Tuesday, 26 Oct
01:00:00

फर्सीलालले जापानबाट फर्केर लास्टै हसाए (भिडियोसहित)

2018/09/09   Tek

गफगाफ / चर्चित हास्य टेलीश्रंखला 'मेरी बास्सै'बाट फर्सिलाल क्यारेक्टरको नाम बाट चर्चामा आएका कलाकार कुमार श्रेष्ठलाई अहिले दर्शकले पर्दामा देख्न पाएका छैनन् । कुनै समय 'मेरी बास्सै'मा फर्सीलाल नहुदा खल्लो मान्ने दर्शकले अहिले उनको क्यारेक्टरलाई नै लगभग बिर्सि सकेका छन् भन्दा फरक नपर्ने जस्तो माहोल बनि सकेको छ ।

केहि बर्ष यता कलाकारिता भन्दा बाहिर रहेर जापान बसाईमा रहेका श्रेष्ठ केहि समय अगाडी केहि समयका लागि नै नेपाल आएका थिए । कलाकारितामा प्रवेश गर्नु भन्दा अगाडी पनि विभिन्न रेडियो नाटकमा समेत काम गरिसकेका श्रेष्ठले लामो समयसम्म मिडिया कर्मीको रुपमा पनि काम गरिसकेका थिए । उनै कुमार श्रेष्ठ उर्फ 'फर्सिलाल' नेपाल आएको सन्दर्भमा फर्सि नेटवर्कले कुराकानी गरेको थियो । 

१.तपाँईको जापान बसाई के को लागि हो ?
:- जापान बसाई विशेष प्रथामिकता अध्ययन हो भने, अध्ययन सँगै काम गर्नु हो ।

२.जापान बसाई रहर कि बाध्यता ?
:- रहर थियो कि बाध्यता कसरी भन्ने रु अब बाध्यता त्यसलाई भन्न मिल्दैन, जिबनको एउटा चक्रमा पुगीरहदा खेरि एउटा ब्यक्तिले कर्तब्यहरु निर्बाह गर्नुपर्ने हुन्छ, त्यही कर्तब्य पुरा गर्ने क्रममा एउटा विधा छोडेर अर्को विधामा एकैछिन पसेको मात्र हो ।

३.जापानमा अध्ययन सँगै कलाकारितालाई पनि सँगै लानु भाको छ कि नाई ?
:- होइन यहाँ जस्तो निरन्तर भएको छैन तर चटक्कै भने छोडेको पनि छैन ।

४ जापान बसाईमा 'मेरी बास्सै' र टिमको याद आउथ्यो कि नाई ?
:-किन नआउने आफुले काम गरेको क्षेत्र,आफ्नो रोजाईको बिषय साथै कलाकारहरु सबैको याद आउँछ नि ।

५.मेरी बास्सै मा फर्की हाल्ने सम्भावना कति छ ?
:- हाल 'मेरी बास्सै'मा साथै कलाकारितामा फर्कीहाल्ने सम्भाबना कम नै छ किनकि अहिले बिदामा आएको हु तर जापानमा भएपनि कलाकारितालाई अगाडी वढाउने सोचमा रहेको छु ।

उनै कुमार श्रेष्ठ उर्फ 'फर्सिलाल'संग गरिएको बाँकी कुराकानी हेर्नको लागी तलको लिंक किल्क गर्नुहोस : हेर्नुस फर्सिलाल सँगको कुराकानी  


ताजा समाचार

रंगशाला निर्माणमा जुटे धुर्मुस सुन्तली

गफगाफ  - भरतपुर महानगरपालिका वडा नं १५ मा निर् पुरा पढ्नुहोस

तिमी पनि कस्तो जिस्कन्छौ भन्या म काँ दुःखी छु त ??

फर्सि र गान्टे मुला एउटा पार्कमा बसेर गफ गरीरहेका थिए त पुरा पढ्नुहोस

कटरिनाको कार सूचिमा थपियो २ करोडको ‘रेन्ज रोभर’

गफगाफ : - बलिवुड अभिनेत्री कटरिना कैफले नयाँ कार पुरा पढ्नुहोस

’ट्रिब्युट टु मेगास्टार राजेश हमाल’

गफगाफ - राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै अभिनेता र पुरा पढ्नुहोस

नेतृ भुसालले जानी नजानी हेरेपछि

गफगाफ - नेकपाकी महिला नेत्री पम्फा भुषा पुरा पढ्नुहोस