gufgaf

दिपकको जन्मदिनमा दिपकले बनाए सबैलाई भावुक

2019/04/14   गफगाफ
   

गफगाफ- कलाकार दिपकराज गिरीले आइतवार ५१ औँ जन्मदिन मनाएका छन् । उनले ५१ औँ जन्मदिनको अवसरमा रेडियो अडियोले आयोजना गरेको विशेष कार्यक्रममा केक काटे । जन्मदिन विशेष कार्यक्रममा उनलाई शुभकामना दिन कलाकार दिपाश्री निरौला, केदार घिमिरे, निर्मल शर्मा, रबि डंगोल, चलचित्र निर्देशक दिपेन्द्र लामा, अभिनेत्री प्रियंका कार्की लगायतका कलाकारहरुको उपस्थिति रहेको थियो । जन्मदिन विशेष कार्यक्रममा दिपकराज गिरीलाई जन्मदिनको शुभकामना दिँदै केदार घिमिरेले दिपक र आफुलाई दाजु भाइको संग्या दिदै दुइजनाको टाउको छुट्टै भए पनि पेट एउटै भएको बताए । 

कलाकार दिपाश्री निरौलाले दिपक चलचित्र नगरीको ढुकढुकी भएको बताउँदै नेपाली चलचित्रको उथ्थानमा दिपकको महत्वपुर्ण हात रहेको बताइन् । जन्मदिन विशेष कार्यक्रममा बोल्दै दिपक राज गिरीले आफ्ना सहकर्मीलाई खुशी दिन विष पिउन पछि नपर्ने बताउँदा माहोल एकाएक भावुक बनेको थियो । विक्रम सम्वत २०६० सालमा नेपाल टेलिभिजनमा प्रवेश गरेपछि उनी हाँस्यकलाकारको रुपमा स्थापित भएका हुन् । २०६० सालमा शुरु भएको हाँस्यव्यङग्य टेलिश्रृङखला ‘तितो सत्य’ दीपक राजकै लेखन तथा निर्देशनमा पाँच सय भाग भन्दा बढी प्रसारण हुने टेलिसियिरलमा पर्छ ।

सानो पर्दामा टेलिसियिरल ‘ट्वाक्क टुक्क’बाट कदम राखेका दीपकले ठूलो पर्दामा पनि कदम राखे । उनको पहिलो सिनेमा ‘रक्षक’ हो । रक्षक पछि हालसम्म उनले १५ वटा सिनेमामा अभिनय गरेका छन् । मुख्य अभिनेताको रुपमा उनले सिनेमा ‘सुन्दर मेरो नाम’बाट अभिनयको थालनी गरेका हुन् ।सानो पर्दामा जमेका दीपकलाई त्यसताका ठूलो पर्दामा खासै सफलता मिलेन । तर सिनेमा ‘६ एकान ६’ मा काम गरेपछि भने ठूलो पर्दामा पनि उनका सफलताका बाटाहरु खुले ।

सिनेमा ‘६ एकान ६’ बाट उनले सिनेमा निर्माताको रुपमा पनि काम  गर्न थाले । यो सिनेमा कारोबारमा सफल रह्यो । त्यसपछि उनले वडा नम्बर ६, छक्का पञ्जा, छक्का पञ्जा २ शत्रु गते हुँदै छक्का पञ्जा ३ मा निर्माता तथा अभिनेताको रुपमा काम गरे जसबाट पनि उनलाई सफलता मिल्यो । हाल दिपक नयाँ नेपाली सिनेमा छ मायाँ छपक्कै निर्माणको तयारीमा छन् ।


ताजा समाचार
म तिमीलाई माग्न तिम्रो घरमा कहिले आउँ..???

ग्रलफ्रेन्ड र बोईफ्रेन्ड डेटिङ्मा बसिरहेका थिए त्यतिकैमा..


बोईफ्र
पुरा पढ्नुहोस

गौरवको ‘पसिना’ को ट्रेलर सार्वजनिक

गफगाफ - चलचित्र ‘पसिना’ को ट्रेलर सार्वजनिक गरिएको छ
पुरा पढ्नुहोस

फ्लाइङ्गमा रोमान्टिक सलिन र मलिका

गफगाफ - चैत्र २९ बाट प्रदर्शनरत फिल्म ‘यात्राः अ म्युजिकल भ्लग’
पुरा पढ्नुहोस

मुन्द्रेलाई मनपर्ने ५ गीत

गफगाफ - कलाकार जीतु नेपाल अहिले मुन्द्रेको कमेडी क्लब का
पुरा पढ्नुहोस

राष्ट्रिय साधना म्यूजिक अवार्ड २०७६ का लागि आवेदन खुल्ला

गफगाफ - सामना म्यूजिक क्रियसन प्रालीको आयोजनामा राष्ट्
पुरा पढ्नुहोस