प्रहरीको ढाकछोप समिति : ईंजार खुस्किएपछि

निर्मला बलात्कार काण्डमा प्रहरी परिवारको नाम मुछिएपछि प्रशासनभित्र नयाँ फलछल शुरु भएको छ । नेपाल प्रहरीभित्र लुकेर बसेका भ्रष्ट हाकिम, आपराधिक अधिकृत, सनकी सिपाहींहरुले यसको नेतृत्व गरेका हुन् ।

अति गोप्य रुपमा भएको त्यस भेलामा आफु र आफन्तका कर्तुतहरु लुकाउन के के नौटंकी गर्न सकिन्छ भन्ने बिषयमा घनिभूत छलफल भएको थियो । बैठकमा उपस्थित एक उपल्ला अधिकृतले स्विकारे, ‘छोरा–भतिजाका कुर्कमलाई कसरी संरक्षण गर्ने भन्ने बिषयमा हल्का टक भएको हो, कुराकानी गरेको होईन ।’

तर बैठकमा सहभागी एक सिपाहींले भने यो कुरालाई अस्वीकार गरे । नाम गोप्य राख्ने शर्तमा उनको कथन थियो, ‘जुनसुकै बेला जेसुकै घटनाको ‘नक्कली अपराधी’को रुपमा अभिनय गर्नुपर्ने भएकाले स्ट्याण्डबाई रहने निर्देशन छ ।’ उनले थुर्थुर काँप्दै भने ।

बैकठले नक्कली अपराधी खडा गरी आफन्त जोगाउन गर्नुपर्ने कामको सुचीपनि तयार पारेको छ । त्यसकालागि रोगी, जँड्याहा र असक्तहरुको नाम, ठेगाना पत्ता लगाउने निर्णय गरिएको छ । तिनिहरुलाई परेको बेला जसरीपनि प्रयोग गर्ने योजना छ ।

त्यस्तै अर्को बिषय, छानविन समितिको साटो ढाकछोप समिति बनाउनु पर्नेछ । उक्त समितिले साम, दाम र दण्डभेदको प्रयोग गरेर अपराधीलाई निर्दोष र निर्दोषलाई अपराधी करार गर्न सक्नेछ । आवस्यक खर्चकालागि शहरका गुण्डा, तस्कर, जुवाडे र भ्रष्टहरुलाई पनि समितिमा राख्ने योजना छ ।

यो कुरा गृह प्रशासन र प्रहरी प्रमुखका कानमा पुगेको छ कि छैन, हाम्रा संवाददातले बुझ्ने प्रयास गरिरहेकाछन् ।

यो सामाग्रि हामीले नेपालकै पहिलो शब्द झटारो ठोक्ने अनलाईन पत्रिका www.gajureal.comबाट साभार गरेका हौं । यो सामाग्री राम्रो मज्जा लायो भने अरु धेरै मज्जाका लागि यहाँ क्लिक गर्नुस् सिधै उतै पुग्नुहुन्छ ।


ताजा समाचार

सेलिब्रेटी प्रोफाईल — डिभोर्स पछि फस्टाएकी प्रियंका

गफगाफ -  अभिनेत्री प्रियंका कार्कीको पुरा पढ्नुहोस

सेलिब्रेटी प्रोफाईल— निर्देशकसँगको विहेपछि चम्किएको स्वस्तीमाको करिअर

गफगाफ - अभिनेत्री  स्वस्तीमा खड्काको पुरा पढ्नुहोस

नेपाली कलाकारकाे दसैं कसरी बित्नेछ? कस्ले, कहाँ, कसरी मनाउँदैछन् यसपालीको दसैं ?

नेपालीहरुको महान पर्व विजयादशमी संघारमै अाइसकेकाे छ पुरा पढ्नुहोस

के रे मेरो लागी रे ..कसरी, किन ?

एकदिन कक्षामा शिक्षकले पढाईराख्दा विध्यार्थीहरुले हल पुरा पढ्नुहोस

‘लाउरेको र्याप’मा‘ लाउरे’

गफगाफ - चलचित्र ‘लाउरेको र्याप’ निर पुरा पढ्नुहोस