‘नाई नभन्नु ल ५’ लाई तारिफै तारिफ

2018/09/10   Tek

गफगाफ / विकास राज आचार्यको निर्देशन रहेको सिनेमा ‘नाई नभन्नु ल ५’ आज देखि प्रदर्शनमा आएको छ । शुक्रबार देखि प्रदर्शनमा आएको सिनेमाले  शुक्रबार विहानको विशेष शो बाट राम्रो प्रतिकृया पाएको छ । शुक्रबारको पहिलो शो जतिले पनि हेरेका छन् सबैले सिनेमा अत्यन्तै राम्रो भएको प्रतिकृया दिईरहेका छन् । सेन्सर बोर्डबाट युनिभर्सल सर्टिफिकेट पाएको यो सिनेमा सबै उमेर समूहको रोजाईमा परेको छ । सिनेमाका सबै कलाकारको काम दर्शकले मन पराएका छन् । 

उपत्यका र मोफसल गरी सिनेमा एक सय भन्दा बढी हलमा प्रदर्शन भएको छ । यो सिनेमा अहिलेसम्म यस वर्षकै धेरै हल पाउने सिनेमा हो । मल्टीप्लेक्समा पनि सिनेमाले उच्च शो पाएका कारण सिनेमाको कारोबार राम्रो हुने देखिन्छ । आजको विशेष शोबाट पाएको प्रतिकृयाले पनि निर्माण पक्ष खुशी देखिएको छ ।

‘नाई नभन्नु ल’ का यस अघिका सिरिज पनि दर्शकले रुचाएका थिए । यो सिरिजलाई पनि दर्शकले रुचाएको देख्दा विकास राजले अर्को सिरिज बनाउने पक्का देखिएको छ ।
यस सिनेमामा अनुभव रेग्मी, प्रियंका कार्की, निरुता सिंह, दीलिप रायमाझी, केकी अधिकारी, स्वस्तिमा खड्का लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । यसै सिनेमाबाट अभिनेता अभिषेक नेपालले सिनेमामा डेब्यु गरेका छन् । बाल कलाकार स्याड्रिना शर्माले पनि यहि सिनेमाबाट डेब्यु गरेकी छिन् ।

सिनेमामा इलाम र झापाका सुन्दर दृश्यहरु कैद गरिएको छ । वान टाइम सिनेमाको ब्यानरमा निर्माण भएको यस सिनेमालाई हरिबोल भण्डारी र गौरी जोशीले निर्माण गरेका हुन् सिनेमाका किार्यकारी निर्मातामा दिनेश पोखरेल, पुरुषोत्तम प्रधान र विष्णुमणी दाहाल रहेका छन् । यस सिनेमालाई निर्देशक आचार्य र सामीप्यराज तिमल्सेनाले लेखेका हुन् भने छायांकन पुरुषोत्तम प्रधानले गरेका हुन् । बसन्त सापकोटाको संगीत रहेको सिनेमामा  अर्जुन जिसीको सम्पादन छ ।


ताजा समाचार

श्रृंखला खतिवडा मिस वल्र्ड प्रतिस्पर्धामा सबै भन्दा अगाडी

गफगाफ -  मिस नेपाल २०१८ की बिजेता हुन् पुरा पढ्नुहोस

बिचार केटाहरु ट्वाँ.............

एकदिनको कुरा हो एउटा कक्षामा शिक्षकले पढाईराख्नु भएको पुरा पढ्नुहोस

नेपाली चलचित्रमा महंगा नायिकाहरु

गफगाफ - कुनै समय नायक सरह पारिश्रमिक लि पुरा पढ्नुहोस

तँ भाग्न म किन भाग्नु....???

एकदिनको कुरा हो शर्मा जी र उनको एकदमै मिल्ने साथी रामको पुरा पढ्नुहोस

दीपासँगै छोरो लिएर अस्ट्रेलिया उड्दै दीपक

गफगाफ - सिनेमा ‘छक्का पञ्जा ३’ ३८ औँ पुरा पढ्नुहोस