Tuesday, 26 Oct
01:00:00

‘कस्मिक लभ’मा ह्याण्डसम भिलेनको रोमान्स

2018/08/28   Tek

गफगाफ / चलचित्र ‘कस्मिक लभ’ मा समावेश ‘कोया कटरको...’ बोलको गीत सार्वजनिक भएको छ । रामचन्द्र काफ्ले र लक्ष्मी स्याङ्गताङ्गले स्वर दिएको गीतमा ह्याण्डसम भिलेनका रुपमा परिचित प्रशान्त ताम्राकार र अभिनत्री दीया मास्केको रोमान्स देख्न सकिन्छ । प्रशान्तले यस अघि आफुलाई नायकका रुपमा काम गर्ने चाहाना भएको बताउदै आएका थिए । उनको अभिव्यक्ति पस्चात दर्सकले समेत उनलाई नायकका रुपमा हेर्न चाहेका थिए । दर्सकको यो चाहाना अब चलचित्र  ‘कस्मिक लभ’ ले पुरा गर्दै छ । प्रशान्तलाई पहिलो पटक रोमान्टिक अवतारमा देख्न पाइने भएको छ ।
 चलचित्रमा उनले अभिनत्री दीया मास्केसँग रोमान्स गरेका छन् । सार्वजनिक गीतमा प्रशान्त र दीयाको प्रेमभाव स्पष्ट झल्किएको छ । दिनेश सुवेदीको शब्द रहेको उक्त गीतमा बाबुल गिरीको संगीत रहेको छ । गीतको कोरियोग्राफी रविन शाहले गरेका हुन् । बि.एस. बलामी र एस.अधिकारीको संयुक्त निर्देशन रहेको चलचित्रमा शेखर ज्ञावालीको कथा, गौतमराज खड्काको सम्पादन, राहुल राईको छायांकन रहेको छ ।
 ‘कस्मिक लभ’ लाई सुरज प्रधानले निर्माण गरेका हुन् । रोमान्टिक, कमेडी र सस्पेन्स जनरामा निर्माण भएको चलचित्रमा प्रशान्त ताम्राकार र अभिनत्री दीया मास्केका अलावा राजाराम पौडेल, रिजन थापा, पूजन थापा, अर्पण थापा, रविन तामाङ लगायतका कलाकारहरुको मुख्य  भूमिका छ ।


ताजा समाचार

छक्का पञ्जा २ को रकम रवि लामिछानेलाई

गफगाफ  -  सुपरहिट चलचित्र छक्का प पुरा पढ्नुहोस

फ्राइडे रिलिज : आजबाट ‘कागजपत्र’ र ‘प्रेमलीला’ प्रदर्शनमा

गफगाफ - फ्राइडे रिलिज अन्तर्गत आज ब पुरा पढ्नुहोस

होलीमा मुलासाग र जोगिन्दरको नेतालाई व्यांग्य

गफगाफ  - होली विशेष त आफ्ना घर परिव पुरा पढ्नुहोस

चलचित्र विकास बोर्डको अध्यक्षमा केशव भट्टराई

गफगाफ  - चलचित्र विकास बोर्डको अध पुरा पढ्नुहोस

लगातर असफल हुुँदा पनि हार नमानेकी रानी

बलिवुड अभिनेत्री रानी मुखर्जीको आज जन्मदिन पुरा पढ्नुहोस