भोलिदेखि राष्ट्रिय नाचघरमा गाईजात्रा महोत्सब २०७५ यस्तो छ तयारी

गफगाफ / हास्य कलाकारहरुको लागि सबैभन्दा ठुलो दिनको रुपमा हेरिने गाईजात्रा को अवसर पारेर भोलि बाट राष्ट्रिय नाँच घर जमलमा गाईजात्रा मोहत्सव २०७५ सुरु हुने भएको छ । राजधानीमा आज एक कार्यक्रमका बीच उक्त गाइजात्रा महोत्सबका कलाकारहरुको उपस्थितिमा पत्रकार सम्मेलन सम्पन्न भएको छ । उक्त पत्रकार सम्मेलनमा उपस्थित कलाकारकारहरुले कार्यकमको बारेमा प्रकाश पारेका थिए । कार्यक्रममा कार्यक्रम संयोजक प्रभाकर देव शर्मा, सुरेन्द्र केसी मुलासाग,दमन रुपाखेति, बिष्णु सापकोटा, राजा राजेन्द्र पोखरेल लगायतले कार्यक्रम बारे प्रकाश पारेका थिए ।

गाईजात्रा महोत्सब २०७५ राष्ट्रिय नाँचघरको रंगमञ्चमा भोलि भदौ ११ गते गाईजात्राको दिनदेखि १८ गतेसम्म संचालन हुनेछ । गुञ्जिता टेलि फिल्म प्रा लि ले प्रायोजन गर्न लागेको महोत्सबमा हाँस्य क्षेत्रमा लामो समय सम्म सक्रिय हास्य कलाकारहरुको प्रस्तुति रहने भएको छ । प्रहसन हरेक दिन साँझ ५स्३० बजे रहनेछ भने बिदाको दिन अतिरिक्त समय २स्३० मा पनि हुनेछ ।

एक साता भन्दा लामो समयसम्म चल्ने गाईजात्रा महोत्सबमा पांच वटा शिर्षकमा प्रहसन रहने छ । गाईजात्रामा पानी जहाजु,ुसपेराु,ुजा जा आ आु,ुशौचालयुुक क थिु लगायत शिर्षकमा प्रहसन हुनेछ । प्रभाकर देब शर्मा, दमन रुपाखेती, सुरेन्द्र केसी, शिब शंकर रिजाल, बिष्णु सापकोटा, रबि डंगोल, पूर्ण थापा, पल्पसा डंगोल, र सन्तोष खनाल लगायत अन्य कलाकारको प्रस्तुति रहने भएको छ । 

गाईजात्रा महोत्सबलाई चर्चित कमेडियन राजा राजेन्द्र पोखरेलले संचालन गर्नेछन । प्रहसनमा टिका भण्डारीको प्यारोडी गीत रहनेछ भने हरिशा बानियाको नृत्य रहने छ । उता चर्चित लोक दोहोरी गायिका तथा कमेडीयन बबिता बानिया ुजेरीुको प्रबचन रहने छ । यसपालीको गाईजात्रामा बिग्रदो राजनितीक अबस्था संगै अन्य पक्षलाई पनि व्यंग्य प्रहार गरिने कलाकारहरुले बताएका छन् ।


ताजा समाचार

सेलिब्रेटी प्रोफाईल — डिभोर्स पछि फस्टाएकी प्रियंका

गफगाफ -  अभिनेत्री प्रियंका कार्कीको पुरा पढ्नुहोस

सेलिब्रेटी प्रोफाईल— निर्देशकसँगको विहेपछि चम्किएको स्वस्तीमाको करिअर

गफगाफ - अभिनेत्री  स्वस्तीमा खड्काको पुरा पढ्नुहोस

नेपाली कलाकारकाे दसैं कसरी बित्नेछ? कस्ले, कहाँ, कसरी मनाउँदैछन् यसपालीको दसैं ?

नेपालीहरुको महान पर्व विजयादशमी संघारमै अाइसकेकाे छ पुरा पढ्नुहोस

के रे मेरो लागी रे ..कसरी, किन ?

एकदिन कक्षामा शिक्षकले पढाईराख्दा विध्यार्थीहरुले हल पुरा पढ्नुहोस

‘लाउरेको र्याप’मा‘ लाउरे’

गफगाफ - चलचित्र ‘लाउरेको र्याप’ निर पुरा पढ्नुहोस