Tuesday, 26 Oct
01:00:00

‘बाँध मायाले’को जवाफ दिनुस् ५ सय पाउनुस 

2018/09/09   Tek

गफगाफ / सिनेमा ‘बाँध मायाले’ले नयाँ प्रचार शैली अपनाएको छ । सिनेमाको प्रचार प्रसारलाई मध्य नजर गर्दै निर्माण पक्षले सामाजिक सञ्जालमार्फत एउटा फरक र चाखलाग्दो तरिका अपनाएको छ जसमा प्रत्येक दुई दिनमा सिनेमा ‘बाँध मायाले’सँग सम्बन्धित एउटा प्रश्न सिनेमाको फेसबुक पेजमार्फत  सोधिनेछ । सोधिएको प्रश्नको सही जवाफ दिनेमध्ये एकलाई पाँच सय रुपैयाँको रिचार्च कार्ड प्रदान गरिनेछ । 
यो क्रम भदौको अन्तिमसम्म जारी रहने निर्माता समेत रहेका निर्देशक सबिर श्रेष्ठले बताए । सिनेमा प्रदर्शन हुनुभन्दा केही दिन अगाडि एक कार्यक्रमको आयोजना गरेर यसको नतिजा सार्वजनिक गर्ने  र विजेतालाई पुरस्कार प्रदान गर्ने सबिरले जानकारी दिएका छन् । सबिरले यस्तै अन्य केही अफरहरु पनि दर्शकको लागि ल्याउने सोचमा भएको बताएका छन् ।
लभ स्टोरी जनरामा निर्माण भएको सिनेमा ‘बाँध मायाले’लाई सविर र रामहरि धिताल मिलेर निर्माण गरेका हुन् । सिनेमाका निर्माताको रूपमा केदार धिताल र बिभिषिका श्रेष्ठ  छन् । 
यस सिनेमामा आर्यन र सृष्टिसँगै किशोर खड्का, राजाराम पौडेल, रविन्द्र प्रताप सेन, विशाल चाम्लिंग लगायतको अभिनय छ भने अर्जुन पोखरेलको सङ्गीत छ ।


ताजा समाचार

छक्का पञ्जा २ को रकम रवि लामिछानेलाई

गफगाफ  -  सुपरहिट चलचित्र छक्का प पुरा पढ्नुहोस

फ्राइडे रिलिज : आजबाट ‘कागजपत्र’ र ‘प्रेमलीला’ प्रदर्शनमा

गफगाफ - फ्राइडे रिलिज अन्तर्गत आज ब पुरा पढ्नुहोस

होलीमा मुलासाग र जोगिन्दरको नेतालाई व्यांग्य

गफगाफ  - होली विशेष त आफ्ना घर परिव पुरा पढ्नुहोस

चलचित्र विकास बोर्डको अध्यक्षमा केशव भट्टराई

गफगाफ  - चलचित्र विकास बोर्डको अध पुरा पढ्नुहोस

लगातर असफल हुुँदा पनि हार नमानेकी रानी

बलिवुड अभिनेत्री रानी मुखर्जीको आज जन्मदिन पुरा पढ्नुहोस