एलिजाको ‘अनुराग’को ट्रेलर सार्वजनिक 

2018/09/09   Tek

ऋषि धमलाको प्रस्तुती रहेको सिनेमा ‘अनुराग’को आधिकारिक ट्रेलर सार्वजनिक भएको छ । शुक्रबार  युट्युब च्यानल ओ एस आर डिजिटलमार्फत सिनेमाको  ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलरले सिनेमाले संगीतको विषयलाई उठान गरेको देखाएको छ । 


अभिनेता  समुन्द्र पण्डित सिनेमामा गायकको रुपमा प्रस्तुत भएका छन् ।  सिनेमाकी मुख्य अभिनेत्री एलिजा गौतम पनि संगीतमा रुचि रुाख्ने गर्छिन् र उनी  रागकहाँ संगीत सिक्न पुग्छिन् । 


एरिका फिल्म्स प्रोडक्शनको ब्यानरमा निर्माण भएको यस सिनेमामा  तारा प्रकाश लिम्बु र सरोज पोखरेलको संगीत रहेको छ ।  सिनेमाका गीतमा सत्यराज चौलागाईँ र ममता गुरुंगको शब्द रहेका छन् ।  


सिनेमामा एलिश कार्कीको ब्याकग्राण्ड स्कोर, पारु अधिकारीको कस्ट्युम,  विक्रम स्वाँर र  प्रविण सिंहको कोरियोगाफी,  शान थापा र विजय बस्यालको पब्लसिटी डिजाईन किरण दाहालको कथा, रहेको छ । सत्यराज चौलागाईँको  निर्देशन रहेको यस सिनेमालाई गीता भटुवालले निर्माण गरेकी हुन् ।
 


ताजा समाचार

श्रृंखला खतिवडा मिस वल्र्ड प्रतिस्पर्धामा सबै भन्दा अगाडी

गफगाफ -  मिस नेपाल २०१८ की बिजेता हुन् पुरा पढ्नुहोस

बिचार केटाहरु ट्वाँ.............

एकदिनको कुरा हो एउटा कक्षामा शिक्षकले पढाईराख्नु भएको पुरा पढ्नुहोस

नेपाली चलचित्रमा महंगा नायिकाहरु

गफगाफ - कुनै समय नायक सरह पारिश्रमिक लि पुरा पढ्नुहोस

तँ भाग्न म किन भाग्नु....???

एकदिनको कुरा हो शर्मा जी र उनको एकदमै मिल्ने साथी रामको पुरा पढ्नुहोस

दीपासँगै छोरो लिएर अस्ट्रेलिया उड्दै दीपक

गफगाफ - सिनेमा ‘छक्का पञ्जा ३’ ३८ औँ पुरा पढ्नुहोस