जिग्रीको गाईजात्रे व्यंग

गफगाफ / सरकारले जनताकालागि मूलुकी ऐन ल्याएपछि अब नेताकालागि पनि मूलुकी ऐन घोषणा हुने भएको छ । जनताको सरकार, कानुन मानुन् कि नमानुन् मन्त्रालयद्धारा चाँडै यो ऐन घोषणा हुनेछ ।

१. कुनै नेता वा मन्त्रीलाई भ्रष्टाचारको आरोप लागेमा  सम्पूर्ण सम्पती राष्ट्रि्यकरण हुनेछ । भ्रष्टाचारी ठहरिएपछि टुकुचामा तिनचोटी चोपलेर देश निकाला गरिनेछ तर बिदेश भाग्न दिईनेछैन ।

२. एक बर्षभित्रमा धुलो, धुँवा र खाल्डाखुल्डीको दीर्घकालिन समाधान नगरेमा मेयरलाई ईटाभट्टाको चिम्नी छिराईएको बन्द कोठामा तिन महिना कैद गरिनेछ । आपत परेमा खाल्डाखुल्डीको पानी उपलब्ध गराईनेछ ।

३.  बिदेशबाट कुनै नेपालीले उद्धारकालागि रुँदै भिडियो पठाएमा श्रममन्त्रीलाई खुर्सानीको भट्टीमा टट्टी गराईनेछ । भाग्ने प्रयास गरेमा खुर्सानीको धुलोले झट्टी हानिनेछ ।

४. उपचारको अभावमा कुनै नेपालीको मृत्यू भएमा स्वाश्थ्य मन्त्रीलाई बर्खास्त गरी इबोलाको भ्याक्सिन लगाएर कंगोमा लगेर छोडिनेछ । भाग्न खोजेमा सुडानको मरुभुमी स्थानान्तरण गरिनेछ ।

५. चुनावको बेला बाँडेका आश्वासनहरु पाँचबर्षभित्रमा पुरा नगरेमा टुडीखेलमा उभ्याएर उठबस गराई डाँको छोडेर रुँदै माफी माग्ने र आजिवन राजनीतिबाट सन्यास लिने घोषणा गर्नुपर्नेछ ।

६. राज्यकोषको रकम खर्च गरि बिदेश उपचार गर्न गएमा निको भएपनि स्वदेश फर्कन पाईनेछैन । यदि उपचार असफल भएमा राज्यले राम राममात्र भन्ने छ, काँध हाल्न आउनेछैन ।

७. नेता तथा जनप्रतिनिधिहरुले आफ्ना सन्तानलाई सरकारी बिद्यालयमा पठाउनु पर्नेछ । कानुनको खिलामा जाने जोसुकै नेताले आफ्नो चुनावी क्षेत्रका सबै मतदाताका सन्तानको प्राईभेट स्कुलको शूल्क: तिरिदिनु पर्नेछ ।

 

यो सामाग्रि हामीले नेपालकै पहिलो शब्द झटारो ठोक्ने अनलाईन पत्रिका www.gajureal.comबाट साभार गरेका हौं । यो सामाग्री राम्रो मज्जा लायो भने अरु धेरै मज्जाका लागि यहाँ क्लिक गर्नुस् सिधै उतै पुग्नुहुन्छ ।

 


ताजा समाचार

सेलिब्रेटी प्रोफाईल — डिभोर्स पछि फस्टाएकी प्रियंका

गफगाफ -  अभिनेत्री प्रियंका कार्कीको पुरा पढ्नुहोस

सेलिब्रेटी प्रोफाईल— निर्देशकसँगको विहेपछि चम्किएको स्वस्तीमाको करिअर

गफगाफ - अभिनेत्री  स्वस्तीमा खड्काको पुरा पढ्नुहोस

नेपाली कलाकारकाे दसैं कसरी बित्नेछ? कस्ले, कहाँ, कसरी मनाउँदैछन् यसपालीको दसैं ?

नेपालीहरुको महान पर्व विजयादशमी संघारमै अाइसकेकाे छ पुरा पढ्नुहोस

के रे मेरो लागी रे ..कसरी, किन ?

एकदिन कक्षामा शिक्षकले पढाईराख्दा विध्यार्थीहरुले हल पुरा पढ्नुहोस

‘लाउरेको र्याप’मा‘ लाउरे’

गफगाफ - चलचित्र ‘लाउरेको र्याप’ निर पुरा पढ्नुहोस