Tuesday, 26 Oct
01:00:00

रामकाहानीले असनमा बनायो सबैलाई चकित, प्रचारात्मक शैलीका कारण चर्चामा

2018/09/10   Tek

गफगाफ / न कुनै कार्यक्रमको तयारी, न कोहि आयोजक । काठमाण्डौको असन चोकमा एका एक कलाकार सहित विद्यार्थी भेला भएर ठुलो स्वरमा गीत बजाएर नृत्य गर्न थाल्दा सबै चकित भए । पछि थाहा भयो भदौ २२ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘रामकहानी’को यूनिटले प्रचारमा नयाँ शैली अपनाउदै कार्यक्रमको आयोजना गरेको थियो । उपस्थित विद्यार्थी तथा कलाकारहरुले ‘तिम्रो लागि म छु’ बोलको गीतमा नृत्य प्रस्तुत गरेका थिए ।
२ सय जना विद्यार्थी र चलचित्रका कलाकारले एकसाथ चलचित्रको गीतमा नृत्य प्रस्तुत गर्दा माहोल निकै तातिएको थियो । यस्तो प्रचार शैलीलाई अन्य स्थान हरुमा समेत नयाँ शैलीमा आयोजना गरिने निर्देशक सुदर्शन थापाले गफगाफलाई जानकारी दिए । चलचित्र युनिटले केही दिन अगाडि चलचित्र प्रचारात्मक शैलीमा सिग्नेचर प्रतिस्पर्धाको आयोजना गरेको थियो । यस्तो प्रचार शैलीले दर्षकलाई आकर्षण गर्न सहज हुने निर्देशक थापाले जानकारी दिनु भयो । 
सुदर्शन थापाको निर्देशनमा तयार भएको कमेडी र लभस्टोरी बिषयको यो चलचित्र प्रचारात्मक शैलीका कारण हाल निकै चर्चामा रहेको छ । 


ताजा समाचार

छक्का पञ्जा २ को रकम रवि लामिछानेलाई

गफगाफ  -  सुपरहिट चलचित्र छक्का प पुरा पढ्नुहोस

फ्राइडे रिलिज : आजबाट ‘कागजपत्र’ र ‘प्रेमलीला’ प्रदर्शनमा

गफगाफ - फ्राइडे रिलिज अन्तर्गत आज ब पुरा पढ्नुहोस

होलीमा मुलासाग र जोगिन्दरको नेतालाई व्यांग्य

गफगाफ  - होली विशेष त आफ्ना घर परिव पुरा पढ्नुहोस

चलचित्र विकास बोर्डको अध्यक्षमा केशव भट्टराई

गफगाफ  - चलचित्र विकास बोर्डको अध पुरा पढ्नुहोस

लगातर असफल हुुँदा पनि हार नमानेकी रानी

बलिवुड अभिनेत्री रानी मुखर्जीको आज जन्मदिन पुरा पढ्नुहोस