‘मेरी मामु’ शुरु हुँदा ‘नाई नभन्नु ल ५’ दोस्रो सातामा 

2018/09/09   Tek

गफगाफ / आज  देखि सिनेमा ‘मेरी मामु’ प्रदर्शनमा आएको छ ।  देशभर एक साथ प्रदर्शनमा आएको यो सिनेमालाई नेपालमा आयोजना भएको बिमेस्टेक सम्मेलनले असर पारेको छ । शुक्रबार बिहानको शोमा ४० प्रतिशत अकुपेन्सी रहेको यो सिनेमाको दिउँसोका शोहरुमा केही राहत मिल्ने देखिएको छ । निर्माता सन्तोष सेनले शुक्रबारको तुलनामा शनिबार देखि सिनेमाको कारोबार राम्रो हुने सम्भावना रहेको बताए । सेनले निर्माण गरेको यस सिनेमामा उनकै ७ वर्षिय छोरा आयुब सेन मुख्य भूमिकामा छन् । यसका अलावा सिनेमामा शारुक ताम्रकार, कुसुम गुरुङ, अश्लेषा ठकुरी,  भूवन चन्द, नव कलाकार दुर्गा मल्ल, बालकलाकार कृजन गौतम, शुभम बिष्ट लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।


बिक्रम लामा र एन्जीला खत्रीको नृत्य रहेको ‘मेरी मामु’मा अस्ट महर्जनको द्वन्द, पुरुषोत्तम प्रधानको छायांकन अनि बनिश बिक्रम शाह र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ ।
रेशम जंग शाह कार्यकारी निर्माता रहेको यस सिनेमामा लेखन तथा निर्देशक यम थापाको छ । यो सिनेमाले आमा र छोराबीचको सम्बन्ध र मायालाई देखाएको छ । त्यस्तै गत साता देखि प्रदर्शनमा आएको सिनेमा ‘नाई नभन्नु ल ५’ ले आजदेखि दोस्रो साताको यात्रा तय गरेको छ । पहिलो सातामा सफलता पूर्वक कारोबार गरेको सिनेमाले दोस्रो सातामा गरेको कारोबार नाफामा जानेछ । 
तर नेपालमा आयोजना भएको बिमिस्टेक सम्मेलनले यो सिनेमाको कारोबारमा पनि गत बुधबार देखि नै असर पारिरहेको छ ।  सिनेमाले गर्नुपर्ने जति कारोबार गरिरहेको छैन । सरकारले बिमिस्टेकलाई असर नपर्ने गरी लागु गरेको सवारी साधनको  जोर बिजोर प्रणलीलले सिनेमाको कारोबारमा भने असर परेको छ । यस सिनेमामा अनुभव रेग्मी, प्रियंका कार्की, निरुता सिंह, दीलिप रायमाझी, केकी अधिकारी, स्वस्तिमा खड्का लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । यसै सिनेमाबाट अभिनेता अभिषेक नेपाल र बाल कलाकार स्याड्रिना शर्माले डेब्यु गरेका छन् ।


सिनेमामा इलाम र झापाका सुन्दर दृश्यहरु कैद गरिएको छ । वान टाइम सिनेमाको ब्यानरमा निर्माण भएको यस सिनेमालाई हरिबोल भण्डारी र गौरी जोशीले निर्माण गरेका हुन् सिनेमाका कार्यकारी निर्मातामा दिनेश पोखरेल, पुरुषोत्तम प्रधान र विष्णुमणी दाहाल रहेका छन् । यस सिनेमालाई निर्देशक आचार्य र सामीप्यराज तिमल्सेनाले लेखेका हुन् भने छायांकन पुरुषोत्तम प्रधानले गरेका हुन् । बसन्त सापकोटाको संगीत रहेको सिनेमामा  अर्जुन जिसीको सम्पादन छ ।


ताजा समाचार

श्रृंखला खतिवडा मिस वल्र्ड प्रतिस्पर्धामा सबै भन्दा अगाडी

गफगाफ -  मिस नेपाल २०१८ की बिजेता हुन् पुरा पढ्नुहोस

बिचार केटाहरु ट्वाँ.............

एकदिनको कुरा हो एउटा कक्षामा शिक्षकले पढाईराख्नु भएको पुरा पढ्नुहोस

नेपाली चलचित्रमा महंगा नायिकाहरु

गफगाफ - कुनै समय नायक सरह पारिश्रमिक लि पुरा पढ्नुहोस

तँ भाग्न म किन भाग्नु....???

एकदिनको कुरा हो शर्मा जी र उनको एकदमै मिल्ने साथी रामको पुरा पढ्नुहोस

दीपासँगै छोरो लिएर अस्ट्रेलिया उड्दै दीपक

गफगाफ - सिनेमा ‘छक्का पञ्जा ३’ ३८ औँ पुरा पढ्नुहोस