवद्ध केहि गीति नाटक काठमाण्डौ स्थित राष्ट्रिय नाचघरमा हाल प्रदर्शन भइरहेका छन् । संगीतकार क्षेत्रीले लक्ष्मी प्रसाद देवकोटाद्धारा लिखित‘मुनामदन’ मा सहायक संगीत निर्देशन गरेका थिए । उक्त गीतमा उनको स्वर समेत सुन्न सकिन्छ । 

क्षेत्रीले शिव ताण्डव नृत्य नाटिकाको संगीथत गर्नुका साथै गगनभरिको ताराको टिलपिल टिपेर, सुख खोजेर भेटिने भए चुपचाप मरिदिन्थे लगायत गीतमा संगीत भरेका भरेका छन् । संगीतकार क्षेत्रीले ‘रागहरुको साँचो’। नमक पुस्तक समेत प्रकाशन गरेका थिए । उक्त पुस्तकमा शास्त्रीय रागहरूको विषयमा चर्चा गरिएको छ ।
 


ताजा समाचार
रुखो जिवन भनेको के हो ??

शिक्षकले कक्षामा मानविय जिवनको विषयमा पढाईराख्नु भएको थियो..त्यतिकैमा  पुरा पढ्नुहोस

म तिमीलाई माग्न तिम्रो घरमा कहिले आउँ..???

ग्रलफ्रेन्ड र बोईफ्रेन्ड डेटिङ्मा बसिरहेका थिए त्यतिकैमा..


बोईफ्र
पुरा पढ्नुहोस

गौरवको ‘पसिना’ को ट्रेलर सार्वजनिक

गफगाफ - चलचित्र ‘पसिना’ को ट्रेलर सार्वजनिक गरिएको छ
पुरा पढ्नुहोस

फ्लाइङ्गमा रोमान्टिक सलिन र मलिका

गफगाफ - चैत्र २९ बाट प्रदर्शनरत फिल्म ‘यात्राः अ म्युजिकल भ्लग’
पुरा पढ्नुहोस

मुन्द्रेलाई मनपर्ने ५ गीत

गफगाफ - कलाकार जीतु नेपाल अहिले मुन्द्रेको कमेडी क्लब का
पुरा पढ्नुहोस