Tuesday, 26 Oct
01:00:00

‘द कपिल शर्मा शो’ को नयाँ सिजन लिएर टेलिभिजनमा फर्क‌ंदैछन् कपिल शर्मा

2018/09/09   Tek

गफगाफ /  थुप्रै विवादका बीच कपिल शर्मा पुनः टेलिभिजन दुनियाँमा फर्कने भएका छन् । ‘द कपिल शर्मा शो’ मार्फत दर्शकहरुमाझ निकै लोकप्रिय रहेका कपिल शर्माले छोटो समयमै ठूलो स्टारडम त कमाए तर त्यसलाई टिकाइराख्न सकेनन् । अस्ट्रेलिया टुरबाट फर्किरहेका बेला जहाजमै उनले आफ्नै सहकर्मी र निकै चर्चित कमेडियन सुनिल ग्रोवरमाथि हातपात र गालीगलौज गरेपछि सुनिलले शो छाडेका थिए । 

एकातर्फ सुनिलको बार्हिगमनसँगै शो नराम्ररी प्रभावित भएको थियो भने त्यसैमा कपिलको साथी कलाकारहरुप्रतिको दुव्र्यवहार र प्रमोशनका लागि शोमा गएका ठूला–ठूला बलिउड कलाकारहरुलाई सुटिङ्गमा घण्टौँ कुराउने अनि अन्तिम समयमा आएर सुटिङ्ग नै रद्ध गरिदिने उनको बानीका कारण अन्ततः शो नै बन्द हुन पुग्यो । त्यस समयमा कपिलले आफू डिप्रेसनको शिकार भएको र त्यसको असर आफ्नो व्यावसायिक जीवनमा परिरहेको बताएका थिए । टेलिभिजन दुनियाँबाट केही समय टाढा रहेका उनी नयाँ शो ‘फ्यामिली टाईम’ मार्फत पुनः दर्शकहरु माझ फर्के पनि पहिलेको जस्तो उनको जादु दर्शकहरुमा छाउन सकेन र शो बन्द भयो । 

साथै उनको दोश्रो फिल्म ‘फिरंगी’ समेत नराम्ररी फ्लप हुन गयो । दोश्रो पटक समेत आफ्नो व्यवहार नसुधारेका कारण उनको शो चल्न सकेन ।  दोश्रो पटक शो नचलेपछि पूर्ण रुपमा मिडिया र सामाजिक सञ्जालहरुबाट टाढा रहेका उनी एक हिसाबले गुमनाम जस्तै थिए । तर पछिल्लो समय युरोप भ्रमणमा रहेको बेला उनका एक जना फ्यानले खिचेको उनको तस्विर सार्वजनिक भएको थियो जस्मा उनी निकै मोटा र भद्धा देखिएका थिए ।  त्यो तस्बिर हेरेपछि धेरै जनाले कपिल अब शायद टेलिभिजन दुनियाँमा फर्किंदैनन् होला भन्ने अनुमान गरेका थिए तर सबैको अनुमानलाई गलत सावित गर्दै कपिल फेरि टिभीमा फर्कने भएका हुन् । आफ्नो जीवनशैलीमा सुधार ल्याई कपिल यही दिपावलीको अवसरमा टिभीमार्फत दर्शकहरु माझ फर्कने तयारी गर्दैछन् । कपिलले उनको यसअघिको शो ‘द कपिल शर्मा शो’ को नयाँ सिजनका साथ छिट्टैनै दर्शक माझ आउने र यसका लागि तयारी सुरु गरिसकेको कुरा एक मिडियासँगको कुराकानीमा जानकारी गराएको खबर सार्वजनिक भएका छन् ।

अहिले उनी आफ्नो बिग्रिएको शरीरलाई पुनः आकारका ल्याउन जुटेका छन् । त्यसका लागि उनले आफ्नो व्यक्तिगत बडी ट्रेनर समेत राखेका छन् । 
साथै केही दिनअघि रक्षाबन्धनको अवसरमा लिइएका उनका तस्बिरहरु सार्वजनिक भएका थिए ।  फोटोमा कपिल निकै खुशी देखिएका छन् भने यसअघि भद्दा देखिएका कपिल फुर्तिला पनि देखिएका छन् । टिभीमा कपिलको तेश्रो इनिङ्ग कति लामो समय चल्छ त्याे हेर्न बाँकी नै छ ।  

गफगाफ र उज्यालाेकाे सहकार्य


ताजा समाचार

रंगशाला निर्माणमा जुटे धुर्मुस सुन्तली

गफगाफ  - भरतपुर महानगरपालिका वडा नं १५ मा निर् पुरा पढ्नुहोस

तिमी पनि कस्तो जिस्कन्छौ भन्या म काँ दुःखी छु त ??

फर्सि र गान्टे मुला एउटा पार्कमा बसेर गफ गरीरहेका थिए त पुरा पढ्नुहोस

कटरिनाको कार सूचिमा थपियो २ करोडको ‘रेन्ज रोभर’

गफगाफ : - बलिवुड अभिनेत्री कटरिना कैफले नयाँ कार पुरा पढ्नुहोस

’ट्रिब्युट टु मेगास्टार राजेश हमाल’

गफगाफ - राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै अभिनेता र पुरा पढ्नुहोस

नेतृ भुसालले जानी नजानी हेरेपछि

गफगाफ - नेकपाकी महिला नेत्री पम्फा भुषा पुरा पढ्नुहोस