gufgaf

‘पोई पर्यो काले’मा आकाश र पुजा 

2019/04/15   गफगाफ
   

गफगाफ- निर्देशक शिशिर राणाको लेखन तथा निर्देशनमा बन्न लागेको चलचित्र ‘पोई पर्यो काले’मा नायक आकाश श्रेष्ठ र नायिका पूजा शर्माले काम गर्ने पक्का भएको छ । चलचित्र समहालिन्छ कहिले मनको छायांकन पुर्ण नहुदै आकाश र पुजाले बाहिरी ब्यानरमा निर्माण हुन लागेको अर्को चलचित्रमा सम्झौता गरेका हुन् । यस चलचित्रबाट अभिनेत्री पुजा शर्माले २० लाख रुपैयाँ पारिश्रमिक लिएको बताइएको छ । यता अभिनेता आकाश श्रेष्ठले भने १८ लाख रुपैयाँ लिएको बुझिएको छ ।

 चलचित्र  ‘पोई पर्यो काले’को छायांकन जेष्ठ महिनाबाट सुरु गर्ने निर्माण युनिटको तयारी छ । चलचित्रमा आफ्नो भुमिका मन परेका कारण काम गर्न तयार भएको पुजा र आकाश बताउछन् । योसँगै पूजा नेपाली चलचित्रको सबैभन्दा महंगी नायिका बनेकी छिन् । यसअघि उनले चलचित्र ‘सम्हालिन्छ कहिले मन’का लागि १५ लाख पारिश्रमिक लिएकी थिइन् । केहि समय अघिमात्र अभिनेत्री सम्रज्ञी राज्य लक्ष्मी शाहले अशोक शर्माको चलचित्र  रातो टिक निधारमा मा १६ लाख रुपैयाँ पारिश्रमिक लिएको खबर बाहिरिएको थियो ।

चलचित्रका लागी अन्य कलाकारहरुको छनोट भइरहेको छ । चलचित्रलाई कात्तिक ८ गते लक्ष्मीपूजाको अवसर पारेर रिलिज गर्ने तयारी गरिएको निर्माण युनिटको भनाइ रहेको छ । 
निर्देशक राणाले यस अघि चलचित्र ‘तिमी सँग’मा काम गरेका थिए । 
 


ताजा समाचार
म तिमीलाई माग्न तिम्रो घरमा कहिले आउँ..???

ग्रलफ्रेन्ड र बोईफ्रेन्ड डेटिङ्मा बसिरहेका थिए त्यतिकैमा..


बोईफ्र
पुरा पढ्नुहोस

गौरवको ‘पसिना’ को ट्रेलर सार्वजनिक

गफगाफ - चलचित्र ‘पसिना’ को ट्रेलर सार्वजनिक गरिएको छ
पुरा पढ्नुहोस

फ्लाइङ्गमा रोमान्टिक सलिन र मलिका

गफगाफ - चैत्र २९ बाट प्रदर्शनरत फिल्म ‘यात्राः अ म्युजिकल भ्लग’
पुरा पढ्नुहोस

मुन्द्रेलाई मनपर्ने ५ गीत

गफगाफ - कलाकार जीतु नेपाल अहिले मुन्द्रेको कमेडी क्लब का
पुरा पढ्नुहोस

राष्ट्रिय साधना म्यूजिक अवार्ड २०७६ का लागि आवेदन खुल्ला

गफगाफ - सामना म्यूजिक क्रियसन प्रालीको आयोजनामा राष्ट्
पुरा पढ्नुहोस