Tuesday, 26 Oct
01:00:00

‘दाल भात तरकारी’मा को को अटाए ?

2018/09/11   Tek

गफगाफ- महसञ्चारको ब्यानरमा निर्माण हुने सिनेमा ‘दाल भात तरकारी’को बुधबार आधिकारिक घोषणा गरिएको छ । यहि ब्यानरमा निर्माण भएको सिनेमा ‘शत्रु गते’को सफलता पछि सोहि टिमले यो सिनेमा निर्माण गर्न लागेको हो ।

सिनेमामा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निरुता सिंह, पुष्प खड्का, स्वस्तिमा खड्का, बर्षा राउत, किरण केसी, शिवहरी पौडेल, राजाराम पौडेल, बसुन्धारा भुसाल, मोहित वंश आचार्य, विल्सन विक्रम राई, यमन श्रेष्ठ, जयनन्द लामा, शिशिर वाङदेल, अनुराग क्वँर, सुरेन्द्र केसी लगायतका कलाकारको मुख्य भूमिका रहनेछ ।

सुदन केसीको निर्देशनमा बन्ने यस सिनेमाको कथा हरिवंश आचार्यले लेखेका हुन । सिनेमामा पटकथा तथा सम्वाद पनि हरिवंश आचार्यकै छ । शम्भुजीत बास्कोटाको संगीत रहने यस सिनेमामा दिर्घ गुरुङको छायाकंन र मित्र डि गुरुङको सम्पादन रहनेछ ।

२०७६ सालको वैशाख १३ गतेबाट प्रदर्शनमा आउने यस सिनेमाका प्रस्तुत कर्ता किरण केसी हुन् ।

थप रमाईलोको लागि यो पनि हेर्नुहोस् 


यस सिनेमाका निर्माताहरुमा रमिला आचार्य, यमन श्रेष्ठ, नरेन्द्र कंशाकार, शिवहरि पौड्याल, राजाराम पौडेल, दिर्ग गुरुङ, अनुराग क्वँर, शिशिर वाङदेल, विल्सन विक्रम राई, दीपेन्द्र खनिया, सुमित मैनाली छन् ।

कविराज गहतराज, प्रविण श्रेष्ठको कोरियोगफी रहने यस सिनेमामा सुजिल कर्माचार्यको ब्याकग्राउण्ड स्कोर रहनेछ ।


ताजा समाचार

छक्का पञ्जा २ को रकम रवि लामिछानेलाई

गफगाफ  -  सुपरहिट चलचित्र छक्का प पुरा पढ्नुहोस

फ्राइडे रिलिज : आजबाट ‘कागजपत्र’ र ‘प्रेमलीला’ प्रदर्शनमा

गफगाफ - फ्राइडे रिलिज अन्तर्गत आज ब पुरा पढ्नुहोस

होलीमा मुलासाग र जोगिन्दरको नेतालाई व्यांग्य

गफगाफ  - होली विशेष त आफ्ना घर परिव पुरा पढ्नुहोस

चलचित्र विकास बोर्डको अध्यक्षमा केशव भट्टराई

गफगाफ  - चलचित्र विकास बोर्डको अध पुरा पढ्नुहोस

लगातर असफल हुुँदा पनि हार नमानेकी रानी

बलिवुड अभिनेत्री रानी मुखर्जीको आज जन्मदिन पुरा पढ्नुहोस