gufgaf

भिडियो खेल्न ज्यानले दिदैन : सृजना कार्की

2019/04/14   गफगाफ
   

गफगाफ-लामो समय देखि गीत संगीतका क्षेत्रमा संघर्ष गरिरहेको नाम हो सृजना कार्की । गायन संगै उनि गीत लेख्ने कार्यमा समेत सकृय छिन् । ओखलढुंगा घर भएकी कार्कीका  काहाँ होला मनको राजा,रोजेको मइले खोजेको मइले, फक्रिन नसकेको फुल लगायतका गीतसंगीत चर्चामा छन् । 

 हाल केमा व्यस्त हुनुहन्छ ?
सधै जस्तै गीत लेख्ने, गाउने, रेकर्ड गर्ने, स्टेज प्रोगाम गर्ने नै हो । पछिल्लो समय धेरै धेरै बोलको गीतलाई दर्शक श्रोतहरुले रुचाइदिनु भएको छ । म त्यसैको प्रचार प्रसारका लागी हिडिरहेको छु । 
 कहाँ होला मनको राजा...... बोलको गीत फिल्मका लागी लेख्नुभएको भन्ने कुरा आएको छ नी ?
फिल्मका लागि लेखेको त होइन । यदि गीत राम्रो भयो भने फिल्ममा गाउन पाइन्छ कि भनेर देखाउनका लागि चै ओ (हासो) ।

तपाईले कहिले देखि गीत गाउन थाल्नु भएको हो ?
सन् २०१३ बाट मैले गीत गाउन सुरु गेको थिए । रोजेको मैले खोजेको मैले बोलको उक्त गीतमा अभिनेत्री वर्षा राउतले अभिनय गर्नुभएको छ । 
 
तपाई आफै यति राम्री हुनुहुन्छ अभिनय पनि आफै गर्दा हुन्न ? 
पहिले पहिले खासै रहर नै लाग्दैन थियो । अब अहिले त उमेरले भन्दा पनि शरिरले नै दिँदैन के गर्नु ।
 
 पछिल्लो समय स्टेज सो कत्तिको गर्नु हुन्छ ?
किन नगर्नु  । अहिले त एकदम धेरै । यो त सोझी छ भन्थे सबैले त्यसैले अहिलेको फागुपूर्णिमा दिन ग्रन्च पाइन्ट लाएर स्टेजमा उफ्रेर गाउन थालेको त हेर्नेको ओइरो ।
  
गीत लेख्ने गाउने संगीत भर्ने एरेन्ज गर्ने  गर्दा  कोही कोहीले यसले सबैथोक आफै गर्ने हुँदा हाम्रो पेशा नै संकटमा पर्ने भयो त भन्दैनन् ?
भन्छन् नि किन नभन्नु । मेरो मनोबल गिराउन अनेक गर्न खोज्छन् । तर मलाई यस्ता कुराले छुँदैन ।
 
नयाँ नयाँमा यो क्षेत्रमा कत्तिको गाह्रो हुँदो रहेछ ?

हो यो कुरा सत्य हो । आउनुहोस् थोरै पैसामा तपाइँलाई हिट बनाइदिन्छौ भन्ने पैसा गोदेर लिने अनि एउटा गीत राम्रो हिट बनाउने र बाँकी गीत लटरपटरमै टारीदिने हुनाले गीत चल्दैन अनि डुबिहाल्छ नि ।
 
आजकल गायक गायीकाले एलबम् निकाल्न छाडेका हुन् ?
पैसा खर्च बढी हुने । गुणस्तर नहुने । एउटा गीत राम्रो रेकर्ड गरिदिने र बाँकी त्यत्ति राम्रो नगरी दिने । यूटुवको जमाना आइ सकेकोले गर्दा पनि गीतको एल्बम निकाल्न छोडेका हुन ।


ताजा समाचार
गौरवको ‘पसिना’ को ट्रेलर सार्वजनिक

गफगाफ - चलचित्र ‘पसिना’ को ट्रेलर सार्वजनिक गरिएको छ
पुरा पढ्नुहोस

फ्लाइङ्गमा रोमान्टिक सलिन र मलिका

गफगाफ - चैत्र २९ बाट प्रदर्शनरत फिल्म ‘यात्राः अ म्युजिकल भ्लग’
पुरा पढ्नुहोस

मुन्द्रेलाई मनपर्ने ५ गीत

गफगाफ - कलाकार जीतु नेपाल अहिले मुन्द्रेको कमेडी क्लब का
पुरा पढ्नुहोस

राष्ट्रिय साधना म्यूजिक अवार्ड २०७६ का लागि आवेदन खुल्ला

गफगाफ - सामना म्यूजिक क्रियसन प्रालीको आयोजनामा राष्ट्
पुरा पढ्नुहोस

नेपाली चलचित्रका लागि चैत्र महिना

गफगाफ - गत चैत्र महिनामा प्रदर्शनमा आएका नेपाली चलचित्
पुरा पढ्नुहोस