gufgaf

४ दिन असई बनेका दिपक आजबाट ५१ वर्षमा

2019/04/14   गफगाफ
   

गफगाफ- कलाकार, निर्माता तथा स्क्रिप्ट राईटर दीपक राज गिरीको आज ५१ औँ जन्मदिन परेको छ । व्रिकम सम्वत २०२७ साल बैशाख १ गते काठमाण्डौको दहचोकस्थित थानकोटमा पिता राम गिरी र आमा स्वर्गिय सरस्वती गिरीको कोखबाट जन्मेका उनले २०४९ सालमा रेडियो नेपालको नाटकबाट कलाकारिताको शुरुवात गरेका हुन् । रेडियो नेपालमा हुँदा २०५२ सालमा उनले दीपाश्री निरौलासँग मिलेर सञ्चालन गरेको कार्यक्रम ‘राम बिलास र धनियाँ’ त्यसताकाको चर्चित कार्यक्रम थियो ।

विक्रम सम्वत २०६० सालमा नेपाल टेलिभिजनमा प्रवेश गरेपछि उनी हाँस्यकलाकारको रुपमा स्थापित भएका हुन् । २०६० सालमा शुरु भएको हाँस्यव्यङग्य टेलिश्रृङखला ‘तितो सत्य’ दीपक राजकै लेखन तथा निर्देशनमा पाँच सय भाग भन्दा बढी प्रसारण हुने टेलिसियिरलमा पर्छ । तर पछि भने कारणबस यो शो बन्द हुन पुग्यो । सानो पर्दामा टेलिसियिरल ‘ट्वाक्क टुक्क’बाट कदम राखेका दीपकले ठूलो पर्दामा पनि कदम राखे । उनको पहिलो सिनेमा ‘रक्षक’ हो । रक्षक पछि हालसम्म उनले १५ वटा सिनेमामा अभिनय गरेका छन् । मुख्य अभिनेताको रुपमा उनले सिनेमा ‘सुन्दर मेरो नाम’बाट अभिनयको थालनी गरेका हुन् ।  सानो पर्दामा जमेका दीपकलाई त्यसताका ठूलो पर्दामा खासै सफलता मिलेन । तर सिनेमा ‘६ एकान ६’ मा काम गरेपछि भने ठूलो पर्दामा पनि उनका सफलताका बाटाहरु खुले ।

सिनेमा ‘६ एकान ६’ बाट उनले सिनेमा निर्माताको रुपमा पनि काम  गर्न थाले । यो सिनेमा कारोबारमा सफल रह्यो । त्यसपछि उनले वडा नम्बर ६, छक्का पञ्जा, छक्का पञ्जा २ , शत्रु गते हुदै छक्का पञ्जा ३ मा निर्माता तथा अभिनेताको रुपमा काम गरे जसबाट पनि उनलाई सफलता मिल्यो ।  उनि हाल नया चलचित्र छ माया छपक्कै को निर्माणमा जुटेका छन् । दीपकलाई सिनेमा लेखनमा पनि सफलता मिलेको छ । पछिल्लो समय उनी राम्रो स्कृप्ट लेखकका रुपमा पनि छाएका छन् । यो त भयो उनको करिअरको कुरा । यसका अलावा दीपकको जीवनसँग जोडीएका केही चाखलाग्दा प्रसंगहरु पनि आज हामीले उनको जन्मदिन पारेर यहाँ प्रस्तुत गरेका छौँ ।

एसएलसीमा तीन पटक फेल
दीपक राज गिरीलाई एसएलसीमा तीन पटक सम्म सफलता मिलेन । उनले २०४० साल देखि २०४३ सालसम्म लगातार एसएलसी दिए । लगातार तीनपटक एसएल सी फेल भएका उनलाई उनकी श्रीमती मेनकाको प्रवेशले भने लाभ मिल्यो । मेनका आएपछि उनी आफ्नो जीवनमा सफलताका बाटाहरु खुलेको बताउँछन् । मेनकासँग विवाह भएकै वर्ष उनी एसएलसीमा दोस्रो श्रेणीमा पास भए । त्यसपछि उनले प्लस टु र स्नातक तह पनि दोस्रो श्रेणीमै पास गरेका हुन् । चाहना हुँदा हुँदै पनि स्नातकोत्तरको अध्ययन भने गर्न नसकेको उनी बताउँछन् । उनले नेपाली र राजनीतिक शास्त्रमा स्नातक गरेका हुन् ।

