यौन सम्पर्क हुँदा शरीरमा के के हुन्छ ?

2018/09/10   Tek

यौनसम्पर्कको सामान्यतया चार चरणहरू हुन्छन्ःउत्तेजना (Excitement)चरम आनन्द (Plateau)  सम्पन्नता  (Resolution)  को चरण ।जब मानिसमा यौन चाहना आउँछ, त्यतिबेला स्नायु प्रणाली क्रियाशील हुन्छ । उत्तेजना हुँदा शरीरले एड्रिनलिन (Adrenaline) नामक हर्मोन बाहिर निकाल्छ । यसले मांशपेशीहरूलाई तन्काउँछ, श्वासप्रश्वासको गतिलाई बढाउ‘छ, रक्तप्रवाह बढ्छ र मुटुको धड्कनलाई छिटो र जोडदार बनाउँछ ।

शरीरमा उत्तेजना बढेर एकदम गर्मी भए जस्तो लाग्छ । पुरुषको लिङ्ग फुलेर दरो हुन थाल्छ । अण्डकोषको छाला बाक्लो हुँदा सोहोरिएर शरीरमा टांसिन्छ । महिलाको स्तन भरिएर मुन्टो कडा हुन्छ । रक्तप्रवाह बढ्नाले योनीबाट चिप्लो पदार्थ बग्न थाल्छ । योनीका बाहिरी भाग भित्र पस्छन् र भित्री भाग फुलेर फैलिन जान्छ । उत्तेजित भएको बेलामा भगाङ्कुर (Clitoris) लम्बाई र त्यसको आकार बढ्छ । लिङ्ग अटाउने गरी योनीको आकारमा वृद्धि हुन्छ ।

यो उत्तेजनाको चरण हो । त्यसपछि रक्तप्रवाह बढ्नाले लिङ्गको आकार बढ्छ र यसको रङ पनि गाढा बैजनी हुन्छ । योनीको भित्री भाग र स्तन दुवै फुल्दै जान्छन् । लिङ्गको घर्षणले गर्दा योनीमा दबाब बढ्छ र उत्तेजना प्रभावकारी हुन्छ । आँखाका नानीहरू फैलन थाल्छन्, श्वासप्रश्वासको गति बढ्नुको साथै नाकका पोरा फुलेर घाँटीको नसा स्पष्ट देखिन थाल्छ ।यो धारणको चरण हो ।धारणपछि चरम आनन्द प्राप्त हुन्छ । यति खेर अँगालो हाल्ने वा शरीरमा सुमसुम्याउने क्रियाकलाप एकदम बढेको हुन्छ र त्यसको लक्ष्यचाहिँ यौनसम्पर्कलाई तीव्र बनाउनु हो ।

मांशपेशीहरू कस्सिएका हुन्छन् र उत्तेजना जननेन्द्रियतर्फ केन्द्रित हुन्छ । बिस्तारै यो उत्तेजना सारा शरीरमा  फैलिन थाल्दछ । चरम आनन्द हुँदाखेरि मांशपेशीहरू स्वयं खुम्चिन्छन् । चरम आनन्दको अन्तिम अवस्थामा पुरुषको वीर्य स्खलन हुन्छ । पुरुषको बीर्य स्खलन हुनुभन्दा पहिले नै स्त्रीलाई चरम आनन्द प्राप्त भएन भने सम्पूर्ण यौनसम्पर्क क्रिया नै अपूर्ण हुन्छ । त्यसैले पुरुषले यौनसम्पर्क गर्दा स्त्रीलाई चरम आनन्द भइसकेको छ–छैन भन्ने कुरामा ध्यान दिनुपर्छ ।चरम आनन्दपश्चात् स्त्री–पुरुष दुवैलाई थाकेको अनुभूति हुन्छ । खडा भएको लिङ्ग बिस्तारैबिस्तारै शिथिल हुँदै गएर पहिलेकै अवस्थामा आउँछ । पिसाब गर्न मन लाग्छ । स्त्रीको योनी पनि बिस्तारैबिस्तारै आफ्नो पहिलेकै स्थितिमा आउँछ । भगाङ्कुर २० सेकेन्डमा र पाठेघर २० मिनेटमा आफ्नो सामान्य अवस्थामा आउँछन् जुन सम्पन्नता  (Resolution) को चरण  हो ।

 

यो सामाग्रि हामीले युवा तथा किशोरीको यौन तथा प्रजनन् स्वास्थ्यमा केन्द्रित अनलाईन पत्रिका sahiumersahikadam.org बाट साभार गरेका हौं । थप KHULDULEE मेठाउन यहाँ क्लिक गर्नुहोस् ।


ताजा समाचार

एकै साथ प्रदर्शनमा आएका चलचित्र दैलो,गुनगुन र अनुग्रहको कमजोर प्रदर्शन 

गफगाफ -  फ्राइडे रिलिज अन्तर्गत यो सात पुरा पढ्नुहोस

म बच्चा सँग कहिल्यै नाच्दिन ......

एकदिनको कुरा हो...राजेन्द्र घरमा बसिरहेको थियो....त्यतीकै पुरा पढ्नुहोस

मयंकसँग ब्रेकअप पछि साम्राज्ञीले पाईन् नयाँ प्रेमी

गफगाफ -  कामसँगै प्रेमका कारण चर्चामा पुरा पढ्नुहोस

उसोभए जा आठ पाङ्ग्रे गाडिको टाएर दे.....

छोटे डन घरमा अलीकति टेन्सनको मुडमा बसिरहेको थियो...त्यत पुरा पढ्नुहोस

बिचरा मुन्द्रे ठाउँको ठाउँ बेहोस.........

एकदिनको कुरा हो मुन्द्रे सह्रै बिरामी भएर हस्पीटल गएछ ... पुरा पढ्नुहोस