Tuesday, 26 Oct
01:00:00

‘बानेश्वरको गाईजात्रा २०७५’ मा के छ विशेष ?

2018/09/10   Tek

गफगाफ / रेडियो अडियोले हरेक वर्ष आयोजना गर्दै आएको बानेश्वरको गाईजात्रा यस पटक पनि आयोजना हुनेछ । आज भन्दा ११ वर्ष अघि गाईजात्राकै दिन आफ्नो परीक्षण प्रसारण शुरु गरेको रेडियो अडियोले  हरेक वर्ष गाईजात्राको दिनदविशेष शोको आयोजना गर्दै आएको छ । यस वर्ष पनि नयाँ बानेश्वर चोकमा गाईजात्राको दिन हाँस्यकलाकारहरुले विशेष प्रस्तुती दिनेछन् । 
यस पटकको गाईजात्रामा पनि यस अघिका वर्षहरुमा जस्तै  हाँस्यव्यङग्य कलाकारहरुको बाक्लो उपस्थिती रहनेछ ।

कार्यक्रममा प्रस्तुती दिन दीपक राज गिरी, दीपाश्री निरौला, मनोज गजुरेल, जितु नेपाल, केदार घिमिरे लगायतका चर्चित कलाकारहरुको उपस्थिती रहनेछ । देशका चर्चित हाँस्य कलाकारहरुको उपस्थिती हुने भएका कारण गाईजात्रा विशेष कार्यक्रम विशेष रहनेछ ।  यति मात्रै हैन यतिबेला हलमा प्रदर्शन भईरहेको सिनेमा ‘नाई नभन्नु ल ५’ बाट अभिनेता अनुभव रेग्मी र स्याड्रिना शर्माले पनि विशेष नृत्य प्रस्तुत गर्नेछन् । उता भदौ २२ गतेदेखि प्रदर्शनमा आउने सिनेमा ‘रामकहानी’बाट अभिनेत्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठले पनि गाईजात्रा विशेष कार्यक्रममा नृत्य प्रस्तुत गर्नेछन् ।
हरपल चामलले प्रायोजन गरेको गाईजात्रा विशेष कार्यक्रमलाई रेडियो अडियोसँगै नेपाल टेलिभिजन, उज्यालो अनलाईन र फर्सीनटेवर्कको युट्युब च्यानलबाट लाईभ गरिनेछ । 


ताजा समाचार

रंगशाला निर्माणमा जुटे धुर्मुस सुन्तली

गफगाफ  - भरतपुर महानगरपालिका वडा नं १५ मा निर् पुरा पढ्नुहोस

तिमी पनि कस्तो जिस्कन्छौ भन्या म काँ दुःखी छु त ??

फर्सि र गान्टे मुला एउटा पार्कमा बसेर गफ गरीरहेका थिए त पुरा पढ्नुहोस

कटरिनाको कार सूचिमा थपियो २ करोडको ‘रेन्ज रोभर’

गफगाफ : - बलिवुड अभिनेत्री कटरिना कैफले नयाँ कार पुरा पढ्नुहोस

’ट्रिब्युट टु मेगास्टार राजेश हमाल’

गफगाफ - राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै अभिनेता र पुरा पढ्नुहोस

नेतृ भुसालले जानी नजानी हेरेपछि

गफगाफ - नेकपाकी महिला नेत्री पम्फा भुषा पुरा पढ्नुहोस