Tuesday, 26 Oct
01:00:00

साम्राज्ञीलाई लाग्यो धिरज टाढिने डर

2018/09/09   Tek

गफगाफ / कोरियोग्राफर रेनशा बान्तवा राईको डेब्यु निर्देशन रहेको सिनेमा ‘ईन्टु मिन्टु लण्डनमा’को आधिकारिक ट्रेलर सार्वजनिक भएको छ । मंगलबार सार्वजनिक भएको सिनेमाको ट्रेलरलाई १६ घण्टामै साढे २ लाख भन्दा धेरै पटक हेरिएको छ भने युट्युब नेपाली संस्करणको ट्रेण्डिङमा पनि स्थान पाएको छ । सिनेमामा अभिनेत्री साम्राज्ञी मिराको भूमिकामा छिन् । 


ट्रेलरमा लण्डन शहरमा धिरज मगर र साम्राज्ञी राज्य लक्ष्मी शाहको प्रेम र रोमान्स देख्न सकिन्छ । कलाकार सारुक ताम्रकार पनि सिनेमाको ट्रेलरमा देखिएका छन् । उनी अभिनेत्री साम्राज्ञीको रक्षकको रुपमा सिनेमामा देखिएका छन् । पेशाले उनी आर्मीमा छन् । 
सिनेमाले लण्डन शहरमा साम्राज्ञी र धिरजको प्रेमलाई मख्य विषय बनाएको ट्रेलरले देखाउँछ । 
आईकोर फिल्म्सको प्रस्तुती यस सिनेमामा साम्राज्ञी, धिरज र सारुकका अलावा विजय लामा  अर्जुन श्रेष्ठ,  दिल भुषण पाठक, रुबी राना र विवेक लिम्बुको मुख्य भूमिका रहेको छ । 
प्रभु शम्शेर जबरा र प्रज्वल शमशेर जबराले संयुक्त रुपमा निर्माण गरेको यस सिनेमामा  सुस्मिता जिरेल, सुलेखा राई र बसन्त तामाङ सह–निर्माताका रुपमा रहेका छन् ।  सिनेमा असोज ५ गतेदेखि प्रदर्शनमा आउँदैछ ।
 


ताजा समाचार

छक्का पञ्जा २ को रकम रवि लामिछानेलाई

गफगाफ  -  सुपरहिट चलचित्र छक्का प पुरा पढ्नुहोस

फ्राइडे रिलिज : आजबाट ‘कागजपत्र’ र ‘प्रेमलीला’ प्रदर्शनमा

गफगाफ - फ्राइडे रिलिज अन्तर्गत आज ब पुरा पढ्नुहोस

होलीमा मुलासाग र जोगिन्दरको नेतालाई व्यांग्य

गफगाफ  - होली विशेष त आफ्ना घर परिव पुरा पढ्नुहोस

चलचित्र विकास बोर्डको अध्यक्षमा केशव भट्टराई

गफगाफ  - चलचित्र विकास बोर्डको अध पुरा पढ्नुहोस

लगातर असफल हुुँदा पनि हार नमानेकी रानी

बलिवुड अभिनेत्री रानी मुखर्जीको आज जन्मदिन पुरा पढ्नुहोस