अनमोल अब फुटवल को ‘क्याप्टेन’

2018/09/10   Tek


गफगाफ / कात्तिक १६ गतेबाट प्रदर्शनमा आउने भनिएको चलचित्र ‘क्याप्टेन’ को अफिसियल पोस्टर सार्वजनिक भएको छ । चलचित्रका निर्देशक दीवाकर भट्टराईले आफ्नो फेसबुक मार्फत् चलचित्रको आधिकारिक पोस्टर सार्वजनिक गरेका हुन् । चलचित्रको पोष्टरमा अनमोल केसी नेपाली फटबलको जर्सीमा देखिएका छन् । पोस्टरको ब्याकग्राउण्डमा अनमोलले ११ नम्बरको जर्सी लगाएका छन् । र जर्सीमा उनको नाम ’इशान’ लेखिएको छ ।
एउटा विकट गाउँमा जन्मिएको एक युबकले खेलाडी बन्ने सपना बुनिरहेको हुन्छ र उस्ले आफुलाई राष्ट्रिय स्तरको खेलाडीका रुपमा चिनाउन गर्नु परेका संघर्ष हरुको कथा चलचित्र ’क्याप्टेन’ मार्फत समेट्न खोजिएको छ । भुवन केसीले निर्माण गरेको ’क्याप्टेन’ मा  अनमोल सगै  दुई जना नव अभिनेत्री हरु उपासना सिंह ठकुरी र प्रियंका एमभीको अभिनय रहेको छ । चलचित्र ‘क्याप्टेन’ मा अन्य कलाकारहरु सुनिल थापा, सरोज खनाल, प्रशान्त ताम्राकार, विल्सन विक्रम राई लगायतको पनि अभिनय देख्न सकिने छ । चलचित्रको कथा सामिप्यराज तिमल्सिनाले लेखेका हुन् । चलचित्रमा चन्द्र पन्तको द्वन्द्व, अर्जुन पोखरेलको संगीत, कविराज गहतराजको कोरियोग्राफी रहेको छ । चलचित्रका सम्पादक दिर्घ खड्का हुन । चलचित्र काजल फिल्मस्को व्यानरमा निर्माण भएको हो ।


ताजा समाचार

श्रृंखला खतिवडा मिस वल्र्ड प्रतिस्पर्धामा सबै भन्दा अगाडी

गफगाफ -  मिस नेपाल २०१८ की बिजेता हुन् पुरा पढ्नुहोस

बिचार केटाहरु ट्वाँ.............

एकदिनको कुरा हो एउटा कक्षामा शिक्षकले पढाईराख्नु भएको पुरा पढ्नुहोस

नेपाली चलचित्रमा महंगा नायिकाहरु

गफगाफ - कुनै समय नायक सरह पारिश्रमिक लि पुरा पढ्नुहोस

तँ भाग्न म किन भाग्नु....???

एकदिनको कुरा हो शर्मा जी र उनको एकदमै मिल्ने साथी रामको पुरा पढ्नुहोस

दीपासँगै छोरो लिएर अस्ट्रेलिया उड्दै दीपक

गफगाफ - सिनेमा ‘छक्का पञ्जा ३’ ३८ औँ पुरा पढ्नुहोस