gufgaf

अर्जुनसँग विहेबारे बोलिन् मलाईका

2019/04/15   गफगाफ
   

गफगाफ- आईटम गर्ल मलाईका अरोडा र अभिनेता अर्जुन कपूरको अफेयर पछिल्लो केही वर्ष वलिउडमा चर्चाको विषय हो । अरबाज खानसँग सम्बन्ध बिच्छेद गरेपछि मलाईका र अर्जुनको प्रेम र विवाहको खबर चर्चामा आईरहको हुन्छ । यहि अप्रिल १९ मा अर्जुन र मलाईका विवाहको तयारीमा रहेको खबर थियो । यो जोडीले गोवामा हिन्दु र क्रिश्चियन धर्म अनुसार विवाह गर्ने तयारी गरेको उल्लेख गर्दै केही भारतीय सञ्चार माध्यममा खबरहरु प्रकाशित भएका थिए ।

तर, हालै मात्र बम्बे टाईम्ससँग कुराकानी गर्दै मलाईकाले विवाहको बारेमा आएका यी सबै खबरहरु गलत भएको बताएकी छिन् । उनले आफ्नो विवाह बारे आएका खबरहरुमा कुनै सच्चाई नभएको बताएकी छिन् । अर्जुन र मलाईका  केही दिन अघि मात्रै माल्दिभ्समा छुट्टी मनाएर फर्केका हुन् । यी दुईको उमेरको अन्तरका कारण प्रेम सम्बन्धले बढी चर्चा पाएको हुन्छ । मलाईका ४५ वर्ष भईन् भने अभिनेता अर्जुन भर्खरै ३३ वर्ष भएका छन् ।

अर्कातर्फ मलाईका १६ वर्षे छोरा अरहानकी आमा पनि  हुन् । मलाईकासँग सम्बन्ध बिच्छेद गरेपछि अरबाजले भने मोडल जर्जिया एड्रियानीलाई डेट गरिरहेका छन् ।
 


ताजा समाचार
गौरवको ‘पसिना’ को ट्रेलर सार्वजनिक

गफगाफ - चलचित्र ‘पसिना’ को ट्रेलर सार्वजनिक गरिएको छ
पुरा पढ्नुहोस

फ्लाइङ्गमा रोमान्टिक सलिन र मलिका

गफगाफ - चैत्र २९ बाट प्रदर्शनरत फिल्म ‘यात्राः अ म्युजिकल भ्लग’
पुरा पढ्नुहोस

मुन्द्रेलाई मनपर्ने ५ गीत

गफगाफ - कलाकार जीतु नेपाल अहिले मुन्द्रेको कमेडी क्लब का
पुरा पढ्नुहोस

राष्ट्रिय साधना म्यूजिक अवार्ड २०७६ का लागि आवेदन खुल्ला

गफगाफ - सामना म्यूजिक क्रियसन प्रालीको आयोजनामा राष्ट्
पुरा पढ्नुहोस

नेपाली चलचित्रका लागि चैत्र महिना

गफगाफ - गत चैत्र महिनामा प्रदर्शनमा आएका नेपाली चलचित्
पुरा पढ्नुहोस