Tuesday, 26 Oct
01:00:00

चलचित्र ‘मेरी मामु’ युनिट प्रचार प्रसारका निम्ति देश दैडाहामा

2018/09/09   Tek

 

गफगाफ / यहि भाद्र १५ गते बाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘मेरी मामु’ले सोमबार चितवनमा एक पत्रकार भेटघाट आयोजना गरेर चलचित्रको बारेमा जानकारी दिएको छ ।
पत्रकार भेटघाटमा चलचित्रका निर्माता सन्तोस सेन ,बाल नायक आयुव सेन, नायक सारुक  ताम्राकार,नायिका  कुशुम गुरुङ्ग ,गायक रोहित जोन क्षेत्री,गायक बादल थापा तथा कलाकार शिशिर भण्डारी लगायतको उपस्थिति रहेको थियो । चलचित्रका निर्माता सन्तोस सेनले  बाल मनोविज्ञानमा निर्माण गरिएको चलचित्र ’मेरी  मामु’ले सबैको मन छुने भन्दै चलचित्र धेरै राम्रो बनेको र हेरेर प्रतिक्रिया दिन अनुरोध गरे । ७ वर्षका बाल नायक आयुव सेनले आफुले निकै मेहेनेत गरेर चलचित्रमा अभिनय गरेको बताए । 


चलचित्र मेरी मामु’को युनिटले  पोखरा र बुटवलमा म्युजिकल कन्सर्ट सम्पन्न गर्दै सोमबार चितवनको टाँडी बजारमा र नारायणी नदि किनारमा आफ्नो भब्य कन्सर्ट आयोजना गरेको थियो । 
चितवनको टाँडी बजारमा चलचित्रका  मुख्य कलाकार आयुव सेनसेन, नायक सारुक ताम्राकार , गायक रोहित जोन क्षेत्री, मोडल आरुषी मगरका साथै कलाकार शिशिर भण्डारी लगायतका कलाकारहरुले आफ्नो प्रस्तुती दिएका थिए । सोहि दिन बेलुका ६ बजे नारायणी नदि किनारमा गरिएको कन्सर्टमा पनि दर्शकको ठुलै उपस्थिति रहेको थियो । 


चलचित्रमा आयुव सेन सगै अश्लेशा ठकुरी, नायक सारुक ताम्राकार, नवनायिका कुसुम गुरुङ र दुर्गा मल्लको पनि मुख्य भुमिका रहे छ । नेपालकी पहिली नायिका भुवन चन्द विशेष भुमिकामा रहने छिन ।यस चलचित्रमा मेसी नामको गोल्डेन रेटिभ जातको कुकुरको पनि अभियन रहको छ । ‘मेरी मामु’मा कथा तथा निर्देशन यम थापाको रहेको छ । कल्याण सिंहको संगीत र पुरुषोत्तम प्रधानको छायांकन रहेको चलचित्रमा बनिश शह र भुपेन्द्र अधिकारीको सम्पादन  छ । रेशम जंग शाह चलचित्रका कार्यकारी निर्माता हुन् । चलचित्रलाई प्रेम गीत र प्रेम गीत २ जस्ता सफल चलचित्र निमार्ण गरेको ब्यानर आसुसेन फिल्मसलको चौथो प्रस्तुतीमा सन्तोष सेनले निर्माण गरेका हुन् ।


ताजा समाचार

एकैदिन ‘वीरविक्रम २’ र ‘जात्रै जात्रा’

गफगाफ  -  नेपाली दर्शले अपेक्षा गर पुरा पढ्नुहोस

बल्छी धुर्बे र राजु मास्टरले छाडे मेरीबास्सै 

गफगाफ  - नेपाल टेलिभिजनबाट प्रशार पुरा पढ्नुहोस

अनाथ बालबालिकालाई प्रदिपको को सहयोग

गफगाफ  -  यही २२ चैतदेखि नयाँ वर् पुरा पढ्नुहोस

फिल्म फेयरमा रणवीर र आलिया बने उत्कृष्ट

शनिबार राती मुम्बईमा ६४ औँ फिल्म फेयर अवार्ड पुरा पढ्नुहोस

श्रद्धाको विहेबारे बोले शक्ति कपूर

गफगाफ  - केही दिन अघि मात्रै अभिने पुरा पढ्नुहोस