चलचित्र ‘गीत गजल’ बन्ने पक्का

2018/09/09   Tek


गफगाफ / निर्देशक नितिन चन्दको निर्देशनमा चलचित्र ‘गीत गजल’ निर्माण हुने भएको छ । नयाँ अनुहारहरुलाई साथमा लिएर निर्देशक चन्दले चलचित्र निर्माण गर्न लागेका हुन् । नितिनले यस फिल्मबाट रुप पोखरेल र आरोही सिंहलाई डेब्यु गराउने पक्का पक्कि भईसकेको छ ।  नितिन ले यस अघि निर्माण सम्पन्न गरेको चलचित्र हो ’जोनी जेन्टलम्यान’ । मायाँ प्रेममा आधारित चलचित्रमा अन्य कलाकारहरुको छनोट गर्ने कार्य भइरहेको बताइएको छ । चलचित्रको निर्माण भने आरोहण क्षेत्रीले गर्न लागेका हुन् ।


‘गीत गजल’ मा यसअघि अभिनेत्री सारा सिर्पाली लाई लिड रोलमा फाइनल गरिसकिएको थियो । निर्माण टिमसँग केही कुरामा असमझदारी भएपछि उनले चलचित्रमा अभिनय नगर्ने बताउदै टाडिएकि थिइन् । चलचित्रका गीतका निम्ति अञ्जु पन्त र सुगम पोखरेल फाइनल भइसकेको निर्देशक चन्दले गफगाफलाई जानकारी दिए । आरोहण प्रोडक्सनको ब्यानरमा निर्माण हुने उक्त फिल्ममा अर्जुन पोखरेलको संगीत, कविराज गहतराजको कोरियोग्राफी, बाबु श्रेष्ठको छायांकन रहनेछ । 


ताजा समाचार

श्रृंखला खतिवडा मिस वल्र्ड प्रतिस्पर्धामा सबै भन्दा अगाडी

गफगाफ -  मिस नेपाल २०१८ की बिजेता हुन् पुरा पढ्नुहोस

बिचार केटाहरु ट्वाँ.............

एकदिनको कुरा हो एउटा कक्षामा शिक्षकले पढाईराख्नु भएको पुरा पढ्नुहोस

नेपाली चलचित्रमा महंगा नायिकाहरु

गफगाफ - कुनै समय नायक सरह पारिश्रमिक लि पुरा पढ्नुहोस

तँ भाग्न म किन भाग्नु....???

एकदिनको कुरा हो शर्मा जी र उनको एकदमै मिल्ने साथी रामको पुरा पढ्नुहोस

दीपासँगै छोरो लिएर अस्ट्रेलिया उड्दै दीपक

गफगाफ - सिनेमा ‘छक्का पञ्जा ३’ ३८ औँ पुरा पढ्नुहोस