gufgaf

२०७५ का सफल ५ गीत

2019/04/16   गफगाफ
   

गफगाफ- २०७५ सालमा करिव ९० भन्दा धेरै चलचित्रहरु निमार्ण भए । चलचित्रमा समाबेश भएका गीत संगीतका कारण चलचित्रको थप चर्चा भयो । चलचित्र सफल बनाउनका लागी चलचित्रमा समाबेश गीत संगीतको पनि महत्वपुर्ण भुमिका रहन्छ । चलचित्रको प्रचारप्रसारलाई पनि गीतसंगीतले राम्रो सपोर्ट गर्ने गरेको छ । 

पछिल्लो समय नेपाली चलचित्रमा लोक लयका गीत संगीतलाई नेपाली दर्शकले रुचाउने गरेका छन् । २०७५ सालमा धेरै चलचित्रका गीत संगीतले करोड भ्यूज कटाउन सफल भएका छन् । यसै बिच हामी २०७५ सालमा युटुवमा सर्बाधिक रुचाइएका ५ चलचित्रका गीत संगीतको चर्चा गर्दै छौ । 

१ गोजीमा दाम छैन ‘चङ्गा चेट’
नेपाली चलचित्र ‘चङ्गा चेट’मा समाबेश ‘गोजीमा दाम छैन’ बोलको गीतलाई दर्शकले अत्याधिक रुचाएका छन् । २०७५ सालको कात्तिक १६ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘चङ्गा चेट’को गीतलाई यो समाचार तयार पार्दा सम्म युटुवमा ४ करोड १९ लाख ९६ हजार भन्दा धेरै पटक हेरिएको छ ।  ‘गोजीमा दाम छैन’ बोलको उक्त गीतलाई हरीहर तिमल्सिनाले लेखेका हुन् । गीतमा राजनराज शिवाकोटीको संगीत रहेको भने राजनराज सिवाकोटी र मेलिना राईको स्वर रहेको छ ।

https://www.youtube.com/watch?v=x6VSYAOnf5M

२ पहिलो नम्बरमा ‘छक्का पन्जा ३’
चलचित्र ‘छक्का पन्जा ३’मा समावेश पहिलो नम्बरमा बोलको गीतलाई पनि दर्शकले अत्याधिक रुचाएका छन् । गीतमा राजेज्द्र थापाकोे शब्द, दीपक शर्माको संगीत रहेको छ भने डेविड शंकर र विन्दु परियारको स्वर रहेको छ । २०७५ सालको असोज २४ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘छक्का पन्जा ३’ को उक्त गीतलाई यो समाचार तयार पार्दा सम्म युटुवमा ३ करोड ६० लाख भन्दा धेरै पटक हेरिएको छ । 

३ फुल होइन ‘रोज’
२०७५ सालको भदौ २२ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘रोज’मा समावेश ‘फुल होइन’ वोलको गीतलाई पनि दर्शकले अत्याधिक रुचाएका छन् । चलचित्रले अपेक्षाकृत व्यापार गर्न नसके पनि चलचित्रमा समावेश उक्त गीतले भने दर्शकको मन जित्न सफल भएको थियो ।  ‘फुल होइन’ बोलको उक्त गीतमा राजेश कुमार श्रेष्ठकोे शब्द, एलिश कार्कीको संगीत रहेको छ । गीतमा प्रताप दास र प्रविशा अधिकारीको स्वर रहेको छ । उक्त गीतलाई युटुवमा यो समाचार तयार पार्दासम्म २ करोड ६२ लाख भन्दा धेरै पटक हेरिएको छ । 

४ बनकी चरी ‘प्रसाद’
२०७५ सालको मंसीर २१ गतेबाट अल नेपाल प्रदर्शनमा आएको चलचित्र हो ‘प्रसाद’ । यो चलचित्रमा समावेश ‘बनकी चरी’ बोलको गीतलाई पनि दर्शकले रुचाएका थिए । गीतमा बी पाण्डेको शब्द, सुवास भुषालको संगीत रहेको छ भने रुपक डोटेल र अञ्जु पन्तले उक्त गीतमा स्वर दिएका छन् । यो समाचार तयार पार्दा सम्म यस गीतले युटुवमा १ करोड ८२ लाख ४२ हजार भन्दा धेरै हेरिएको छ । 

५ सीओडब्ल्यु काउ ‘कोहलपुर एक्सप्रेस’
२०७५ सालको वैशाख १४ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘कोहलपुर एक्सप्रेस’मा समावेश ‘सीओडब्ल्यु काउ’ वोलको गीतलाई पनि दर्शकले रुचाएका छन् । यो समाचार तयार पार्दा सम्म उक्त गीतले १ करोड ७५ लाख  भन्दा धेरै भ्यूज प्रप्त गरेका छ । यस गीतमा राजनराज शिवाकोटीको शब्द, संगीत रहेको छ । गीतमा राजनराज शिवाकोटी र मेलिना राईको स्वर रहेको छ ।


ताजा समाचार
रुखो जिवन भनेको के हो ??

शिक्षकले कक्षामा मानविय जिवनको विषयमा पढाईराख्नु भएको थियो..त्यतिकैमा  पुरा पढ्नुहोस

म तिमीलाई माग्न तिम्रो घरमा कहिले आउँ..???

ग्रलफ्रेन्ड र बोईफ्रेन्ड डेटिङ्मा बसिरहेका थिए त्यतिकैमा..


बोईफ्र
पुरा पढ्नुहोस

गौरवको ‘पसिना’ को ट्रेलर सार्वजनिक

गफगाफ - चलचित्र ‘पसिना’ को ट्रेलर सार्वजनिक गरिएको छ
पुरा पढ्नुहोस

फ्लाइङ्गमा रोमान्टिक सलिन र मलिका

गफगाफ - चैत्र २९ बाट प्रदर्शनरत फिल्म ‘यात्राः अ म्युजिकल भ्लग’
पुरा पढ्नुहोस

मुन्द्रेलाई मनपर्ने ५ गीत

गफगाफ - कलाकार जीतु नेपाल अहिले मुन्द्रेको कमेडी क्लब का
पुरा पढ्नुहोस