Tuesday, 26 Oct
01:00:00

भव्यताका साथ सम्पन्न भयो बानेश्वरको गाईजात्रा

2018/09/10   Tek

गफगाफ / रेडियो अडियोले बानेश्वरमा आयोजना गरेको गाइजात्रा २०७५ भव्यताका साथ सम्पन्न भएको छ । आज भन्दा ११ वर्ष अघि गाईजात्राकै दिन आफ्नो परीक्षण प्रसारण शुरु गरेको रेडियो अडियोले  हरेक वर्ष गाईजात्राको दिन विशेष गाइजात्रा बिशेष कार्यक्रमको आयोजना गर्दै आएको छ । यस वर्ष पनि नयाँ बानेश्वर चोकमा विभिन्न हाँस्यकलाकारहरुले विशेष प्रस्तुती दिएका थिए । यस पटकको गाईजात्रामा पनि यस अघिका वर्षहरुमा जस्तै  हाँस्यव्यङग्य कलाकारहरुको बाक्लो उपस्थिती रहेको थियो ।


कार्यक्रममा दीपक राज गिरी, दीपाश्री निरौला,  जितु नेपाल, केदार घिमिरे, किरण केसी, शिव शंखर रिजाल लगायतका चर्चित कलाकारहरुको उपस्थिती रहेको थियो  । कार्यक्रममा रेडियो अडियोमा कार्यरत कर्मचारीहरु ले समेत उपस्थित दर्सकहरुका निम्ति आ आ आफ्नो प्रस्तुती प्रस्तुत गरेका थिए । देशका चर्चित हाँस्य कलाकारहरुको उपस्थितीका कारण गाईजात्रा निकै विशेष बनेको थियो ।

 त्यस सँगै यतिबेला हलमा प्रदर्शन भईरहेको सिनेमा ‘नाई नभन्नु ल ५’ बाट बाल अभिनेता अनुभव रेग्मी र स्याड्रिना शर्माले पनि विशेष नृत्य प्रस्तुत गरेका थिए । उता भदौ २२ गतेदेखि प्रदर्शनमा आउने सिनेमा ‘रामकहानी’का मुख्य कलाकार नायिका पूजा शर्मा र नायक आकाश श्रेष्ठको नृत्यले पनि माहोल तताएको थियो । 
हरपल चामलले प्रायोजन गरेको गाईजात्रा विशेष कार्यक्रमलाई रेडियो अडियोसँगै नेपाल टेलिभिजन, उज्यालो अनलाईन र फर्सीनटेवर्कको युट्युब च्यानलबाट लाईभ गरिएको थियो भने देश भरीका करिव १०० वटा रेडियोहरुले समेत कार्यक्रमको प्रत्यक्ष प्रसारण गरेका थिए ।


ताजा समाचार

रंगशाला निर्माणमा जुटे धुर्मुस सुन्तली

गफगाफ  - भरतपुर महानगरपालिका वडा नं १५ मा निर् पुरा पढ्नुहोस

तिमी पनि कस्तो जिस्कन्छौ भन्या म काँ दुःखी छु त ??

फर्सि र गान्टे मुला एउटा पार्कमा बसेर गफ गरीरहेका थिए त पुरा पढ्नुहोस

कटरिनाको कार सूचिमा थपियो २ करोडको ‘रेन्ज रोभर’

गफगाफ : - बलिवुड अभिनेत्री कटरिना कैफले नयाँ कार पुरा पढ्नुहोस

’ट्रिब्युट टु मेगास्टार राजेश हमाल’

गफगाफ - राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै अभिनेता र पुरा पढ्नुहोस

नेतृ भुसालले जानी नजानी हेरेपछि

गफगाफ - नेकपाकी महिला नेत्री पम्फा भुषा पुरा पढ्नुहोस