हुन नसकेका असई
बुवाको चाहना अनुसार उनी कलाकारितामा आउनु भन्दा पहिले  असईमा भर्ना भएका थिए । उनले असई अर्थात प्रहरी सहायक निरिक्षक भएर ४ दिन बिताए । तर  उनलाई शुरुवातका यी चार दिन कटाउन पनि मुश्किल पर्यो जसका कारण उनले यो जागिर छोड्ने निधो गरे र चार दिनमा जागिर छोडेर भागे पनि । जे होस् उनीसँग केही भएपनि फौजी जागिरको अनुभव भन ेछ ।

प्रधानपन्चकी छोरीसँग विहे
विक्रम सम्वत २०४३ सालमा दीपकले आफ्नै गाउँकी मेनका गिरीसँग मागी विवाह गरे । परिवारको चाहना अनुसार १७ वर्षको उमेरमा विवाह गरेका दीपक दुई छोरा र एक छोरीमा बुवा हुन् । उनले जेठा छोरा र छोरीको विवाह पनि गरिसकेका छन् । अब उनका कान्छा छोरामात्र विवाह गर्न बाँकी छन् । दीपक राजको विवाह प्रसंग पनि रमाईलो छ । उनले आफूले मन पराएकी केटीसँग विवाह हुन नसक्ने भएपछि दोस्रो अप्सनको रुपमा मेनकालाई छनौट गरेका थिए ।

कक्षा ७ पढ्दा देखि नै उनको गाउँकै क्षेत्रिनीसँग अफेयर थियो । तर अन्तरजातिय भएका कारण परिवारले उनको प्रेमलाई विवाहमा परिणत गर्न मानेन । उनले आफ्नी प्रेमीकालाई भाग्ने प्रस्ताव पनि राखेका थिए । तर उनकी प्रेमीकाले परिवारको अनुमति बेगर भागी विवाह गर्न मानिनन् र उनीहरुको प्रेम त्यहि समाप्त भयो । त्यसपछि बल्ल दीपकको जीवनमा मेनुकाको प्रवेश भयो । 

मेनुकालाई पनि उनले पहिले देखि नै मन पराएका थिए । दैनिक बोलचालमा बैनी भनेपनि दीपकको मनमा कता–कता मेनुकाको लागि प्रेम भाव थियो । जब आफ्नो प्रेमिकासँग विवाह नहुने भयो त्यसपछि उनको मेनुकाका लागि भएको प्रेम बाहिरियो । उनको परिवारलाई मेनुकासँग विवाह गर्ने बताए । गाउँका प्रधानपन्चकी छोरी मेनुकालाई माग्न गयो दीपकको परिवार । त्यसबखत आवारा भएर हिड्ने दीपकराजलाई प्रधानपन्चले पत्याए । छोरी दिए  । दीपक भन्छन्, ‘त्यतिबेला गाउँमा जग्गा जमिन हेर्ने चलन थियो । हाम्रो पनि १५–१६ रोपनी जग्गा  थियो । सायद त्यहि हेरेर दिनु भयो होला ।’ काठमाण्डौ थानकोटका स्थानीय दीपक हाल सिनामंगलमा घर बनाएर बसेका छन् ।


ताजा समाचार
गौरवको ‘पसिना’ को ट्रेलर सार्वजनिक

गफगाफ - चलचित्र ‘पसिना’ को ट्रेलर सार्वजनिक गरिएको छ
पुरा पढ्नुहोस

फ्लाइङ्गमा रोमान्टिक सलिन र मलिका

गफगाफ - चैत्र २९ बाट प्रदर्शनरत फिल्म ‘यात्राः अ म्युजिकल भ्लग’
पुरा पढ्नुहोस

मुन्द्रेलाई मनपर्ने ५ गीत

गफगाफ - कलाकार जीतु नेपाल अहिले मुन्द्रेको कमेडी क्लब का
पुरा पढ्नुहोस

राष्ट्रिय साधना म्यूजिक अवार्ड २०७६ का लागि आवेदन खुल्ला

गफगाफ - सामना म्यूजिक क्रियसन प्रालीको आयोजनामा राष्ट्
पुरा पढ्नुहोस

नेपाली चलचित्रका लागि चैत्र महिना

गफगाफ - गत चैत्र महिनामा प्रदर्शनमा आएका नेपाली चलचित्
पुरा पढ्नुहोस