साम्राज्ञीलाई लाग्यो धिरज टाढिने डर

2018/08/29   Tek

कोरियोग्राफर रेनशा बान्तवा राईको डेब्यु निर्देशन रहेको सिनेमा ‘ईन्टु मिन्टु लण्डनमा’को आधिकारिक ट्रेलर सार्वजनिक भएको छ । मंगलबार सार्वजनिक भएको सिनेमाको ट्रेलरलाई १६ घण्टामै साढे २ लाख भन्दा धेरै पटक हेरिएको छ भने युट्युब नेपाली संस्करणको ट्रेण्डिङमा पनि स्थान पाएको छ । सिनेमामा अभिनेत्री साम्राज्ञी मिराको भूमिकामा छिन् । 


ट्रेलरमा लण्डन शहरमा धिरज मगर र साम्राज्ञी राज्य लक्ष्मी शाहको प्रेम र रोमान्स देख्न सकिन्छ । कलाकार सारुक ताम्रकार पनि सिनेमाको ट्रेलरमा देखिएका छन् । उनी अभिनेत्री साम्राज्ञीको रक्षकको रुपमा सिनेमामा देखिएका छन् । पेशाले उनी आर्मीमा छन् । 


सिनेमाले लण्डन शहरमा साम्राज्ञी र धिरजको प्रेमलाई मख्य विषय बनाएको ट्रेलरले देखाउँछ । 
आईकोर फिल्म्सको प्रस्तुती यस सिनेमामा साम्राज्ञी, धिरज र सारुकका अलावा विजय लामा  अर्जुन श्रेष्ठ,  दिल भुषण पाठक, रुबी राना र विवेक लिम्बुको मुख्य भूमिका रहेको छ । 


प्रभु शम्शेर जबरा र प्रज्वल शमशेर जबराले संयुक्त रुपमा निर्माण गरेको यस सिनेमामा  सुस्मिता जिरेल, सुलेखा राई र बसन्त तामाङ सह–निर्माताका रुपमा रहेका छन् ।  सिनेमा असोज ५ गतेदेखि प्रदर्शनमा आउँदैछ ।
 


ताजा समाचार

श्रृंखला खतिवडा मिस वल्र्ड प्रतिस्पर्धामा सबै भन्दा अगाडी

गफगाफ -  मिस नेपाल २०१८ की बिजेता हुन् पुरा पढ्नुहोस

बिचार केटाहरु ट्वाँ.............

एकदिनको कुरा हो एउटा कक्षामा शिक्षकले पढाईराख्नु भएको पुरा पढ्नुहोस

नेपाली चलचित्रमा महंगा नायिकाहरु

गफगाफ - कुनै समय नायक सरह पारिश्रमिक लि पुरा पढ्नुहोस

तँ भाग्न म किन भाग्नु....???

एकदिनको कुरा हो शर्मा जी र उनको एकदमै मिल्ने साथी रामको पुरा पढ्नुहोस

दीपासँगै छोरो लिएर अस्ट्रेलिया उड्दै दीपक

गफगाफ - सिनेमा ‘छक्का पञ्जा ३’ ३८ औँ पुरा पढ्नुहोस