gufgaf

५० कटे शिवहरि पौडेल

2019/04/14   गफगाफ
   

गफगाफ-कलाकार तथा निर्देशक शिवहरी पौडेलको आज जन्म दिन परेको छ । उनको यो ५१ औं जन्मदिन हो । पिता टिकादत्त पौडेल र माता गंगादेखी पौडेलको कोखबाट जन्मिएका उनी परिवारको कान्छो सन्तान हुन् । मकवानपुर जिल्लामा जन्मिएका पौडेलका उनी माथि चार दाजुहरु र  पाँच दिदीहरु छन् । उनको एस.एल.सि सम्मको शिक्षा भुटनदेवी हाईस्कुल हेटौडाबाट पूरा भएको हो । त्यसपश्चात उच्च शिक्षाको लागि २०४० सालमा काठमाण्डौं आएका उनी काठमाण्डौं आए पश्चात जागीर खाँदै उच्चशिक्षा हासिल गरेका थिए ।

उनको जागिर आयलनिगमबाट शुरु भएको हो । आयलनिगममा २ वर्ष जागिर खाए पश्चात उनले नेपाल राष्ट्र बैंकमा ३० वर्ष जागिर खाए । जागिर यात्रा र कलाकारिता उनले संगसंगै अघि बढाएका थिए । त्यो समयमा खाने सुत्ने संगै साथीभाई र परिवालाई दिने समय पनि उनी आफूसंग नभएको सम्झना गर्छन् । मध्यम स्तरिय किसान परिवारमा जन्मिएका उनी संर्घषशिल तरिकाले यहाँसम्म आईपुगेको बताउँछन् । पहिले दुखद संंर्घष गरेका उनी अहिले भने दर्शकको मायाले अलि सुखद भएको बताउछन् । हालसम्म उनले ५५÷६० वटा ठूलो पर्दाको चलचित्रमा र हजारौं स्टेज शो गरिसकेका छन् । 

कलाकारिता क्षेत्रमा आउन खासै रहर नभएका उनलाई यो क्षेत्रमा आई सकेपछि धेरै संर्घष गर्नु पर्यो । कलाकारिताभन्दा पनि उनलाई गायन तिर रुचि थियो । स्कुलमा हुने शुक्रबारको कार्यक्रममा गीत गाएपछि शिक्षकदेखि सबैको हौसला पाएका उनी हौसलाले नै रेडियो नेपाल सम्म पुगेका थिए । चार पाँच वटा गीत उनले रेकर्ड पनि गराई सकेका छन् ।उनी पाटन क्याम्पसमा पढ्दै गर्दा साथी मार्फम अभियान समूहमा अभिनय गर्ने तालीम हुदैछ भन्ने थाहा पाएपछि उनले त्यहाँ १५ दिनको अभिनयको तालिम पनि लिए । त्यहाँ टे्रनिङ लिदालिदै उनले लय संग्रौलाको टेलिसिरीयलमा अभिनय गर्ने मौका पाएं । 

त्यसमा उनको अभिनय सबैले मन पराए । त्यस पश्चात उनले संग्रौलाकै चार पाच वटा टेलिसिरीयलमा लगातार खेल्ने मौका पाएका थिए । उनी २०४४ सालदेखि नाटकमा लागेका थिए भने पूर्ण रुपमा कलाकारिता क्षेत्रमा २०४७ सालदेखि लागेका हुन् ।


ताजा समाचार
म तिमीलाई माग्न तिम्रो घरमा कहिले आउँ..???

ग्रलफ्रेन्ड र बोईफ्रेन्ड डेटिङ्मा बसिरहेका थिए त्यतिकैमा..


बोईफ्र
पुरा पढ्नुहोस

गौरवको ‘पसिना’ को ट्रेलर सार्वजनिक

गफगाफ - चलचित्र ‘पसिना’ को ट्रेलर सार्वजनिक गरिएको छ
पुरा पढ्नुहोस

फ्लाइङ्गमा रोमान्टिक सलिन र मलिका

गफगाफ - चैत्र २९ बाट प्रदर्शनरत फिल्म ‘यात्राः अ म्युजिकल भ्लग’
पुरा पढ्नुहोस

मुन्द्रेलाई मनपर्ने ५ गीत

गफगाफ - कलाकार जीतु नेपाल अहिले मुन्द्रेको कमेडी क्लब का
पुरा पढ्नुहोस

राष्ट्रिय साधना म्यूजिक अवार्ड २०७६ का लागि आवेदन खुल्ला

गफगाफ - सामना म्यूजिक क्रियसन प्रालीको आयोजनामा राष्ट्
पुरा पढ्नुहोस