Tuesday, 26 Oct
01:00:00

ट्रेण्डिङमा फतौरी र मुस्कान पासाको दोहोरी

2018/09/09   Tek


गफगाफ / ‘गाईजात्रा २०७५’ यस पटक राष्ट्रिय नाचघरमा भईरहेको छ । भदौ ११ गते देखि शुरु भएको गाईजात्रा विशेष कार्यक्रम भदौ १८ सम्म चल्नेछ । गाईजात्रा हाँस्यकलाकारहरुको विशेष पर्वको रुपमा रहेको छ ।  समसामायिक विषयहरुमाथि झटारो हान्ने यहि विशेष पर्व गाईत्राको अवसर पारेर हाँस्यकलाकार सीताराम कट्टेल र कुन्जना घिमिरेले एउटा दोहोरी सार्वजनिक गरेका छन् । उनीहरुले दोहोरीमा हाँसो ठठ्टामा केही  सामाजिक व्यङग्य पनि मिसाएका छन् । 
यस दोहोरी भिडियोमा सीतारामलाई मुस्कान पासाको रुपमा देख्न सकिन्छ भने कुन्जनालाई फतौरी बुढीको भूमिकामा । यी दुईको यो भूमिकालाई दर्शकले ‘मेरी बास्सै’मामा अत्यन्तै रुचाएका थिए । पछिल्ला केही वर्षहरुमा कलाकारितामा भन्दा पनि सामाजिक काममा व्यस्त रहेको यो जोडीले यो वर्षको गाईजात्रामा विशेष दोहोरी सार्वजनिक गरेको हो । उनीहरुको यो दोहोरी अहिले युट्युबमा दर्शकले अत्यन्तै रुचाएका छन् । 
धुर्मुस सुन्तलीको आफ्नै युट्युब च्यानलबाट यो गीत सार्वजनिक गरिएको छ । सार्वजनिक भिडियोलाई यो समाचार तयार पार्दासम्म  २ लाख भन्दा धेरै पटक हेरिएको छ भने यसले युट्युब नेपाली संस्करणको ट्रेण्डिङमा समेत स्थान पाएको छ ।


ताजा समाचार

रंगशाला निर्माणमा जुटे धुर्मुस सुन्तली

गफगाफ  - भरतपुर महानगरपालिका वडा नं १५ मा निर् पुरा पढ्नुहोस

तिमी पनि कस्तो जिस्कन्छौ भन्या म काँ दुःखी छु त ??

फर्सि र गान्टे मुला एउटा पार्कमा बसेर गफ गरीरहेका थिए त पुरा पढ्नुहोस

कटरिनाको कार सूचिमा थपियो २ करोडको ‘रेन्ज रोभर’

गफगाफ : - बलिवुड अभिनेत्री कटरिना कैफले नयाँ कार पुरा पढ्नुहोस

’ट्रिब्युट टु मेगास्टार राजेश हमाल’

गफगाफ - राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै अभिनेता र पुरा पढ्नुहोस

नेतृ भुसालले जानी नजानी हेरेपछि

गफगाफ - नेकपाकी महिला नेत्री पम्फा भुषा पुरा पढ्नुहोस