Tuesday, 26 Oct
01:00:00

‘रोज’को मोफसल टुर शुरु

2018/09/09   Tek



गफगाफ / भदौ २२ गतेदेखि प्रदर्शनमा आउने सिनेमा ‘रोज’को प्रचार प्रसारलाई तिव्र बनाईएको छ ।  सिनेमा प्रदर्शनको मिति नजिकिँदै गर्दै सिनेमाको छायाकंन सकेर निर्माण पक्षले प्रचारलाई तिब्र बनाएको छ । यहि क्रममा बिहिबार देखि मोफसल टुर शुरु भएको छ ।  
भदौ १४ गते बिहिबार देखि शुरु भएको सिनेमाको टुर पोखराबाट शुरु भएर काठमाण्डौमा अन्त्य हुनेछ । १४ गते बिहिबार पोखरामा कन्सर्ट गरेर कलाकारको टोली १५ गते  बुटवल,  १६ गते  चितवन  १७ गते ईटहरी, १८  गते बिर्तामोडमा कार्यक्रम गरेर र २० गते काठमाण्डौमा फर्कनेछ । यो टुरमा सिनेमाका मुख्य कलाकारसहित गायक प्रताप दास र हाँस्यकलाकार दिनेश काफ्ले सहभागी छन् । 
यस सिनेमामा नायक प्रदिप खड्का हत्याराको भूमिकामा छन् ।  उनले आफ्नै प्रेमीकाको हत्या गरेका छन् । सिनेमामा नायिका मिरुना मगर वकिलको भूमिकामा देखिएकी छिन् भने  नायिका परमिता आरएल राणा यो सिनेमाको शिर्ष भूमिकामा छिन् । उनकै हत्याको वरिपरी यो सिनेमा घुमेको छ । उनी यस सिनेमामा मिस नेपालको भूमिकामा देखिने छिन् । सिनेमालाई निरक पौडेलले निर्देशन  गरेका हुन् । 


ताजा समाचार

एकैदिन ‘वीरविक्रम २’ र ‘जात्रै जात्रा’

गफगाफ  -  नेपाली दर्शले अपेक्षा गर पुरा पढ्नुहोस

बल्छी धुर्बे र राजु मास्टरले छाडे मेरीबास्सै 

गफगाफ  - नेपाल टेलिभिजनबाट प्रशार पुरा पढ्नुहोस

अनाथ बालबालिकालाई प्रदिपको को सहयोग

गफगाफ  -  यही २२ चैतदेखि नयाँ वर् पुरा पढ्नुहोस

फिल्म फेयरमा रणवीर र आलिया बने उत्कृष्ट

शनिबार राती मुम्बईमा ६४ औँ फिल्म फेयर अवार्ड पुरा पढ्नुहोस

श्रद्धाको विहेबारे बोले शक्ति कपूर

गफगाफ  - केही दिन अघि मात्रै अभिने पुरा पढ्नुहोस