जन्मदिनमा राजबल्लवको स्ट्याटस भन्छन्– ‘म २ वर्ष भएँ ’

2018/09/09   Tek

गफगाफ / अभिनेता राजवल्लभ कोईरालाको आज जन्मदिन परेको छ । उनले आफ्नो जन्मदिनको अवसर पारेर सामाजिक सञ्जालमा एउटा स्ट्याटस लेखेका छन् जुन निकै नै चाख लाग्दो छ ।  उनले सामाजिक सञ्जालमा एउटा तस्बिर सेयर गर्दै लेखेका छन्, ‘हरेक ३६५ दिनको १ बर्ष हुन्छ भनेर समयलाई कसले तराजुमा राख्यो थाह भएन, तर यदि हरेक ५ हजार दिनको एक बर्ष हुँदो हो त, आज देखि म २.५५१ बर्ष पूरा भए आफन्तहरूको बीचमा अझै पनि बच्चै छु जस्तो लाग्छ ।’ राजले सामाजिक सञ्जालमा लेखेको कुरालाई हिसाब किताब गर्दा उनी आज देखि ३५ वर्ष पूरा भएर ३६ वर्षमा प्रवेश गरेका छन् । उनलाई जन्मदिनमा सामाजिक सञ्जालबाट र फोनमार्फत धेरैको शुभकामना आईरहेको छ । 


विक्रम सम्वत २०६४ मा सिनेमा ‘पर्खि बसेँ’बाट नेपाली सिनेमामा डेब्यु गरेका राजले त्यसपछि  हे युवा, दिवाना पन, सम्झना, गुरु दक्षिणा,  छाडी गए पाप लाग्ला,  पहिलो पहिलो माया,  तिमी मात्र तिमी,  हाँसी देऊ एक फेर, बस मा छैन यो मन, स्वर,  रितु जस्ता सिनेमामा काम गरे । तर उनले सिनेमा उद्योगमा सफल र डिमान्डेड अभिनेताको रुपमा लामो समय राज गर्न भने सकेनन् ।यहि कारण उनले हलिवुड सिनेमा ‘हाईवे टु धम्पुस’मा काम गर्ने अवसरलाई गुमाउन चाहेनन् । उनी यहि सिनेमामा काम गर्नको लागि अमेरिका हान्निए । सिनेमाको कामको लागि अमेरिका गएका राज वल्लभले अमेरिकाबाट नेपाल फर्कने चाहनै राखेनन् । यहि कारण पनि उनले गत वर्ष मात्रै अमेरिकामै बस्दै आएकी प्रतिमा बिमलीसँग विवाह गरेका छन् । अब राज नेपाल फर्केर नेपाली सिनेमामा काम गर्ने सम्भावना कम देखिन्छ ।


ताजा समाचार

श्रृंखला खतिवडा मिस वल्र्ड प्रतिस्पर्धामा सबै भन्दा अगाडी

गफगाफ -  मिस नेपाल २०१८ की बिजेता हुन् पुरा पढ्नुहोस

बिचार केटाहरु ट्वाँ.............

एकदिनको कुरा हो एउटा कक्षामा शिक्षकले पढाईराख्नु भएको पुरा पढ्नुहोस

नेपाली चलचित्रमा महंगा नायिकाहरु

गफगाफ - कुनै समय नायक सरह पारिश्रमिक लि पुरा पढ्नुहोस

तँ भाग्न म किन भाग्नु....???

एकदिनको कुरा हो शर्मा जी र उनको एकदमै मिल्ने साथी रामको पुरा पढ्नुहोस

दीपासँगै छोरो लिएर अस्ट्रेलिया उड्दै दीपक

गफगाफ - सिनेमा ‘छक्का पञ्जा ३’ ३८ औँ पुरा पढ्नुहोस